प्रिय उपेन्द्रजी † राजनीतिक सरगर्मीको माझमा आज म अलिकति निराशा, अलिकति आशा र दुवैको सम्मिश्रणबाट जन्मिएको अलिकति भावुकताबाट प्रेरति भएर तपाईंलाई यो पत्र लेख्दैछु । निश्चय पनि निराशाको स्रोत, देश विकासका गतिविधिहरूमै असर पर्ने गरी आउ“दा दिनहरूमा पनि त्यति सहज र स्िथर नहोलाझै“ देखिएको देशको राजनीतिक स्िथति हो भने आशाको आधारचाहि“ दुइटा छन् । पहिलो, जति आलोचना गरे पनि र देशको यस स्िथतिका लागि जति नै जिम्मेवार भए पनि पछिल्ला वर्षरूमा आएर हाम्रा राजनीतिज्ञहरूले यस देशलाई पर्ूण्ा गृहयुद्धमा भासिनबाट जोगाउनमा ठूलो भूमिका खेलेका छन् र आउ“दा दिनमा पनि तिनको सो भूमिकाको अपेक्षा गर्ने आधारहरू बा“की छन् । आशाको दोस्रो आधारचाहि“, नेपालका लागि केही गर्नर्ुपर्छ भन्ने ऊर्जाबाट प्रेरति तपाईंजस्ता नेपालीहरू हुन् । त्यस्ता नेपालीहरूको सङ्ख्या खासगरी नेपालभित्र बढ्दो छ र उनीहरूले शिक्षा, स्वास्थ्य, कला, सङ्गीत, साहित्य, ज्ञान, विज्ञान र व्यापारजस्ता अनेकौ“ क्षेत्रमा अनेकौ“ आशालाग्दा कामहरू गररिहेका छन् । तर, मैले यो पत्र तपाईंलाई नै लेख्नुको पहिलो कारणचाहि“ के हो भने, तपाईंस“ग मनस“गै धेरै धन पनि छ, जुन सामाजिक जिम्मेवारीबाट प्रेरति अधिकांशस“ग हु“दैन । नेपालजस्ता गरबि र थोरै गर्दा पनि धेरै देखिने देशमा एक जना धनी व्यक्तिले समाजमा कति ठूलो परविर्तन ल्याइदिनसक्छ र ऊ कति ठूलो प्रेरणाको स्रोत बन्नसक्छ भन्ने तथ्यको तपाईं एउटा ज्वलन्त उदाहरण बनिदिए हुन्थ्यो भन्ने मेरो मनसुवा हो । दोस्रो कारणचाहि“, तपाईंजस्ताहरूले केही गर्ने भनेकै देशको स्िथति बिग्रिएका बेलामा हो । सप्रिएका बेलामा धेरै कुरा सरकारले आफै“ गर्नसक्छ । पहिले अलिकति तपाईंकै चर्चा गरौ“ । सिराहाको एउटा गरबि परविारमा जन्मिएर तपाईं अहिले सम्भवतः संसारमा सबभन्दा धनाढ्य नेपाली बन्नुभएको छ । रुस घुमेर आउने नेपालीहरूले रुसमा तपाईंले हासिल गर्नुभएको व्यापारकि सलफता देखेर ज्रि्रो काटेको मैले देखेको छु । यदि तपाईंले नेपालका लागि केही नगर्नुभएको भए तपाईंको सलफता म र मजस्ता अढाइ करोड नेपालीहरूका लागि 'कागलाई बेल पाक्यो हर्षन विस्मात्' भनेझै“ हुने थियो । तर, खुसीको कुरा के भने तपाईंले नेपालका लागि केही गर्नुभएको छ र धेरै गर्ने प्रयास गर्दै हुनुहुन्छ । तपाईंले व्यक्तिगत रूपमा गर्नुभएको दसौ“ लाखका समाजसेवाका कामहरूका साथै तपाईंले गैरआवासीय नेपालीहरूलाई नेपालका लागि गर्नुपर्छ भनेर एक सूत्रमा बा“ध्न नजाने कति पैसा खर्च गरेर संसार घुम्दै सुरु गर्नुभएको अभियान अत्यन्त सराहनीय छ । 'व्यक्ति धनी भएर केही नहु“दोरहेछ, आत्मसम्मानका साथ हि“ड्न देशै धनी हुनुपर्ने रहेछ' भन्ने तपाईंको देशभक्तिपर्ूण्ा सोचको म ठूलो कदर गर्छु । तर, तपाईंको सोचलाई तपाईंले व्यक्तिगत रूपमै ठोस कदमहरूमा परण्िात नगर्ने हो भने, हेररिाख्नोस्, गैरआवासीय नेपाली अभियानलाई अधिकांशले काम देखाउने होइन, अर्बपति उपेन्द्र महतो अनि नेपालका ठूला नेता र मन्त्रीहरूस“ग कुममा कुम जोड्दै फोटो खिचाउने, उनीहरूस“गको सर्ंर्सगमा गर्व गर्ने, देश विकासको भाषण छा“टेर सान देखाउने र आफ्नो परचियको खोजीमा भौ“तारनिे मञ्चका रूपमा प्रयोग गर्नेछन् र गररिहेका छन् । अनि, उनीहरूले गरबि नेपालीहरूले खाडी क्षेत्र र अन्य राष्ट्रहरूमा आ-आफ् नो परविार पाल्नका लागि पसिना बगाएर पठाएको पैसा देखाएर 'नेपालको अर्थतन्त्रमा गैरआवासीय नेपालीहरूको ठूलो योगदान छ' भनेर अन्तर्वार्ता दिनेछन् । बुझ्नर्ुपर्ने कुरा के भने त्यो त परविार पाल्न गरएिको बाध्यात्मक योगदान हो । भन्दा नमीठो सुनिएला तर नेपालमा परविार पाल्ने बाध्यता नभएका विदेशमा बस्ने तुलनात्मक रूपमा सम्पन्न अधिकांश पेसाकर्मी र व्यवसायीहरू नेपाललाई दिने होइन, नेपालबाट पद, पैसा र परचिय कसरी लिने भन्नेमा बढी केन्द्रित छन् । यो तपाईंले पनि बुझ्नुभएकै हुनर्ुपर्छ- याद राख्नुहोला, यहा“ मैले अधिकांशको कुरा गरेको हु“, सबैको होइन । तपाईंले एकपल्ट एउटा अन्तर्वार्तामा भन्नुभएको थियो, "कात्रोको खल्ती हु“दैन ।" तपाईंले जीवनमा सो आदर्शलाई आत्मसात् गर्न सकिन्छ कि सकि“दैन भनेर कहिल्यै सोच्नुभएको छ - तपाईंले जीवनलाई कहिल्यै अलिकति आध्यात्मिक र दार्शनिक ढङ्गबाट हर्ेर्नुभएको छ - तपाईं व्यापारकि उपलब्धि र धनको सीमा कति हो भनेर कहिल्यै घोत्लिनुभएको छ - कुन उमेरसम्म पैसाको पछाडि दौडिरहने भनेर गम्नुभएको छ - तपाईंको सपना खर्बपति नेपाली व्यापारी भएर आफ्नो कर्ीर्ति फैलाउनु होला । तपाईंको आकाङ्क्षा नेपालदेखि रुसका राजनीतिज्ञहरू सबलाई पैसाको बलमा प्रभावमा पार्नु होला । र, 'म एक जना सामान्य नेपाली आफ्नै बल र बर्कतले यति ठूलो र प्रभावशाली कसरी भए“' भनेर दङ्ग पर्दै मनशान्ति लिनुहोला । तर, एक दिन शान्त र शून्य रातमा छातीमा हात राखेर आफूले आफै“लाई प्रश्न गर्नूस् त, के तपाईं आफ्नो जीवनलाई र्सार्थक सम्झनुहुन्छ - या एकपल्ट वस्तुपरक ढङ्गबाट तुलना गरेर हर्ेर्नूस् त, तपाईंको जीवन बढी र्सार्थक छ या महावीर पुनको जीवन बढी र्सार्थक छ - देश रोइरहेका बेला गर्ने भनेको, आशाको किरण र्छने भनेको तपाईंहरूजस्ताले नै हो । हामीले खासै केही गर्न सक्दैनौ“ । शब्दको शक्तिले विद्यालय र स्वास्थ्य चौकी खुल्दैन । भोको पेट भर“िदैन । तर, पैसाको शक्तिले ती सबै सम्भव छ । मैले भन्न खोजेको के हो भने, कात्रोको खल्ती हु“दैन भन्ने आदर्शका बारे तपाईंले जस्तै धेरैले चर्चा गर्छन् तर अर्थ-लालसाका कारण त्यसलाई आत्मसात् गर्न सक्दैनन् । ती सब पैसाले पुरएिका सामाजिक चेतना र मानवीय संवेदनाहीन मासुका गन्हाउने फाल्साहरू हुन्, जसका कारण यो समाज र संसार आज दुःखी भएको छ । के तपाईंलाई थाहा छ - यो धर्तीको कुल सम्पत्तिको ४० प्रतिशत विश्वका सिर्फएक प्रतिशत धनाढ्यहरूको नियन्त्रणमा छ र विश्वको सबभन्दा गरबि आधा जनसङ्ख्याको हातमा संसारको सिर्फएक प्रतिशत सम्पत्ति मात्र छ † के कुनै पनि आधारमा यसको औचित्य दर्शाउन सकिन्छ - धनी हुनु निश्चय पनि सानको कुरा हो तर सामाजिक चेतनाशून्य धन वरदान होइन, समाजका लागि श्राप हो । तपाईंजस्ता धनी मान्छे यो संसारमा कति जन्मिए, कति छन् र कति मरे † तिनको जन्म, जीवन र मरणको के कुनै अर्थ छ - यो संसार झन्झन् असुरक्षित भएर गइरहेको छ, धनी र गरबिबीचको खाल्डो बढ्दो छ, खाद्यान्न अभावका कारण मान्छे मर्दैछन्, शिक्षा, स्वास्थ्य सेवा र गरबिीबाट मान्छे पिल्सिएका छन् अनि तपाईंजस्ता व्यापारीहरू व्यापारको विस्तारबाट आर्जित नाम, दाम र सानको सहारा लिएर राजनीतिज्ञहरूलाई गाली गर्छन्, देश विकासका मार्गचित्रबारे भाषण छा“ट्छन् र दुःखैदुःखको सागरमा सुखको महल खडा गरेर मस्ती गर्छन् । म भन्छु, राजनीतिज्ञहरूले नगरे पनि आर्थिक स्रोतसाधन सम्पन्न तपाईंहरूजस्ता धनाढ्यहरूलाई रचनात्मक काम गर्न कसले रोकेको छ - तपाईंलाई डेढ करोडको लागतमा पशुपतिमा वृद्धाश्रम बनाउ“दा के कसैले रोक्यो - राख्नोस्, जति पैसा राख्नर्ुपर्छ, राख्नोस् । तपाईंका छोरानातिलाई हावर्ड एल, क्याम्ब्रिज, अक्सफोर्ड पढाउन, तिनको र आफ्नो आलिसान जिन्दगी सुनिश्चित गर्न तपाईंका नातागोता सबलाई आरामको जीवन जिउन सघाउन जति खर्च लाग्छ, त्यो सबै राख्नोस् । त्यसभन्दा बढी पैसा राख्नुको के अर्थ - म त भन्छु, बा“की सब धन नेपालका ती गरबि, अशिक्षित र असहायहरूका लागि खर्च गरििदनोस् । तपाईंलगायत अरूहरू, जसले केही गरेका छन्, तिनीहरूप्रति म सधै“ नतमस्तक हुनेछु । तर, नोट चपाएर बा“चिरहेका र हा“सिरहेका चेतनाशून्य धनाढ्यहरू सबलाई, धनले कति ठूलो सामाजिक रूपान्तरण ल्याइदिनसक्छ भन्ने उदाहरण बनेर तपाईं देखाइदिनोस् । सबले सिकून् तपाईंबाट । तपाईंस“ग मन छ, धन छ र देशका लागि गर्नुपर्छ भन्ने आदर्श पनि । त्यसैकारण तपाईंप्रति भएको सम्मानभावले मात्र मैले यो पत्र तपाईंलाई लेखेको हु“, तपाईंलाई प्रतिनिधि पात्र बनाएको हु“ । सबै धनीहरूले गरबिहरूका लागि गरििदए भने अधिकांश स्िथतिमा राजनीतिज्ञहरू र सरकारलाई गाली गर्नैपर्दैन भन्ने मेरो मान्यता हो । विचार गर्नूस् त, मैले भनेजति सबै पैसा छुट्याएर पनि, तपाईंले चाहनुभयो भने तपाईंले तर्राई र पहाडका कतिवटा दर्ुगम जिल्लाहरूमा रातो बङ्गला र बूढानीलकण्ठ स्तरका तर मुनाफारहित 'महतो माध्यमिक विद्यालय'हरू स्थापना गरििदन सक्नुहुन्छ - तपाईंले तपाईंको व्यापार रुस, साइप्रस र नेपालबाट ब्रिटेन र अमेरकिासम्म फैलाउनुमा जिन्दगीको र्सार्थकता बढी होला कि तपाईंले आर्जन गरसिक्नुभएको धनबाट नेपाली गाउ“हरूको रूप नै परविर्तन गरििदने अभियानमा होमिनुमा जिन्दगीको बढी अर्थ होला - एकपल्ट तपाईंजस्ता धनी व्यापारीहरू सबैले 'रुम टू रडि'का संस्थापक जोन उडको 'लिभिङ् माइक्रोसफ्ट टू चेन्ज द वर्ल्ड' -नेपाली संस्करण ः माइक्रोसफ्टदेखि बाहुनडा“डासम्म) तथा भूतपर्ूव अमेरकिी राष्ट्रपति विल क्लिन्टनको गिभिङ् ः हाउ इच अफ अस ब्यान चेन्ज द वर्ल्ड पुस्तकहरू पढ्नु आत्मज्ञान, आत्मसमीक्षा र स्वप्रेरणाका लागि अत्यन्त सहायकसिद्ध हुनेछ । तपाईंलाई थाहै होला, धनाढ्य अमेरकिी व्यापारीहरू बिल गेट्स र वारेन बुफेटले आफ्नो सम्पर्ूण्ा भनेजसो अथाह सम्पत्ति कल्याणकारी कामका लागि दान दिने निर्ण्र्ाागरेको । केही समयअघि बेलायतकी एक जना अति धनाढ्य महिला व्यापारीले आफ्नो सन्तानलाई राम्रो शिक्षा त दिइन् तर पैसाचाहि“ उनीहरूले अब आफै“ कमाउनर्ुपर्छ भनेर आफ्नो सम्पत्तिको चुनदाम तिनलाई नदिएर सबै सबै कल्याणकारी कामका लागि दान गरििदइन् । विभिन्न समाज र राष्ट्रहरूमा व्याप्त गरबिीले गर्दा धनीहरूले कल्याणको क्षेत्रमा सक्दो बढी योगदान गर्ने प्रवृत्ति विकसित राष्ट्रहरूमा विस्तार हु“दै गइरहेको छ । नेपालमा त्यस्तो प्रवृत्तिको उल्लेख्य थालनी भइसकेको छैन । तपाईंबाट त्यसको थालनी होस् भन्ने मेरो चाहना हो । तपाईंजस्ता बुद्धि, स्रोत र साधनले सम्पन्न मान्छेले जिन्दगी नाम, दाम र सानका लागि मात्र जिउनुभयो भने त्यसभन्दा अर्थहीन जीवन अर्को हुने छैन । आखिर मरेर जाने जिन्दगी न हो † तपाईंबाटै मैले भन्न सिकेको हु“, कात्रोको खल्ती हु“दैन । त्यो आदर्शलाई प्रमाणित गर्ने महायज्ञमा जुट्नुभए, सिङ्गो नेपालले तपाईंको जयजयकार गर्ने थियो । अनि, द्वन्द्वको चपेटाबाट भर्खर तङ्ग्रिरहेको गरबि राष्ट्रमा जन्मिएका एक जना महान् समाजसेवी र समाज सुधारकप्रति सारा विश्व नै नतमस्तक हुने थियो । कर्ण्ाालीको छालझै“ उर्लिएर आएका विचारहरू पोख्दापोख्दै यो पत्र सामान्य स्तम्भको लम्बाइभन्दा झन्डै दोब्बर नै लामो हुन गयो, त्यसका लागि क्षमाप्रार्थी छु । तर, तपाईंलाई धेरैधेरै शुभकामना दिन चाहन्छु † तपाईंको जवाफको प्रतीक्षामा, छद्मभेषी मनुज चौधरी |