[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 धुर्मुस भयङ्कर संकटमा ...
[VIEWED 14806 TIMES]
SAVE! for ease of future access.
Posted on 03-23-21 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"मेरी बास्सै" ठिक थ्यो त
बस्ति बनाउने काम सफल भएकै थियो .. घांटी नहेरी हाड निल्न खोजेको जस्तो भयो

३ अर्ब ६० करोड चाहिने ...

अझै ३ अर्ब २०-३० करोड उठाउनै छ रे, मागेर उठ्छ ?

https://youtu.be/V2q7xPV6LY0
 
Posted on 03-23-21 1:22 PM     [Snapshot: 83]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

Maagera pani kahile samaaj sewa huncha ra bhanya. Achamma lagcha Sundaa pani.. aba buda budi medhi dekhi mahakali samma maagdai hindney re. Katti hasney........
 
Posted on 03-23-21 5:11 PM     [Snapshot: 250]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes .. केहि कमेन्ट हरु :


Ramu Sharma • 56 minutes ago (edited)
वास्तब मा भन्नु पर्दा धुर्मुस सुन्तली ले गर्न लागेको कार्य महान हो। आफ्नो देश को गौरब को कुरा हो उहा हरू लाई सल्यूट छ। तर साढे तिन अर्ब रकम भनेको चानचुने रकम होईन। यो निकै गाह्रो छ। कहाँ कहाँ हात फैलाउनु यो अबस्थामा त्यसैले मत भन्छु जति काम भयो भयो अब बाँकी निर्माण को काम सरकार ले जिम्मा लियोस। जति चोर डाँका फटाह घुसाह र आफ्नो पेट भर्ने चोर नेताहरू हाम्रो देश मा छन ति प्रत्येक बाट 10% को रकम मात्र कटौति गर्ने हो भने भोली बन्छ रङ्ग साला। कति हात फैलाउनु कति गुहार माग्नु धुर्मुस सुन्तली ज्यू। हत्ते भयो छोडी दिनुस अब। निकै दया लागेर पो आयो त ।बिचरा हरू।। यति गर्नु छ अझ त्यस माथी आरोप।कत्ति न चन्दा सङ्कलन गरेर भिख मागेर उनी हरू ले आफ्नो दरबार बनाउन लागे जस्तो।। बिचरा।।


Sabhyata Gurung • 1 hour ago
यस्ता ठूला ठूला राष्ट्रिय योजना राज्यकै पहलमा हुनुपर्छ। नेता भनाउँदाहरु चाहिँ कुर्सीको लडाइँमा देसको ढुकुटी रित्तो पार्ने अनि जनताले चाहिँ आफ्नो एक छाक छोडेर रंगशाला बनाउनु मद्दत गर्नुपर्ने? उद्घघाटन गर्न, खाता माला लगाउन र vip बेन्चमा बस्न त तिनै नेता भनाउदाहरु जाने हो नि।


Ramailo • 1 hour ago
यो आइमाइको कुरो पिटिक्कै चित्त बुजेन । ए नानी सुन एक चोटी देश का भुस्तिग्रे नेताले जनतालाइ केही नगरेपछी अभियान्ताले नगरेर कस्ले तिमिले सहयोग गर्छौ त ? तिम्रो यो opinion अत्ति गैर जिम्मेवार र अनपढले दिने तर्फ जस्तो भएन र ? नेतालाइ कहिलै देश बनाएनौ भनेर कैलै नेतालाई अम्ला ठड्याको छौ ? किन गर्ने मान्छेलाई खुट्टा तान्छौ ? सक्छौ तिमी सहयोग गर सक्दैनौ प्यार प्यार समाजिक सन्जालमा आएर नचाहिने ब्लेम नलाउ । धुर्मुस सुन्तलीले जबरजस्ती मागेका छन र चन्दा जस्तो ? सक्ने ले सहगोग गर पो भन्या छन त ए नानी तिमी किन भाजो हाल्दैछौ कस्को अण्डरमा बसेर बोल्दैछौ ?


Suman Lwagun • 1 hour ago
आम सर्वसाधारणबाट रकम जम्मा गरेर सरकारको ठेकेदार भएर कामगर्नु सरासर गलत धन्दा हो। निजि व्यवसायबाट आर्जित सम्पति सामाजिक कार्यमा खर्च गर्नु समाज सेवाको एउटा राम्रो उदाहरण हो। धुर्मुस-सुन्तली माथि कडाभन्दा कडा छानबिन हुन जरुरि छ।


biswas gr • 1 hour ago
धुर्मुस सुन्तली ले गर्न खोजेको त राम्रो हो तरा यो ठाउँ अलि उचित भएना एस्मा राजनिती घुसेको पनि पक्कै हो रेनु दाहाल को नाम नआउला भन्नू पनि भन्न सकिदैना एत्रो रकम .. कसरी सहयोग ले मात्रा सम्भव होला र ? बरु 40/50 करोडको को दुर्गम ठाउँमा हस्पिटल वनाइदिएको भए अहिलेसम्म आधा काम पूरा भैसक्थ्यो सहयोग पनि राम्रै आउथ्यो धुर्मुस र सुन्तलिले ठुलै नाम कमाउछु भनेरा हौसिरा एत्रो प्रोजेक्ट मा हात हाल्नु भयो अहिले आएरा एकदमै गारो भएको छ निल्नु न ओकाल्नु भएको छ धुर्मुस सुन्तली लाई


Raju Timalsina • 3 hours ago
म पनि एक दुख र मेहनत गरेर खाने परिवार पाल्ने नागरिक हु !!ढुर्मुस र सुन्तली अनि देश को लागि हीत हुने कामको लागी एक महिना को आधा तलब रंगशालाको लागि र धुर्मुस सुन्तलीको देश प्रती जुन सकारात्मक सोच छ तेस्को लागि म पनि दिन तयार छु!!!!!!जये देश !!!!जये नेपाली !!!!जये नेपाली सोच राख्ने धुर्मुस सुन्तली को मन!!!!!!!खुट्टा तन्नेको खुट्टा कात्न्नु पर्छ सबै नेपाली एक हौं यो देशको र नेपाली हुन पायेकोमा गौरब गरौं !! सलाम छ नेपालका सन्तति तिमी धुर्मुस सुन्तली लाई


Gs Gs • 3 hours ago (edited)
३ करोड नेपालीको साथ सहयोग पाउँछौँ भनेर ठूलो आसा राख्नु नै ठुलो भ्रम हो। अब त यो भ्रम चिरिनु पर्छ, धुर्मुस सुन्तलीको आँखा खुल्नुपर्छ।यहाँ सहयोग गर्ने भनेको ४०% नेपालीले मात्र हो र यो काम सफल हुँदैन किनभने ३ अर्वको कुरो चानचुन खेलाची होईन। बिदेशमा रहेका सामाजिक अभियान्ताहरु पनि मौन छन अब त। यो विषयमा कोही पनि बोलेका छैनन्।बिदेशमा पनि बिना काम बसिरहनु परेको छ।यस्तो कोरोना करहरमा कसरी सहयोग गर्न सक्छन। मैले यति भनिरहदा यो आइमाईलाई सपोर्ट गरेको चै होईन। अब यो विषय सरकारलाई जिम्मा दिउँ।म एउटा कुरा सत्य भन्छु कि ४० % नेपालीले मात्र सहयोग गर्छन। अब ३ करोड नेपाली भनेर गर्व नगरौँ!!!!


samjhana panta • 3 hours ago
तीन अर्ब पचपन्न करोडमा भारत बाट निर्यात हुने कलकारखाना खोलेर स्वदेशमै उत्पादन गर्न सकेको भए लगानी कर्ताले मुनाफा र स्वदेशमै हजारौंले रोजगार पाउथे ( जे होस धुर्मुस सुन्तलीको आट साहस लाई सलाम छ )


Krishna Sunar • 3 hours ago (edited)
हाम्रो देश मा यौता पनि अन्त्रास्तृय खेल मैदान छैन बन्न लागेको यौता लाई पनि यति बिरोध सक्छौ भने सहयोग गर सक्दैनौ चुप बस हाम्रो रुपन्देहिमा कहिले आउनु हुन्छ धुर्मुस दाइ को तिम म पनि सहयोग गर्न चाहान्छु


Keshav Dhamala • 3 hours ago
आफू खुशी चन्दा दिदा यो आइमाई लाई जरो किन आको रहेछ? चोर्नु अपराध हो तर सामाजिक काम मा ज्यानै दिन्छु भनेनि ब्यक्तिको खुशी हो। धुर्मुस सुन्तलीको जय होस।


MeLoDy- DhOoN • 3 hours ago
एउटा कुरा चाँहि क्लिएर छ।धुर्मुस किन मुलधारको मिडियामा चाँहि आउन चाँहदैनन्?खालि बाहिर बाहिर बाटै रोइलो गरेर जनतालाई इमोसनल ब्लाकमेलिङ गरिरहेका छन्।अझ सुनतलिको चिच्चाहट त बेकारै लाग्छ।


One man army • 4 hours ago
नेपाल मा हामी काम गर्नु मात्रै जन्मे काे हैन ,के भन्न खाेजेकाे यिनी काे हुन् पृथ्वीनारायण शाहा ले मात्रै लडेर नेपाल भाकाे हाेर 😡हामिले खेल्न पाउनु र विश्व लाई पनि खेल बाट चिनाउन सकिन्छ तर यस्ता कु बिचार भाकाे मान्छे देखेर नेपाल मा नै बस्न मन छैन ,खातेहरु ले देश मा राम्राे गर्नु खाेज्याे नानाथरी भन्छ मुद्दा लडनु कि काम गर्नु



अनि .. यो पनि
Prajesh Adhikari • 4 hours ago
पोथी बास्यको सुहाउँदैन दिजु । अनि यो टाईम न कुटाईम क बासीरा को । गर्नु दिनु न यार तपाईं को चै किन टाउको दुखाइ रख्नु भाको । सबै थाहा रैछ त घर को धन्न्दा तिर लाग्नु के ।बरु।
 
Posted on 03-23-21 6:14 PM     [Snapshot: 295]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुन ठाउ मा रंगशाला बनाउन लागेको हो त्यहाकै इच्छुक जनता संग मात्र चन्दा मागनु पर्छ |

रास्ट्रीय गौरव को प्रोजेक्ट ले दुखि बेरोजगार ले रोजगार पाउछ र भन्या ?

बरु
३ अर्ब ६० करोड
ले त् प्रत्येक प्रदेश/अञ्चल मा व्यावसायिक प्रशिक्षण केन्द्रहरु खोल्ने पैसा पुग्छ | ति केन्द्र कै लगानी मा बिद्दार्थी लाइ निसुल्क अथवा नाममात्र का ऋण मा तालिम दिलाएर पछि प्रशिक्षित को जागिर/कमाइ बाट ऋण कतौदी गर्दा देश-समाज लाइ फाइदा पक्कै हुन्छ |

जता सुकै भिउ तावर र अव्यावसायिक लागत-लाभ देखिने रंगशाला को साटो बरु दुर्गम ठाउमा स्कूल र खाने पानि को व्यवस्था गर्नु नि |

https://www.youtube.com/watch?v=h1LDjTgMEGU

Last edited: 23-Mar-21 06:31 PM

 
Posted on 03-23-21 9:33 PM     [Snapshot: 481]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mr.Dhurmush,

Did you ask the Nepalese Government? He Govt is not in favor of you, you will not succeed. In fact Govt is a group of bunch of corrupts. Who cares? Their job is to make money.
 
Posted on 03-24-21 9:41 AM     [Snapshot: 719]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@GeetMaiJawaafDiu
"बेरोजगार ले रोजगार पाउछ र भन्या ?"
अलिअलि त रोजगार पाउलान - तर इमोसनल ब्ल्याकमेल गर्न मात्रै हो .. खासै productive काम चैं होइन !!

@dhoti_prasad - government is also involved... local governments are involved.. but, it is not a government priority ..

अभियान यस्तो हो रे .. पुरै इमोसनल बनाएर पैसा उठाई रहेका छन् .. तर, यो सबै ऋण तिर्न त पुग्ला
अर्बौं अर्ब त कसरि उठ्ला र खै ?

https://youtu.be/QItl2RAwUw4
 
Posted on 03-25-21 7:17 PM     [Snapshot: 1026]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ऐले सम्म न बुझेको कुरो र प्रस्ट न भएका निम्न बुदा मा धुर्मुस -सुन्तली ले जवाफ दिने पर्छ हैन भने जति रोए पनि केहि हुने वाला छैन /

१ यो रंगशाला भोलि कसको स्वामित्व मा हुन्छ ?
२ एसको संचालन कसले गर्छ ?
३ यो कर्पोरेशन , सामाजिक संस्था , ब्यबसयेक सस्था , या अन्य कस्तो खाल को हुने छ ?
४ एसको आम्दानी खर्च मा नाफा वा नोक्सान भएमा कसरि खर्च (नाफामा) वा पूर्ति (नोक्सान मा) हुञ्छ?
५ के येति ठूलो चन्दा उठाएर बनाएको संस्था ले नाफा मुलक कारोबार गर्न मिल्छ ?
६ कि आफै एसको संचालक भएर मोटो तलब भत्ता मा मोज गर्ने हो ?
७ निर्माण सुरु गर्नु पहिले नै नियम कानुन , संचालन , आम्दानी/खर्च , संस्था दर्ता भएको छ ? किन ऐले सम्म
सार्बजनिक न गरेको ? येदि छैन भने गैर कानुनी रुपमा येत्रो चन्दा उठाउन पाइन्छ ?
८ कि चितौन को मेयर को ढाकछोप करेको हो ? किन पत्रकार को जवाफ दिन न सकेको ?

 
Posted on 03-25-21 8:01 PM     [Snapshot: 1054]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I will make a video on your questions
Thanks @tallagharemaila ...
 
Posted on 03-25-21 9:40 PM     [Snapshot: 1133]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हैन के के सम्म बनाउने हो चन्दा उठाएर? लु मलाई माहाभारत जमानाको पुष्पक विमान बनौन मन लाग्यो रे, चन्दा माग्नु? कसले दिन्छ मलाई पुष्पक विमान बनाउने चन्दा?

धुर्मुस-सुन्तलीले नचाहिने ठाउँमा हात हालेको जस्तो मलाई लाग्यो। कुनै अनुभव नै नभाको मान्छेले एक्कासी अरबौको प्रोजेक्ट लिने हो? त्यो पनि चन्दा उठाएर? एक एक गल्लिमा चोक्टा खान लुकेर बसेका गिद्दहरुको समाजमा चन्दा उठाएर अन्तरास्ट्रिय स्तरको रंगशाला बनाउनु कलियुगमा जनकपुर गएर सिता खोज्नु बराबर हो।
 
Posted on 03-25-21 10:48 PM     [Snapshot: 1195]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

This shows why Nepal is backward country and cannot use capitalism. Every neta haru always say capitalism is bad. Nepal needs to use capitalism. Aile Nepal ma share ko hawa chale ko cha. Collect money through public offering, crowd funding, show how this stadium can make money.
Khali hawa kura garo. Kaag le khan lago bhanera kaag ko pachi lago.

 
Posted on 03-26-21 7:50 AM     [Snapshot: 1316]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

If you can not make profit then you will bound to fail. End of Story. Emotion does not bring food into a table. The reason why there is no interest on building stadium is because investors do not think it will bring profit. C’mon Nepal is third world country and there are 1000s of other priorities than watching a game in stadium. Do we really have serious demand for stadium?
 
Posted on 03-26-21 9:14 AM     [Snapshot: 1339]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

as promised ..
thanks tallagharemaila
and others ..

https://youtu.be/Tpg882s58Tg
 
Posted on 03-26-21 12:45 PM     [Snapshot: 1415]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालीको बाढी आएको छ :


Deurali Sen • 2 hours ago
जति पनि यो रंगशाला को बारेमा नेगेटिभ प्रस्न राख्नेहरु देश द्रोहिहरु हुन।येस्ता प्र्बृतिहरु देखिनु देश बिकाश्को ठुलो खाडल्हरु हुन।यो खाडल हामी सबै देश भक्ती नेपालिहरु सबै मिलेर हात्मा हात मिलायेर पुर्नुपर्छ।

bindu dhakal • 58 minutes ago
संका जे पनि गर्न मिल्छ..,खोदल्दै गैयो भने अपराध गर्दै छन इनिहरुले भन्नी निष्कर्श पनि आउँछ.. कसैले आफ्नै देश को लागि एति दुख्ख गर्दै छ भने सामान्य सोच ले पनि बुझ्न सकिन्छ , एस्ता मन भाका मान्छे कम हुनाले देश को यो हालत भएको हो.। प्रोत्साहन गर्न सकिँदैन भने चुप लाग्नुस तर खुट्टा तान्ने प्रवृत्ति अब त बन्ध होस्

Basnta Chhetri • 2 hours ago
एक रु सहयोग नगर्ने ले हिसाव खोज्ने काम बन्द गरौं , रंगशाला बन्नु र नेपाली खेलाडी ले अन्तर्राष्टिय स्तरको रंगशाला मा खेल्न पाउनु र दर्शक ले हेर्न पाउनु नै ठूलो कुरा हो , जो सहयोग गर्छ चुपचाप गर्छ एक रुपिया नदिने हरु नौटंकी बन्द गर


sushant Gajmer • 2 hours ago
दाइ, यस्ता केवल भाईरल हुनका लागि मात्रै सामाजिक संजालमा भुक्नेहरुलाई तपाई जत्तिको मानिसले समाचार नबनाउनु होला । हामी केवल सहयोग गरौ । सरकारले नसकेको काम कोहि जनता संग मिलेको गरि रहेका छन । सहयोग गरौ ।


Galab Sharma • 2 hours ago
Yetai prashna garne haruko kaaran le desh ubho laagdaina ... Target eutai ho sabai ... cricket rangashala banaune ... Baki kura rangashala banisakesi sochna parne ... jo joslai sahayog garna mann cha tesle garne kaam garne le garne , nagarne ra garna nasakne le at least moral support dina parne thau waiyat prashna sodhna jaruri chaina , aaile nei dhurmush suntali le jawab dina pani jaruri chaina ... Hisab nikaalna paryo , audit garera bhanera sarkar le sodhne ho , arajak tatwa le sodhne haina ...

Kunei jawab nadiye huncha , volunteers harule kasailai jawaf dina pardaina .. dine sahayog le didaichan , kaam garne le kaam gardaichan ... Laaz pachne pachaune harule yesta waiyat question garchan ...

Saaf kura ... deadline cha euta tyo point ma jasari bhayepani pugne ho ... duniya ghumauro batolai bypass garera agadi badhne ho ... tesari nei target meet huncha


sapana shrees • 1 hour ago
काम गर्दै जादा गल्ति, कमि कमजोरी, आलोचना, विवेचना सायद हुदैन भन्न सकिदैन, हामि सकारात्मक विकासको मोडलमा देशलाइ अगाडी राखेर सोच्नु पर्दछ l के गरेन भन्दा पनि भिजन के हो त्यसमा भर पर्दछ l यो प्रश्नको जवाफ खोजेर भिडियो बनाएको भए राम्रो हुन्थ्यो आनन्द दाजु, आम जनताको मनमा नकारात्मक विचार फैल्याउना भन्दा l l l


तितो सत्य • 1 hour ago
प्रचन्डे बाउछोरिको चाकरी गर्न खोज्दा डुबायो धुर्मुस सुन्तलीले गरिब नेपालीको पसिना र राष्ट्रको सम्पत्ति ! बच्चाको टिफिन खर्च देखि बुढाबुढिको वृद्ध भत्ता किसानले बेचेको कुखुराको पैसा समेत खोसेर रंगशाला बनाउने भन्दै चन्दा आतंक सिर्जना गर्ने यसलाई अलिकति पनि लाज सरम घिन किन लाग्दैन?


Frozen Flower • 1 hour ago
Sad to see they’re literally emotionally blackmail people to donate. People not even rich to donate .


Lok Rai • 49 minutes ago
A anande midia wale yasko uttar sbhai pahilane spasta pare ra start gare ko kura sabaima spasta parne chahanxu tara yo galat parchar parsar nagar na ma anurodh gardaxu yo sabai nepal ko bikaslai mathi uthna nadine rananiti ho Desh drohi murdabat. Yo media wale parti mero aasankhaxa RIP


Keshav Subedi • 34 minutes ago
Ananda Nepal😂😂😂कुरौटे कुरा काटेर मात्र बस्छ्न आजभोलि


Dinesh Shrestha • 47 minutes ago
kina yetro natak? dina man nalagake vaye nadeu...


Suman Bastola • 27 minutes ago
काम गर्न देउ न । आफुपनी नगर्ने आरुलाई पनि गर्न नदिने
नेपाली बानीले कहिले पनि नेपालको प्रगति हुन सक्दैन


Rupesh Shahi • 27 minutes ago
रंगशाला बन्नुपर्छ र यसमा हाम्रो सहयोग पनि हुनुपर्छ।
तर माथी उठेका सवालहरु जायेज छ
यी सवालहरुको उत्तर दिइ चन्दा माग्दा राम्रो होला


Rajendra Bk • 2 hours ago
यो video हेरे पछी यो chanal unsubscribe garne निणय गरियो

 
Posted on 03-26-21 8:20 PM     [Snapshot: 1542]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

आनन्द जी धन्यवाद छ तपाइलाई यी प्रस्न हरु सार्बजनिक गरिदिनु भएको मा / यो विडियो हेरेर सारै हासो उठेको र
धुर्मुस को मानसिकता राम्रै बुझ्न सजिलो भएको छ / ९३ बर्सको लाइ चन्दा दिनु पर्ने मा रंगशाला बनाउने काम लाई
पबित्र काम भन्दै गरेको सुन्दा अब उप्रान्त अस्पताल , ब्रिद्दस्रम , अपाङ्ग आश्रम लाइ दिनु अपवित्र काम हुने भो जस्तो लग्यो/ धुर्मुस सुन्तली ले बिगत मा बस्ति बसालेर निकै राम्रो गरेका हुन् जसमा सयोग पनि गरियो तर ऐले आएर धेरै बिगत का सयोगी हरुलाई मानसिक दोहन गर्ने र चित्त बुझ्दो जवाफ दिन न सक्नाले यो परियोजना चाडै नै धरासाई
हुनु को साथै एसको रहस्य को पनि पर्दाफाश हुने छ /
 
Posted on 03-27-21 1:40 PM     [Snapshot: 1745]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

तल्लाघरेमाइला जी,
तपाईंले उठाउनुभाको प्रश्नहरु सटिक लागे, अनी आनन्दजीले भिडियो बनाइदिनुभएछ, ल बधाई छ। यती ठुलो अरबौको प्रोजेक्ट शुरु गर्दा कुनै phase wise budgeting र scheduling भएनन होला त? अनी भवितब्य (जस्तो कोरोना त्रासदी, फितलो अर्थतन्त्र)आदी पर्दा कसरी handle गर्ने आदिको feasibility study केही भएनन होला त? यो कुराहरु सोच्दा चै मलाई अचम्म लाग्छ।

मेरो केही बुझाई:
# बस्ती बसाल्ने काम र रङशाला बनाउने काम एउटै तराजुले तोउलुनु।
# experienced resourcesको सहोकार्य नहुनु।
# बस्ती निर्माण पछी over ambitious हुनु (?)।
# phase wise planningको कमी हुनु।
# अहिले emotional trump card खेलेर सफल होइन्छ भनेर सोच्नु।
 
Posted on 03-27-21 4:53 PM     [Snapshot: 1809]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Exactly ... I don't think there was a professional planning ...
It was as random as returning Nepal after the earthquake and starting the housing project ...

रंगी चंगी चित्र बनाएर काम शुरु गरेको जस्तो लाग्छ ... I hope there is a detailed and professional engineering drawing and earthquakes resistant design .. And proper supervision of the construction ...

Your points are valid:
# बस्ती बसाल्ने काम र रङशाला बनाउने काम एउटै तराजुले तोउलुनु।
# experienced resourcesको सहोकार्य नहुनु।
# बस्ती निर्माण पछी over ambitious हुनु (?)।
# phase wise planningको कमी हुनु।
# अहिले emotional trump card खेलेर सफल होइन्छ भनेर सोच्नु।
 
Posted on 03-27-21 9:45 PM     [Snapshot: 1910]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चैं अनौठै लाग्यो ..
९६ बर्षको बृद्धको के आम्दानी छ होला ?
भएको भए ५०० मात्रै त दिन्थेनन होला - अलि धेरै नै दिन्थे होलान !! (अर्बौंको प्रोजेक्टमा ५०० त थोपा पनि नहोला)

तपाइँ भएको भए के गर्नु हुन्घ्यो ?
"Wow Rs. 500 more !!" भन्नु हुन्थ्यो ?




 
Posted on 03-29-21 10:55 PM     [Snapshot: 2353]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Yo dhurmush ko dimag le hawa khayo justo chha. psychiatrist kaha gaye hunchha jachhauna. 33 million dollar donation bata uthaune, tyo pani nepal ma. banaune k bhanda stadium. tyati thulo project ko outcome euta stadium ? banne kahiley, game kahiley hune ?
tyasko sutta ta 5 million dollar ma 6 wota different thau ma plan gare hunchha ni. 1 wota bane pachhi local club haroo ko match garayera funding garne ra tyasko income bata arko banaune.
govt level ko project donation bata garchhu bhanne ani royera hunchha? Itihaas ma ramro gareko naam lekhauna man chha bhane success lai pani sochhnu paryo. bholi history padne student ko joke ko bisaya hola.


 
Posted on 03-30-21 4:52 PM     [Snapshot: 2597]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आनन्द जी ,
बिरोधि को बाडी हेर्दा बिबेक हिन र हिजडा मानसिकता को कमि देखिएन /
देउराली सेन को "बिरोध गर्ने हरु देश द्रोही "बसन्त छेत्री को " न दिने ले सोध्न न पाउने "गलाब शर्मा को " एस्तो प्रस्न गर्ने हरु को कारण देश उभो न लागेको , जवाफ दिनु जरुरि छैन , पहिले तयार गर्ने
अनि प्लानिंग गर्ने " जस्ता सोच भएका हरु को हिसाब ले त कुनै पनि क्षेत्र मा आफु संलग्न न भै आवाज उठाउन पाइदैन अर्थात् भ्रस्टाचार नगर्नेले भ्रस्टाचार को बिरोध न गरे हुन्छ /
अब येस्तै जमात बढ्दै जाने हो भने कुनै दिन धुर्मुस सुन्तली ले ४०X५० खर्ब उठाएर ऐफिल टावर , पिरामिड जस्ता
निर्माण सुरु न गर्लान भन्न सकिन्न /
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
How long does Citizenship take?
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters