miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI XI

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 80161 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-10-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चिनजान हाम्रो भा छैन
घर काँ हो केही था छैन
नमानि भन्देऊ केइ झर्को
काँ बस्ने तिमी के थरको
आऊ है माया बस

सुरिलो रूख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
सुसेलि हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस !
... ... ...

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरीसित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल
... ...

सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न दादा र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउते र सिरे २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी पानपाते र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ


यता खास्टो समाल्दै प्रितीले कविता पस्किँदै हुनुन्छ.--


यो माटोलाई यो धर्तिलाई छोरीको खाँचो छ
नडराई बढाऊ साहसी पाइला हिमाल साक्षीछ

 
Posted on 03-20-06 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अर्को टराई फेरी, मिले मिल्छ, नमिले के जान्छ?

SANDESH RAJ ACHARYA

यस्मा त कुनै अक्षर छुटेका या बढि भएका छैनन् जस्तो लाग्छ, हेरम् के हुन्छ?
 
Posted on 03-20-06 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्ली मत दक्षिणमा छु ।
तपाइ कहा ? नजिक भए मत साच्चिकै आइदिन्छु फेरि:)



सयुक्त राज्य अमेरिका??? लौ यस्तो नि नाम हुन्छ र?
बिर्खेजी "आफन्त, चिने जाने को, छिमेकी, गाम्ले, जिल्लाबासी, अनि सँगै पढेको , देखेको , सङ्गी साथी " यो
भित्र नपरेको भए भन्दिए भैहाल्यो नि । तपाईलाई भन्न डर लाको भए मलाई सुटुक्क ईमेल गर्दिनु न :D

फेरि पुरस्कार पाउन मन लायो के
 
Posted on 03-20-06 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिति चित्रेभाइ अनुमान गर्दै गर्नुस ल । भउतेजीको नाम नजानिभा'छैन के :)
 
Posted on 03-20-06 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Miss jee, ma pani South West ho tara chittai south ma jane tayarima chhu.
 
Posted on 03-20-06 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान साहुजीलाई धन्यवाद दिदै यो खबर सुनाईहालुँ भनेर । बीस नाघेका धागाहरुलाई Previous/Next को साटो Page 1,2,3,4, गरेर pagination गराईपाउँ भन्ने हाम्रो आग्रह बमोजिम गरिदिएका छन् उनले ।

भन्नाले तिर्थवर्तबाट उत्रेछन् कि क्या हो साहुजी । लु है साथी हो, पसलाँ के के मगाउनु पर्छ, के के हटाउनु पर्छ जम्मै भन्ने बेला यहि हो ।
 
Posted on 03-20-06 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चित्रे ! लु मैले दुबै हात उठाएँ यार। हुन त साझामा १-२ पल्ट पैले पनि फुत्किसकेको थियो
मेरो नाम, अब डराउनै किन पर्यो र हैन त? :-)
मास्टरनी नानी सँग त डरै लाग्न थाल्यो मलाई। कुट्नै आउने हो कि जस्तो गर्ने गाँठे। :-(
डल्ली त मसँग रिसाइछन के रे, धेरै जिस्यायो भनेर होला। रिसानी माफ पाम है। जे भे'नि हाम्रै दमाली हुन्, नमस्ते गरेँ है।:p
प्रिती जी हजुर पनि नजिकै नजिकै त पुग्नु भा'को हो।
ईश्वरलाई हिन्ट्स दिएकोमा धन्यबाद।

बिर्खेको त फोटै छ मसँग। टाँस्दिम साझामा ? :-)

:-)
-भउते
 
Posted on 03-20-06 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते आफुचाहि गुफा पस्ने र अरुलाइ रिसाएको भन्न त अलिक मिलेन के। ल नमस्कार् फर्काए मैलेपनि!!! किन हो आजभोलि त हजुरले चौतारि र साझा सबैको माया मार्नु भएछ नि?? ल आउदै गर्नुहोस् है !!
 
Posted on 03-20-06 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-)

मायाँ मारेको हैन, डल्ली जी। कामले अलि अचाक्लि नै पेलेर हो। यति रमाइलो चौतारी र
साझालाई किन मायाँ मार्थेँ। क्यै नभे' नि म:म:लाई अचार बनाउन जानिन भने हजुर सँग
सोध्न त आइहाल्छु नि। अस्तिनै हजुरले जे जे भन्नुन्छ त्यै त्यै गरेर बनाको। सप्पै कुरा
हजुरले नै भने जति राखेँ। अनि नुन चैँ आवश्यकता अनुसार भन्नु भा'रेछ। झ्वाम्म नुन
हालेर धेरै मीठो बनाउँछु भनेको त, उफ ! रात भरि पानी खान उठ्दा उठ्दा हैरान भो। पानी
खान उठ्दा फेरि दादा जस्तै एउफेरि साझामा छिरेर न चियाइकन निन्द्रा पर्थेन त्यो बेला।
बिजोकै भो नि। :-)
 
Posted on 03-20-06 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानिको भाडा सुत्ने ठाउमा नै राख्नुपर्छ के, त्यसो गर्दा निन्द्रा पनि बिगृदैन र सिजिलो पनि हुन्छ । ल अब देखि बरु कम नुन राख्नु तर धेरै न्राख्नु नि।
 
Posted on 03-20-06 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते मैले क भने त्यस्तो डराउनु पर्ने ?
बिर्खेको फोटो टास्दिनुस न त हेर्दिउ हामी पनि

अनि नुन धेरै राख्दा मिठो हुन्छ भन्ठानेको थियो र??!!!:)
 
Posted on 03-20-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हुँदा हुँदा भाऊते त मेरो फोटु छ भनेर पो हिन्न थालेचन ए गाँठे! नाउँ चिन्ने खेलामा यसो उनको नाउँको हिन्ट दिदेको त फोटु टाँस्ने कुरो अर्चन बा यिनि त! छैन है माष्टरनी नानी भाउतेओ कुरो मात्तै हो।

हैन गोताएँ कता लाओ? देखिन्न नि चौतारिआँ? फेरि काका बुडा नि बेपत्ता छन मुन्द्रे नि छैन!
सिरे को नि अत्तो पत्तो नाईँ।
 
Posted on 03-21-06 1:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेला पनि कस्तो परेको जिम्मालले गाली गरिरा' बेलाँ आईपुगेछु चौतारीमा। म यतै छु जिम्माल।
******
भउते प्रभो, हजूर त अघोरी जोगी बन्नु भो भन्ने हल्ला चलेको थियो गाममा। कुरो कसो हो? कि जोगी भएर राजीनामा पनि दिईसकको हो?
**************
सान साहूलाई पुण्यकर्मको लागि धेरै धेरै धन्यवाद।
 
Posted on 03-21-06 3:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते:

हेर्दा राम्रो माछा ह्यु! पुछ्रे, मारि ह्यु! राम्रो मा छ
बैगुनीलाई गुनले ह्यु! मार्छु, खोजी ह्यु! ल्याइदेऊ काँ छ

जुन खोलामा पानि ह्यु! छैन, उही खोलामा भोटी
आफ्नो पोइलाई बासि ह्यु! मकै, नाठे ह्यु! पोइलाई रोटी

तालको माछा तालमा ह्यु! रह्यो, ;' ह्यु! को पाखामा
अरुलाई बोली ह्यु! वचन, कान्छी ह्यु! लाई काखमा

दैलामुनि तिते ह्यु! फापर, गाईले ह्यु! खाए खाला
लाको माया छोड्ने ह्यु! छैन, गए ह्यु! गर्धन जाला

भात पाक्यो कोदो ह्यु! कोदो, तिहुनलाई ह्यु! नुन छैन
;'जस्तो शरिर ह्यु! दिँदा तिमीलाई ह्यु! गुन छैन

रत्न मन्दिर बगां ह्यु! लमा, बसी ह्यु! हाले पाले
आजकलको केटी ह्यु! हरु, केटा ह्यु! रोज्न थाले

घर त मेरो लथा ह्यु! लिगं, पालि ह्यु! मात्रै छाउँछु
खानु मलाई पर्ने ह्यु! छैन, बाली ह्यु! मात्रै लाउँछु

हेर्दा राम्रो माछा ह्यु! पुछ्रे, मारि ह्यु! राम्रो मा छ
बैगुनीलाई गुनले ह्यु! मार्छु, खोजी ह्यु! ल्याइदेऊ काँ छ

बैगुनीलाई गुनले ह्यु! मार्छु, खोजी ह्यु! ल्याइदेऊ काँ छ
बैगुनीलाई गुनले ह्यु! मार्छु, खोजी ह्यु! ल्याइदेऊ काँ छ
बैगुनीलाई गुनले ह्यु! मार्छु, खोजी ह्यु! ल्याइदेऊ काँ छ
... ... ...

 
Posted on 03-21-06 3:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे:

डोटी राम्रोऽ डडेलधुराऽ
डोटी राम्रोऽ डडेलधुराऽ
हिमाल, अछाम राम्रो काभ्य, फूल कमल
हिमाल, अछाम राम्रो काभ्य, फूल कमल
हिमाल, फूल कसुतुरी फुलकमल


मलाई पनि उडाई लैजाऊ
मलाई पनि उडाई लैजाऊ
हिमाल, हिम्चुलीका डाँफ्य फुल कमल
हिमाल, हिम्चुलीका डाँफ्य फुल कमल
मान्छे राम्रोऽ मन मिलेकोऽ
मान्छे राम्रोऽ मन मिलेकोऽ
हिमाल, पंक्षी राम्रो डाँफ्य फुल कमल
हिमाल, पंक्षी राम्रो डाँफ्य फुल कमल

असारकाऽ ऐका घडा
असारकाऽ ऐका घडा
हिमाल, पानि टल्याक टुलुऽक फुल कमल
हिमाल, पानि टल्याक टुलुऽक फुल कमल

सपनीमाऽ मैले देख्या
सपनीमाऽ मैले देख्या
हिमाल, तमु झल्याक झुलुक फुल कमल
हिमाल, तमु झल्याक झुलुक फुल कमल
हिमाल, फूल कसुतुरी फुलकमल
हिमाल, फूल कसुतुरी फुलकमल

 
Posted on 03-21-06 3:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यहा त नाम् को खेल् पो चलेछ। सबैलाइ नमस्कार् छ है, आजकाल् जिम् गर्न थालेको ले टाइम नै छैन भन्या।।।
-------------
जाम कि क्या हो म पनि जिम् खाना।।
 
Posted on 03-21-06 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La bahuteko nam milaechhan kyare chitrele. bhauteji ta mero mawali parnu bhaechha.
ab kasko nam patta lagaune ho, la Amazing hints dinus na tapaiko nam ko.
 
Posted on 03-21-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिती जी तपाईं र मेरो एउटै मामाली रहेछ्, त्यसो भए त ।
 
Posted on 03-21-06 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी (चौपारी )  मा म  कान्‍छा को तर्फ बाट सबै लाइ नमस्‍कार

नाम जान्‍ने खेल खेल्‍नु भयको रहेछ । केहि समय पछि म पनि

सबै को नाम जान्‍ने चाजोपाजो मिलाम्‍ला । पहिला मलाइ

चौतारी(चौपारी  मा बस्‍न दिने  कि नदिने भन्‍ने कुरो आयो ।

ल त अहिले लाइ बिदा

सानो कान्‍छो.............


 
Posted on 03-21-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर ! डल्ली र प्रिती भान्जीहुरले नाता गाँसेका। हजुरहुर साँच्चिकै भान्जीहरु नै हो त? कि नजिकिँदो चैते दसैँमा टिका लगा'र २-४ पैसो उछिट्याउन स्याले-भाका मिला'को हो, हँ ? :p :p :p :p :p झुट बोलेका भे' त मास्टर्नीलाई ला'र हजुरहुरका कानका जरा उखेल्न लगाम्छु नि फेरि। :-)

लु चैते दसैलाई निम्तो छ है, जे भे नि। दक्षिना दिन नसके नि पेट भरि गाइको म:म: ख्वाएर पठाम्ला नि। :-) अचार बनाम्म डल्ली भान्जी हुदैहुनुहुन्छ, चट्ट पारेर, टिमुर राखेर।

ए गोताएँ ! धोबिनीका रउसिले तिम्रा जिब्रा चिप्लेर "सिरे" भन्न पर्नी ठाममा "भउते" भा' को हो कि के हो? माड्दै र गुल्ट्याम्दै हिँड्नि त सिरे हुन, म कता'ट अघोरी बनेर हिन्थेँ र। यो लाम्ला, खाम्ला र रमाइलो अरम्ला भन्नि उमेराँ।

जिम्माल, धेरै निहु नखोज है फेरि, साँच्चिकै टाँस्दिम्ला फेरि।

:-)
-भउते
 
Posted on 03-21-06 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“तेरा भउते काजी मुन्टेछ चौपारीआँ, भेट्न जाओ भोली!” भुनेर हिजो बेलुकी रउसी ल्याम्दै मेरी धोबिनीले कराओ। घरैमा उकूस मुकूस हुने अरी भात हुसुरेसि कैले काईं धोबिनी काँ रउसी पेल्न जान्छम् के हामी।

“तेरिमा राँडी! हाम्रा भउते माथि तेस्ता बोली लाम्छस्? काजी हो, काजी! ‘सवारी भएछ’ नभुनेर के को ‘मुन्टेछ’ भन्छ हँ ति कोडी प-या मुखले?” भुनेर झपारें पईले त।

“हो, भउते काजी फिर्ती सवारी भो अरे, तेरी सालीलाई समालेर मर अब” भुनेर जवाफ दिंदा पो आफ्नो आङ् सिरिङ्ग भएर ज्यान नि जिरिङ्ग भो।

कुदेर घर गईं के रे त्याँट, रउसी एकै सासाँ घुटुक्कै पारेर।

साली त मस्त निन्द्राँ थि। ढुक्क भो। अब भोलि उठेसि पो क्यारि लुकाम्नि हो सालीलाई भउतेऽट? जरो नै आम्न आम्नऽऽऽऽ खोजेछ!

ए, काका! जिम्माले! दादा! बिर्खे! भोलि सखारै म काँ आम्नु है! मेरो घराँ घेरा हाल्न छ! भउते देखा परो कि सिटी बजाम्नु, अनि म सालीलाई थुनेर खुकुरी लेर निस्कन्छु!

सन्चो भा’थो जो सालीको दिवाना हराम्दा! फेरि मुन्टेछ लौ!

माथिबाट को आयो, सालको पात बजाम्दै
भउते भए फर्काईदेऊ नचाम्दै!
ओऽऽऽऽऽऽऽऽ
भउते भए फर्काईदेऊ नचाम्दै!

माथि हे-यो माछा पुछ्रे, तल हे-यो फेवा ताल
भउतेले भगाए आओस् मेरो काल!
ओऽऽऽऽऽऽऽऽऽऽ
भउतेले भगाए आओस् मेरो काल!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters