miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI XI

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 80189 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-10-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चिनजान हाम्रो भा छैन
घर काँ हो केही था छैन
नमानि भन्देऊ केइ झर्को
काँ बस्ने तिमी के थरको
आऊ है माया बस

सुरिलो रूख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
सुसेलि हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस !
... ... ...

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरीसित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल
... ...

सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न दादा र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउते र सिरे २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी पानपाते र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ


यता खास्टो समाल्दै प्रितीले कविता पस्किँदै हुनुन्छ.--


यो माटोलाई यो धर्तिलाई छोरीको खाँचो छ
नडराई बढाऊ साहसी पाइला हिमाल साक्षीछ

 
Posted on 03-11-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता गएछन् सबै। मास्टर्नी नानी ! मीठा गफ सुनाउनुस् न। नभए कविता हाल्नुस्।
 
Posted on 03-11-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ दादा!
म भर्खर आएँ! के छ खबर?
 
Posted on 03-11-06 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यु आर वेलकम माष्टरनी नानी!
:)
 
Posted on 03-11-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गति जिन्दगी हो
तर मौन हिड्न सक्तिन म
गतिलाई ब्यर्थठानि
रुक्नपनि सक्तिन म
स्विकार्यछ यो बाध्यता
तर जवाफ छैन कतैपनि
संघर्स मै जिन्दगी यो
बित्छ कि सशंकित छ मन ।।
 
Posted on 03-11-06 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एऊटा देउडा "गाई चर्नेमा भैँसी चर्यो" को लयमा-
(पहिला शायद चौतारीमा हो कि कता हो राखेको थिएँ

माल्या गाईको झाल्या बाच्छो
दूध नपाई बुँडियो
पोहोर साल लाको माया
येइ साल हुँडियोSSSSS

जेठाजू भैसिका गोठ
जेठानी छुई छिन की
कोइ सुखि छन् कोइ दुखि छन
भगवान दुई छन कि

अरुको पालो पलाईगयो
खर्सुको ढिलायो
कुइरो जस्तै जोबन आयो
हिउँ जस्तै बिलायोSSSS

एकले सुकु थुकि थुकि
सयले थुकि नदी नदी
छुट्दैनकि क्या हो भाउजु
माया त पिरती

 
Posted on 03-11-06 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खल्काइदेऊ झल्काइदेऊ
गलैको माला कम्पनी!

कम्पऽनी!
 
Posted on 03-11-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढल्केन ढल्केन
तिम्रो आँखाको गाजल
ढल्केन!
 
Posted on 03-11-06 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाटोमुनि बयँला पाक्या
टिपीदेऊ र खाउँला बरै
कम्पऽनी

मर्काइदेऊ मर्काइदेऊ
बारुले कम्मर कम्पनी

कम्पऽनी
 
Posted on 03-11-06 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दन्तैमा नानि दन्तैमा
सुपारीको रस भिज्यो दन्तैमा
माया पिर्ती नलाउ तिमी अन्तैमा
गर्छु टुना पार्छु तिम्लाई फन्दैमा

 
Posted on 03-11-06 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुट्टामा नेल परे पर्ला
झ्याउरेमा ननाचि छोड्डिन....

 
Posted on 03-12-06 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल सप्पै नल ओसार्न आओ । आकाशा बादल लागिच, केइ भर छैन ? कटेराको थारा राख्नु पर्यो । भउते, दादा, सिरे, गोतामे, लाले , आइते,बिर्खे, चित्रे, मुन्द्रे ,काका, २ टै नेपे सप्पै आइजाऔ । उत मिस र डल्लीले चिया र भुटेका मकै ठिक्क पारेका छन ।

 
Posted on 03-12-06 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै मैले त घाम लाको देख्छु।

हुन त हो - ओन्नागोकोरो तो यामानो टेन्किवा कावारियसुइ!
वैशालु केटीको धडकन र देऊरालीको हावापनी छिनछिनमा बदलिन्छ रे क्या!

ल यो डाँडाघरे नमेको नाम के होला?
ABDMNRL
 
Posted on 03-12-06 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरस्कार भए त म नै ट्राइ गर्नु पर्ला जस्तो छ ?
 
Posted on 03-12-06 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले थाहा पाइसके दादाले दिएका अक्षरहरु कति मिल्छ भन्ने .... बनाउनुस नाम ठ्याक्कै मिल्छ .......
..:)
 
Posted on 03-12-06 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोखराको बजारैमा सुका धार्नी मासु
तिम्री छोरी मैले लगेँ टिका लाईदेऊ सासु...

 
Posted on 03-12-06 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो खान जोत गर्दा गर्दै थकाई लागेर आयो
आज पातलिकी आमा पनि कति ढिलो गरेकी खाज ल्याउन....

तल तिर फाटां खेतालाहरु कोदो तिप्दै रचन ..........'

लौ एकै छिन भए पनि थकाई मारम्न त चौतारीमा
हुइय............ थकाई लगो गठें ................'

एसो बस्दा बस्दा मलाई त जोक्स भन्न मन लगो ल

एक चोटि भ्यागुता हरु को कोम्पेटिसन हुन लगेछ
सबै देशका मुन्चेहरुले भ्यागुताहरुलाई बन्द गरेको धकनी म बोकेर हिंडेचन
तर नेपाली मुन्चेले चै खुला बाकसमा लिएर गयेच
त्यो देखेर सबैजना द्ङ्परेचन र नेपाली लाई सोधेचन
किन हो तेयस्तो खुला बाकसमा बोकेको
त्यस्तोमा बोक्दा हाम्रा भ्यागुताहरु त कतै सानो ठाउँ देख्ने बित्तिकै फुत्त भागेर बाहिर जान्चन
तर तपाईंका भ्यागुता त सान्त सँग बसेका छन नि?¨
त्यो सुनेर नेपाली ले भनेछ
कहाँ तेयस्तो हुनु नि मेरा भ्यागुताहरु पनि बहिर त जान खोज्चन नि तर म ढुक्क छु क्या
हाम्रो मा यौटा भ्यागुता बाहिर जान लाग्यो भने आर्को ले तेयस्को खुट्टा तनी हाल्छ क्या.........
Nepali mentality............

 
Posted on 03-13-06 2:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-13-06 4:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chautari ma dherai pachhi aako .naya chautari pani suru gari sakechan.
panpate ko jokes le majja sanga hasna payiyo.NEPALI MENTALITY
hana ho gamle ho KAKA ta purai pagal vachan . dimag ma kasto kasto kura kheldo ra cha mukhaa hanu jasto . brain disbalance vayo ki vanchu ra.
 
Posted on 03-13-06 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai ke nam bhnne aba, dadale puraskar dinchhu bhanera kehi dieko hoina.
mastarni nanile ta jhan mitho bolera fulaunu bhayo malai. ulto sajaya po dinubhayo nepali ma type gara re la kasto garo laagchha afulai. yashpalta ni english mai type gare...kaan nasamaunuhos hai mastarni nani please :).

Madan Baral ho Nepalean ko nam, dada?

chitre ji le hint dinus na ali ani koshis garaula ni, quiz ashadhei man parchha ke malai. haina mero nam arkai chha tapaile patyaunubhaechha hehe...
 
Posted on 03-13-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे पानपातेले हँसाओ!
एसपाली पिर्तीले गरेओ गेस मिल्ला अस्तो लाओ मुलाइ। ल है नमे तिम्रो नाउँ तेइ हो भने भन

चित्रे-

धनकुटा हिलेS दिल चित्तै मिले
हे माया जाउँ हिँड पाख्रिबास
मरिजाने चोला जे हुन्छ होला
हे माया तिम्रो नै लाग्छ आस

मैना-

आधा उमेर तिम्रो गै सक्यो कठै
हे बरै अझ गर्छौ के को आस
तमोर खोला त्यो ढुङ्गे बगर
हे बरै लाग्दैन तिम्लाई लाज

चित्रे-

सुन्ताला जुनार निबुवा भोगटे
हे माया रस आउँछ आउँदैन
घर छोडि आको आफ्मो कोई नभाको
हे माया बास पाउँछ पाउँदैन

मैना-

जुत्तामा लाऊने त्यो कालो पालिस
हे बरै कपालमा लाएछौ
जता देख्यो राम्री तरुनि हजूर
हे बरै उतैतिर धाएछौ

चित्रे-

रातोमा सिन्दूर त्यो गोलो टिका
हे माया गाजलपो लाउने कोश
माइत घर बसि छोरा पाऊने भैछौ
हे माया नलाऊनु मलाइ दोश

मैना-

अल्लारे दाईको जोस मात्रै ठूलो
हे बरै रइनछ केहि होश
हात्ति पाल्न भन्दा स्वास्नि गाह्रो भन्छन
हे बरै नलाऊनु मलाइ दोश

चित्रे-

माङमाङ्गे खोला बाढि है आयो
हे माया ढाकेर बगर
एऊटा स्वास्नि पाल्न नसक्ने हैन
हे माया मन्मा सुर्ता नगर

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
जाडो, बा र म……
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Driver license help ASAP sathiharu
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters