[Show all top banners]

parbate
Replies to this thread:

More by parbate
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Everyone is happy but ...
[VIEWED 4690 TIMES]
SAVE! for ease of future access.
Posted on 06-22-06 5:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै खुशी सात दल बेखुशी किन? - दिल साहनी
Filed under: Article
सात दल र माओवादीबीच भएको १२ बूँदे समझदारीका बलमा उठेको जनआन्दोलन नेपालकै इतिहासमामात्र होइन विश्वकै इतिहासमासमेत अभूतपूर्व थियो । तर एउटा ठूलो उत्कर्षमा पुगेको जनआन्दोलले दुई सय सैंतीस वर्षको खुनी इतिहास बोकेको राजतन्त्रलाई ढल्दा-ढल्दै विघटित संसदको पुनस्र्थापनाको टेको दिएर बचायो । खडाको खडा नै राख्यो । विघटित संसदको पुनस्र्थापनाले अरु त अरु प्रतिगामी कदमका खम्बा अझ धुरी खम्बा भएका सांसदलाई पनि पुनर्जीवन दियो । सात दल दश हात उप्रुेर खुशी हुने कुरा त छँदै थियो । राजाका मतियार भएका राप्रपाका सांसदहरु पनि प्रफुल्लित भए । जनआन्दोलनले उनीहरुलाई सत्ताबाट हुत्याए पनि पुनस्र्थापनाले फेरि कुसर्ीमा नै बसाल्यो । संसदको कुसर्ीमा । सांसदको कुसर्ीमा । शायद यो इतिहासको एउटा विडम्वना थियो । जनआन्दोलनलाई आफ्नो स्थानबाट सक्दो सहायता दिने विद्रोही माओवादी पाखा । तर प्रतिगमनका मतियार भएका सांसदहरु काखा । इतिहासमा यो ठूलो विडम्वना नभएर अरु के विडम्वना हुन सक्दछ यसैले विघटित संसदको पुनस्र्थापनाले कतै मोहनविक्रम िसंहदेखि कमल थापासम्मका कित्तामा पर्ने सांसदहरु हर्षले विभोर भए भने विद्रोही माओवादीहरु असन्तुष्ट भए । बेखुश भए ।

पुनस्र्थापित संसद घोषणा संसदको रुपमा देखा पर् यो । १२ वर्षमा गर्न नसकेका घोषणा यही संसदले गर् यो । संविधान सभाले टुंगो लगाउने कुरा पनि यही संसदले टुंगो लगाउन खोज्यो । जहाँ राष्ट्रिय बहसको आवश्यकता थियो त्यहाँ २०५ वा २०४ सांसदले ताली पिटे पुग्यो । सात दल रमाए । जनताका पक्षमा काम गर् यौं भनेर होइन । आगामी चुनावमा यसैलाई मुद्दा बनाउन सकिन्छ भनेर । सात दलहरु खुशै खुश । माओवादीहरु बेखुश ।

संविधान सभाको घोषणा गर्न संसद नै पुनस्र्थापित हुनुपर्दछ भन्ने कुरा थिएन । त्यो राजाको घोषणाबाट पनि संभव हुँदोरहेछ । जस्तो कि संसद भयो । त्यो सात दल र माओवादीहरुको निर्णयबाट पनि हुनसक्दो रहेछ । जस्तो कि अहिले अन्तरिम संविधान समिति भयो । तैपनि विद्रोही माओवादी र सात दल संविधान सभाको घोषणाको प्रयोजनको लागि थोरै अवधिको लागि एक हप्तासम्मको लागि स्थापित हुनुपर्ने मौखिक सहमति भएकोरहेछ । वामदेव गौतमकै भनाइ बमोजिम पनि ।
http://focus.blogsome.com/2006/06/22/p98/#more-98
 
Posted on 06-22-06 6:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha focus nepal bata leko rahechaa yo. focus nepal ko naam change garera foucs maobadi rakhnu parne.
 
Posted on 06-22-06 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where is ignitor??????
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Facts showing how US is worse than Russia
TPS advance parole Travel document i-131, Class of Admission ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters