[Show all top banners]

miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI XI

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 80225 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-10-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चिनजान हाम्रो भा छैन
घर काँ हो केही था छैन
नमानि भन्देऊ केइ झर्को
काँ बस्ने तिमी के थरको
आऊ है माया बस

सुरिलो रूख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
सुसेलि हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस !
... ... ...

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरीसित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल
... ...

सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न दादा र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउते र सिरे २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी पानपाते र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ


यता खास्टो समाल्दै प्रितीले कविता पस्किँदै हुनुन्छ.--


यो माटोलाई यो धर्तिलाई छोरीको खाँचो छ
नडराई बढाऊ साहसी पाइला हिमाल साक्षीछ

 
Posted on 03-16-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वागत को लागि मिसलाई
धेरै धेरै धन्याबत
अब डिल्मा बसेर हेर्ने बेला हुन लगो मेरो ता
साझाले पनि १०-१५ भन्दा बदी दिँदो रहेनछ क्यारे
लौ गन्थन्मा भेट्दै गरम्ला............
आफु फेरी अ्रिअका तिर परिएन
तेसैले
समय को अलि चाँजोपाँजो मिल्दैन क्या
 
Posted on 03-16-06 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईसकुलाँ केटा केटीलाई पढाएर खेत जोतिन्दैन के रे, न भैंसीको दुध पिम्न पाउँचौ, मास्टरनि! आफ्नो गोरुलाई आफ्नो भन्न के को लाज हो? काकाको रिस भोग्न पर्ला भुनेर आफू पन्छिन खोजेकी होली, बिताउनु बिताई सको के रे तिम्रा गोरुले ऊनका खेत! अनि मुईले नि चिनि सकें ति गोरु तिम्रै भुनेर। अब ३ दिन सम्मुन् तिम्रा गोरुले काकाआ खेत जोत्न परि गो, तिम्रा खेत चईं तेई ईस्कुले केटा केटीलाई जोताओ। हेरम्ला हाम्पनि!

यो बुढोलाई यिनेरुको खेलाँ फसाएरै छाडे! अब, आफ्नै नाऊँ बक्न थालेसि नफसेर नि क्यारम्? गेस्-सेस् अर्नै पर्दैन, मास्टर्नि नानी! साझाँ थुप्रैलाई था छ मेरो नाऊँ त!

डल्ली फुपूको नाऊँ त अनुराधा जस्तो लागो। जात चईं ठम्याउन गारो परो, तो “यल” (L) ले गर्दा। पुर्वेली हुम् भुनेको सम्झना आउँछ के रे, लामा हो कि लिम्बू?

धत्! यस्ता दिमागै खियाउन पर्ने भे बाघचाल खेलम् बरु! मन लागेन आफूलाई त यि भारा भुरीका नाऊँ पत्तो लाउनि खेल!
 
Posted on 03-16-06 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खड्का भनम्, “यल” छ। लामा, लिम्बू भनम्, “यम” छैन!

आऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! खेल्दिन म त!
 
Posted on 03-16-06 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे भातिज्, मेरो नाम मिलेन । म न त लामा हो न त लिम्बु तर पुर्वेली चाँही पक्कै हो । ल भनौ मेरो नाम के हो? यो मेरो थर-जात् माइतिको( नेपालि) हो किनकि घर्को थर बिदेशी हुनाले अप्ठ्यारो पर्छ भनेर नेपाली थर-जात दिएको हो । No more hints hai ta!!!
 
Posted on 03-16-06 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थरि थाहा पाउन गाह्रो पो भो त पुन्टे लाई
ढकाल हुनकि जस्तो नि छ
 
Posted on 03-16-06 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HLKDRANU baata ta DRAKULA pani hunchha! :p

duita dahra tucha niskya chha ki chhaina fupu ko? :D
 
Posted on 03-16-06 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो गाइ भैंसी चै पून्टु दा कै हो है काका, हामीलाई फसाएका हुन् तिनिले। असाध्यै बाठा पो छन् त तिनि । आफु आरामले रुखमुनी सुतेछन् अनि हाम्लाई पो दोस हैन मस्टर्नी नानी?

मास्टर्नी नानी हामी चाँही खेल्न नछोड्ने है त यो गेम। तपाईंको नाम मिल्यो मैले भनेको? सरिता गौतम?

मेरो नाम चाँही मिलेन है। चित्रेजी को नाम चाँही कति गाह्रो हो, सबै कम्बिनेशन मिलाई सक्दा पनि अझै नाम मिलेन रे? मेरो question को answer पनि दिएको होईन फेरी, श्रेष्ठ मिल्यो कि मिलेन भन्या?
 
Posted on 03-16-06 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dhamki dekhayera mera nai hun vanna lagauna thaleko hoki kya ho malai ha?

dalle khursani le vaneko ti sabai goru ta poonte dai kai hune re .

panchhina khojeko hola masterni nani ko nam diyera. aba poonte dai le nai tin din khet joti dinu parchha
 
Posted on 03-16-06 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कामको चटारो ले चाइन्जो झटारो हानेसि केई कुरो नि मिल्दैन रे। मेरो नि एस्तै भो गाम्लेओ। एता समाउँछु उता फुस्किन्छ उता समाउँछु यता चेप्टिन्छ। हुँदा हुँदा काँ सम्म भने यो कुइरेओ के जाति सिप्रिङ बिरेकाँ समेत सपैजाना फुलोरिडातिर समू्न्दओ किनाराँ होलि खेलिरा बेलाँ आफ्नो भने हातमा कलम, साथमा कागत, पेटमा पाउरोटी त्यो पनि कइले मिल्ने कइले नमिल्ने! अनि गाथमा कसरि आराम होस त। साझाँ नआओ गोडा दुएक दिन भएछ आफुलाई भने एउडा जुग बिते अस्तो लाओ। अइले नि यो 'नाऊँ खाने कथा' चलिरा रेछ। कोइको मिलो कोइको मिलेन। अब ककस्को मिलो ककस्को मिलेन त्यो त किन भनिरन परो र हैन?
जे होस गाममा मुन्छेरु आइराका रेछन रमाईलो लाओ।
गोताएँलाई सुपुत्री लाभ भएको मा मेरो तर्फ बाट बधाई छ!!

सपैको घरबार भ' र छोरा छोरी लाभ हुँदा मुलाई भने एउडा गिद गाम्न मन लाओ फेरि-

सुपारी खाँदै कुटुमा कुटु
सपैको घरबार सुटुमा सुटु
तरुनी हाँस्छन मुसुमा मुसु
साईँला आफ्नो बने मन रुन्छ धुरु धुरु

पानीमा मिठो कलधारा हिटि
जतामा हेर्यो नक्कलि ठिटि
तरुनि देख्दा मन भिटिभिटि
साईँला भगाइल्याउँ त गाउँघरमा गर्छन खिसि

मिठोमा भन्नु भैँसिको दइ
खाने मन छैन कत्ति नि लइ
ठुलिकान्छी पनि तरुनी भइ
साईँला बाबुले कुरा बुझेनन् खै..

 
Posted on 03-16-06 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

preety mero nam sarita hoina Gautam chahi ho

ho ho ti gai vhaisi poonte dai ka nai rahechhan preety le dekhya re .

chitre ko last name Shrestha chai milya jasto chha but THARU also sounds nice :D

preety nani malai masterni nani kina vaneko hola ( masterni didi k)
 
Posted on 03-16-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पुन्टे दाजू पनि, आफ्ना डियाँ आफैँले तह लाम्नु नि बिचरी इस्कुलाँ भुराभुरी पढाउदैअरेओ माष्टरनी नानीलाई दोष ला' र।
अस्ति सिरे झुल्केको रेछ फेरी कता हराओ त्यो?
भौतेले त भाकल अरेओ छ रे " अब एउडा बाट दुइडा भसि मात्तै साझाँ आम्छु" भनेर! कता लाओ त्यो।
डल्ले खुर्सानिओ नाउँ राख्दिने पुरेत को हो? साह्रै मिल्ने नाउँ, कुरो त साह्रै पिरो जाँदोरेछ नी? लु स्वागत छ! यो हुक्का समा' र दुई सर्को तानुम्
 
Posted on 03-16-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस ले तेसै गाल लगाउन भएन है
मैले तोकेर भनेको छैन फेरी पुन्टे गर्जेला

लौ मेरा पनि अन्तिम तान्द्रो (thread) गीत मै सकियो है

नाम्लो र बारीयो
लोग्ने मुन्छे परियो आफु handsome परियो
गर्नहुने नहुने सबै गरियो
पढ्न बस्दा सत्र ठाउँमा कोठा सारीयो
गर्नहुने नहुने सबै गरियो
नाम्लो र बारीयो

झ्याल बाट चिट्ठी फ्याकी ठिटि पट्याइयो
६ ७ बर्स लार बल्ल I A कटाइयो
रामरि केटि देख्यो कित जिब्रो पड्काइयो

साइड हान्दा उस्को बाउले मलाई कुट्या हो
जेठान चैले घुमाअर दिन्दा सुक्ला उठ्या हो

बाउले पठा खर्छ सबै ठिटी घुमाइ सकियो
दुख पाका बाउआमा लाइ बिना सित्ती पिरियो

घर छोड्दा मेरी आमा डाँको छोडि रुन्थिन
राम्रो लेखापढि गरी विद्वान हुनु भन्थिन

परिक्षा पनि सत्रु जस्तो व्हाटतै आउनु पर्ने
पढाई जती चिलिम फर्क्यो अब कसो गर्ने

साथीभाइ आइचो पैचो tusion पढ्ने सुरभो
देब्रे आँखा झिम्काइदिएको त्यहाँ पछी झुर भो

ठिटी सँग लगरिएर सधैं रमाइलो
बाउ आमा को सपना लाई चियान बनाइयो
 
Posted on 03-16-06 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर, ल हेर! अईमई अईमई मिलेर यो बुढा माथि खनिएका! महिला दिवस त ग’को साता नै बिति सको। जुन बेलाँ मन ला’गो तई बेलाँ महिला रजाईं अर्न पाईन्च र?

त्यत्तिका रास डियाँहुर मेरो भा’ भे म चईं यई चौपाराँ सुतेर तिमेरुको उरन्ठऊला खेल हेर्दै बस्थेम् र? सब बेचेर शहर पस्थेम्! अनि फर्किन्थेम् हाताँ साईको धडी, काला चेस्मा ढल्काउँदै। कान्छी भाऊजु साथैमा ले’र!

यि पिरती नानी र मास्टरनी नानीलाई झन् बईनी ठानेर आउँदो दसैंमा चोलो हाल्दिम्ला सोंचेको थिएँ के रे। नाना भाँती आरोप पो लाउन थाले। कठैऽऽऽऽ म! भो, ति दुवै सेट चोलो को साटो बरु अफ्नै धोबिनीलाई नयाँ पेटिकोट हाल्दिम् के रे!

मास्टरनी नानी फेरि हाम्रै गोताएँको आफ्नै त परिनन्?
 
Posted on 03-16-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्ली फुपूको नाम अनुराधा ढकाल हो?

पिर्ती जी, मेरो पछिल्लो नाम मास्टर्नी दिदीलाई सोध्दा नै ठीक होला की?

मास्टर्नी दिदी गोतामे ज्यूको दिदी बहिनी पर्नु भो।

बिर्खे माईल्दाई, मेरो अनुमान मिल्या हो?

अरू कोही नामको हिन्ट दिने बाँकी भए दिई हालम् है, खेल चरमोत्कर्षमा छ।
 
Posted on 03-16-06 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन डल्लेखुर्सानी डराको फेरि? !!!
पुन्टे दाजु दशै भन्दा पहिले तिज आउछ । ठूलो दाजू भएर नि सानो तिनो कुरा मा बैनीहरुसगं रिसाउने हो त ?? :)

गौतमजी लाई म चिन्दिन तर उँहाको मर्म स्पर्सी कबितासंग चाहिँ मेरो राम्रो चिनजान छ।

अनि बिर्खेजी निकै ब्यस्त हुनुहुन्छ जस्तो छ नि.
 
Posted on 03-16-06 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

try some more !!! Alik milena ke!!
 
Posted on 03-16-06 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे भाई मेरो अन्दाज मिल्या हो ? त्यसो भए ---
सरण तरुण यि मध्य कुनै मिल्छ कि ?
एउटा
नभएअर्को त मिल्ला कि भनेर के:)

डल्ली ‍‍--‍‍ ‍‌ईश्वरी ढकाल
 
Posted on 03-16-06 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आराधना ढकाल
 
Posted on 03-16-06 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नरिसाउनु न पुन्टु दा बैनीको भाग मारेर धोबिनी भाउजुलाई पोस्ने कुरो नगर्नु न।
ल अब हामी तपाईंको गाइले काका को खेतै सखाप पारे नि केहि भन्दैनौ ल। :)

मास्टर्नी दीदी हिन्ट् दिनुस् न अरु नाम guess गर्नै गाह्रो भो के।
 
Posted on 03-16-06 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dalli fupu ko nam thaykkai milaeko jasto chha la masterni didile.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters