[Show all top banners]

miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI XI

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 80130 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-10-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चिनजान हाम्रो भा छैन
घर काँ हो केही था छैन
नमानि भन्देऊ केइ झर्को
काँ बस्ने तिमी के थरको
आऊ है माया बस

सुरिलो रूख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
सुसेलि हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस !
... ... ...

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरीसित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल
... ...

सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न दादा र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउते र सिरे २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी पानपाते र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ


यता खास्टो समाल्दै प्रितीले कविता पस्किँदै हुनुन्छ.--


यो माटोलाई यो धर्तिलाई छोरीको खाँचो छ
नडराई बढाऊ साहसी पाइला हिमाल साक्षीछ

 
Posted on 03-16-06 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिर्ती जीले अनुमान गर्नु भएको पनि मिलेन, हुनत दादाले पहिले नै यही भनिसक्नुभा' थ्यो।
मेरो नाम मिलाउनुभो भने म चैं पक्कै दिन्छु ल पुरस्कार!
तर तपाईले मास्टर्नी दिदीको नाम भने अझै मिलाउनु भएको छैन क्यारे।

अब प्रिती जी, साहिंला, आदिको पनि नामको हिन्ट पाए मज्जा आम्थ्यो नि!
 
Posted on 03-16-06 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाका पछिल्ला टराईहरू नि मिलेनन्। अब म यौटा किलास पढेर केही घण्टामा फर्किन्छु। हेरम् कसैले मिलाउँला कि?
 
Posted on 03-16-06 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा मा आज आउनु मन लाग्यो मलाई पनि धेरै भएको थियो यहाँ नाआएको पनि आज आयको रमाइलो लगि रहेको छ ।
सबै लाइ नमस्कार भन्दै आज् लाइ बिदा
 
Posted on 03-16-06 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

AEHNTRSU
Sanat Shrestha
Sanat Tharu

chitre ji Shrestha chahi mileko ho? khali first name matra namileko ho? ali aru hints pani dinus na.

mero namko ta hint dinai dar laagchha.. pheri thaha payo bhane mero nam? tettikai guess garnus na la.

dalli ji ko nam chahi khai kehi guess garnai sakiena. aru hints pauna.
 
Posted on 03-16-06 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RENU SHRESTHA
ANUSH SHRETSHA
SURESH NATH SHRESTHA

Pretty Jee, kasto mattiyeko ke tapain ta. Kamtima 1,2 letters bhaye ni dinus na.
 
Posted on 03-16-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hoina mero naam milena. Feri try garam.
 
Posted on 03-16-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sushant Shrestha ho chitre ji?
 
Posted on 03-16-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ता बुइनीहरुका फेला परिएछ।
हिन्ट न सिन्ट मेरो नाम चिन! रे!


भैँसी लोट्यो है बरै भिर बाटो झुलेर
तरुनीको है बरै गफैमा भुलेर!
... ... ...

म सुत्न गएँ।
 
Posted on 03-16-06 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada, afu chahi katti mattieko ni galat hint diera miss ko nam patta lagauna lagaune...:)

la mero nam ra thar dubai ma "G" chha la.
 
Posted on 03-16-06 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गंगा गौतम
 
Posted on 03-16-06 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भेडा भेडासित बाख्रा बाख्रा सित भनेजस्तै
परदैश बाट नेपाली खोज्दै हिनेको ठयाक्कै भेटियो है मलजल गरेको चौतारीमै
रमाहिला गन्थन हुदो रहेछ
नाम खोज्ने धुन भने जमेर लागेछ
लौ म नयाँ मुन्छे के कसो हुने हो
यसो भुल्दै गरम्न त भुनेर टहलिदै हिंडेको
कसैका को ब्यायीछन?
लौ मेरो पनि टाढै बाट बधाई है
नाम खोज्ने हुल छिचोलेर आफ्नै धुन्मा गाम्तिर लगेँ तनी आजलाई
आउँदा जाडा लाम्ला पिरती
घुम्दै फिर्दै आम्ला चौतारी

लौ नमस्कार सबैलाई यो मुग्लानवट ................
 
Posted on 03-16-06 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-16-06 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए केटा केटी हो! क-कसको भैंसी हो त्यो? सब काकाआ खेततिर चर्न थाले! सखापै पार्नि भो लौ! काकाले एक एक अरि भुत्लाऊलान्, है!

के के जाति खेल मै ब्यस्त सबै! अ-आफ्नो वस्तुतिर नि आँखा लाम् है!
 
Posted on 03-16-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खायो खायो
भुइसी ले गहुँ खायो
कस्का साँढे हुन बालिमा छोडेर सखापै पारेचन है
कहाँ मोरेचन केटाकेटी पनि
लौन कोही भए बोलाई दिए हुन्थ्यो केटाकेटी हरुलाई
म बुढो मुन्छे दगुर्न पनि नाशक्ने
लौन
 
Posted on 03-16-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नामको अहिलेसम्म सही उत्तर आ'छैन। ल, अब पून्टे दाइको नामको हिन्ट दिन्छु म।
HNSLIA

गेस गरूम् ल।
 
Posted on 03-16-06 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

......ए...ए.. लौ... लौ.. लौ...सखापै पारेचन् लौ... लौ.... पून्टे लखेट् लखेट् यिनी किरा परेआ डियाँलाई! ...हरे हरे लौन लौ.... हसुर्न सम्मन जो हसुरेचन भक्खर बडेओ गउँलाई! ...लखेट्..लखेट् पून्टे! ..लौ..लौ.. उता दुगुरो तो थाले गोरु! छेक् छेक्!
तिनी भिरीङीले नि लान नसकेका छौंडा-छौंडीहुर कता मोरेचन फेरी आफ्ना डियाँ एकातिर छोडेर?

‘यिनी बदमाश गोठालाहुरलाई नभकुरी यो गामा खेती अर्न सकिन्न लौ’ भनेर मैले पंचायताँ अस्तिनै जो भनेओ हुम। कानाँ तेल हालेर बसे मै हुम भन्निहुर। बरु यिनी डियाँलाई तेइ अदच्छेओ पाटातिर लाईदिन परो। त्याँट तिन्ले नि था पाम्चन अनि तिन्ले जो यिनी बदामाशहुरआ चन्नीआ रम गोड्लान। हैरानै जो पारे पार्न नि!
 
Posted on 03-16-06 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो त झन्?

काकाआ खेत बचाम् भुनेर ला’को, झन् यि चित्रेले मुलाई नि मुछ्याऊन लाओ तिनेरुको खेलाँ। खुरुक्क तिम्री भैंसी कुन हो, बरु तेल्लाई यता डो-याऊ झट्टै! काकाआ रिसको झट्टारो खान परेसि पछुताउलाऊ।

कठै! हुसुर्न नि सखापै हुने अरि हुसुरेछन् ति अलछ्छिने डियाँहुरले। आफू परे त नछोड्ने! पञ्चायताँ उजुरी हालेर यि भारा भुरीका खेलै बन्द गर्दिन्थेम्।

क्यारी पेट पालचन् अब काकाआ सन्तानले आउँदो हिउँदमा? जुन जुन भैंसीले काकाआ खेताट् पेट भरेर मरेका हुन्, तिनी लैनो हुँदा दिनको तीन माना दरले १५ दिनसम्म काकालाई बुझाउन पर्नि। गोरु भए, ३ दिन सम्मुन काकाआ खेत जोत्न पर्नि। लु, जा! पञ्चयातको निर्णय मु आफैंले दियम्!

ल, ल! यो फेरि कस्तो ढिपी गोरु परेच! फर्केर आको! बेईमानी राक्षस! हा! हाऽऽऽ!! जा ऊता! हाऽऽऽऽ!!!!!!!!!!! यो त मास्टरनी नानीको जस्तो पो छ!

ए, मास्टरनी नानी!!!!!!!!!!! लौ न! आफ्नो गोरु समाल्न आओ!
 
Posted on 03-16-06 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर त आझै पनि यहीँ पो छन त साँढे हरु
यसो पुन्टे सुन्टे मिलेर धपओ तो
हरे शिव भ्याएचन सबै
लौ चौतारी मा पन्न्च डाक्न पर्‍यो
कटुवाल घोक्न लाउन परो
सबै जना उपस्थितिकोलागि
तेसै छोड्न त मिलेन क्यारे

 
Posted on 03-16-06 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिती को नाम गिता हो??

डल्लीको नाम को लागि हिन्ट नै पुगेन के दादाले भनेको ठिकै हो ----- "हिन्ट न सिन्ट मेरो नाम चिन! रे!"
दादा! सबै म जस्तो ज्ञानी हुन्छ त ? :D खै पुरुस्कार ? चिपलेजी लाई नदिनु होला

हितजी,गोलजी र डल्ले खुर्सानीजीलाई welcome

मैले कहाँ पशुपालन ब्यवसाय अपनाएकि छु र? अनिलजी म त भुराभूरी लाई पढाउने कामगर्छु
poonte = ANIL SAHI हो कि होइन?? just guessed :)
 
Posted on 03-16-06 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नि अब अर्कै किसिमको हिन्ट दिनु पर्‍यो मेरो नाम जान्नाका लागि ।
मेरो नाम मा यि अक्षरहरु छन :HLKDRANU.

You can repeat the letters.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Driver license help ASAP sathiharu
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters