[Show all top banners]

ojhasamajdhangadhi

More by ojhasamajdhangadhi
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कानुनी अस्पष्टताको चपेटामा प्राकृतिक चिकित्सा: डा. चेतना पौडेलको गिरफ्तारीले उब्जिएका गम्भीर प्रश्न !
[VIEWED 2275 TIMES]
SAVE! for ease of future access.
Posted on 06-25-26 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिकित्सकको उपाधि बिना नै स्वास्थ्य परामर्श र बिरामी जाँचेको आरोपमा प्राकृतिक चिकित्सक डा. चेतना पौडेल पक्राउ परेकी छिन्। सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरूमा 'नक्कली डाक्टर' शीर्षकमा आएका यी समाचारहरूप्रति योग तथा प्राकृतिक चिकित्सक संघले गम्भीर आपत्ति प्रकट गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै उक्त समाचारहरू कपोल्कल्पित, भ्रामक र तथ्यहीन रहेको दाबी गरेको छ।
https://www.youtube.com/shorts/FifvDucIltg
प्राकृतिक चिकित्सा क्षेत्रमा लामो समयदेखि सक्रिय डा. पौडेललाई बिना अनुसन्धान "नक्कली डाक्टर" भन्दै भ्रामक प्रचारवाजी गर्दै रातारात पक्राउ गर्नु कानुनी अस्पष्टता तथा नेपाल मेडिकल काउन्सिल (NMC) को गम्भीर लापरबाही साथै क्षेत्राधिकार बाहिरको ठाडो हस्तक्षेप भएको संघको ठहर छ।
https://www.youtube.com/shorts/9bFyIgaiyTQ
के हो वास्तविकता?
-------------------------
उपलब्ध आधिकारिक तथ्यांक अनुसार डा. चेतना पौडेल भारतको बेंगलुरुस्थित प्रतिष्ठित 'राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालय' (RGUHS) अन्तर्गतको 'एसडीएम कलेज अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेज' (SDM College of Naturopathy and Yogic Sciences) बाट 'ब्याचलर्स अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेज' (BNYS) उपाधि हासिल गरेकी आधिकारिक चिकित्सक हुन्।
यो कुनै छोटो अवधिको तालिम वा सामान्य प्रमाणपत्र मात्र नभई विश्वविद्यालय स्तरको पूर्णकालीन व्यावसायिक स्वास्थ्य-विज्ञान सम्बन्धी साढे ५ वर्षको कडा अध्ययन हो। उनले अध्ययन गरेको विश्वविद्यालय र पाठ्यक्रमको विस्तृत विवरण विश्वविद्यालयको आधिकारिक वेबसाइटमा समेत उपलब्ध छ। साथै, उनले प्राप्त गरेको उक्त शैक्षिक योग्यतालाई त्रिभुवन विश्वविद्यालय (TU) ले समेत समकक्षता (Equivalence) प्रदान गरिसकेको छ।
https://www.youtube.com/shorts/jmVzBO2y0t0
बिगत २१ वर्षदेखिको प्राकृतिक चिकित्साको लामो अनुभव :
-----------------------------------------------------------------------------
नेपालको कानुन बमोजिम डा. चेतना पौडेल बिगत २१ वर्षदेखि नेपाल स्वास्थ्य व्यवसायी परिषद् (NHPC) मा विधिवत् दर्ता भई व्यावसायिक अभ्यासमा छिन्। उनी BNYS पूरा गरेर अन्तर्राष्ट्रिय पहिचान सहित नेपालमै अभ्यास गर्ने पहिलो नेपाली महिला प्राकृतिक चिकित्सक समेत हुन्।
नेपालमा हालसम्म प्राकृतिक चिकित्सकहरूका लागि छुट्टै परिषद् (काउन्सिल) स्थापना भइनसकेका कारण उनीजस्ता पचासौँ हजार अन्य विधाका स्वास्थ्य व्यवसायी तथा चिकित्सकहरू NHPC मै दर्ता भएर कानुनी रूपमा सेवा दिइरहेका छन्।
https://www.youtube.com/watch?v=fpeY6a9d-rs
'डाक्टर' उपाधि र काउन्सिलको क्षेत्राधिकार विवाद:
-----------------------------------------------------------------
नेपाल मेडिकल काउन्सिल (NMC) ले केवल एलोप्याथिक (MBBS/BDS) चिकित्सकहरूलाई मात्र नियमन र सम्बन्धन दिने गर्दछ। तर, सोही भवनमा रहेको नेपाल स्वास्थ्य व्यवसायी परिषद् (NHPC) ले होमियोप्याथिक र प्राकृतिक चिकित्सा लगायतका विधाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई नियमन गर्छ।
यहाँनेर स्मरण गर्नुपर्ने कूरा के छ भने "डाक्टर" उपाधि कुनै काउन्सिलले दिने नभई सम्बन्धित विश्वविद्यालयले शैक्षिक कार्यक्रम पूरा गरेपछि दिने प्राज्ञिक उपाधि हो।
डा. पौडेलले पनि सो उपाधि आफूले अध्ययन गरेको स्वास्थ्य विश्वविद्यालयबाटै प्राप्त गरेकी हुन्। नेपाल सरकारले आफ्ना विभिन्न दस्तावेजहरूमा प्राकृतिक चिकित्सकहरूलाई 'चिकित्सक' नै मान्दै आएको छ र सोही बमोजिम निजी प्राकृतिक चिकित्सा अस्पताल एवं संस्थाहरूलाई सञ्चालन अनुमति समेत दिएको छ। सरकारी सेवामा समेत प्राकृतिक चिकित्सकको दरबन्दी रहेको र होमियोप्याथी तर्फका BHMS चिकित्सकहरू पनि यसरी नै NHPC मा दर्ता भई 'होमियोप्याथी चिकित्सक' का रूपमा अस्पतालहरूमा कार्यरत छन्।
क्षेत्राधिकार बाहिरको हस्तक्षेप र प्रतिशोधको आरोप:
-----------------------------------------------------------------
योग तथा प्राकृतिक चिकित्सक संघ र यस क्षेत्रका सरोकारवालाहरूका अनुसार यो घटना नेपाल मेडिकल काउन्सिल (NMC) को क्षेत्राधिकार बाहिरको हस्तक्षेप हो। एलोप्याथिक विधा बाहेकका अन्य चिकित्सा विज्ञान र तिनका जनशक्तिलाई बेवास्ता गर्ने र नियतवश स्थापित चिकित्सकको करियर नष्ट गर्ने उद्देश्यले यो कदम चालिएको आरोप संघको छ।
प्राकृतिक चिकित्सा सरोकारवालाहरू भन्छन् , "यदि कानुनमा केही अस्पष्टता छ भने आवश्यक कानुन परिमार्जन वा निर्माण गर्ने दायित्व राज्यको हो। तर कानुनको आवरणमा प्रतिशोध साँध्नु र एउटा सिङ्गो प्रमाणित चिकित्सा विज्ञान (Natural Medicine) को उपेक्षा गरी वर्षौँदेखि बिरामीको सेवा गरिरहेका डाक्टरलाई नक्कली भन्नु अत्यन्तै गैरकानुनी एवं निन्दनीय छ।"
यसर्थ , बिगत दुई दशकभन्दा बढी समयदेखि विधिको शासनभित्र रहेर,निरन्तर सरकारी निकायमा दर्ता भई सेवा गरिरहेकी चिकित्सकलाई यसरी सामाजिक रूपमा बदनाम गराउने कार्य तत्काल रोकिनुपर्ने जोडदार माग यस क्षेत्रका व्यवसायी र संघसंस्थाहरूको रहेकोे छ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Conservative discussions
Does he deserve Noble Peace prize??
Love trumps Hate
Example of how media controls the sheeps
Michael Kobold's expose on Nimsdai Purja
The delusion created by mainstream media is creating fake reality for biden supporters
Democrats cannot think for themselves
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
The Battle of the Titans
Supreme Court Decision Crushes TPS Dreams
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters