दौतरी
Replies to this thread:

More by दौतरी
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १८१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 338]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-laugh.gif
[VIEWED 143470 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 03-14-10 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ चौतारी १८१ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८१ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||







भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि
कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले
सबै दोहो गरोस्! नारायण! हरी हरी!







आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssचौतारी रिमि्स-पूरानो मान्छे नया स्टाइलsssss




यो
चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी र हामी सबै सुस्ताउने चौतारी.... कठै त्यो मेरो गाउँ!! मेरो प्यारो चौतारी!!!








लेक, मधेस, गाउं, शहर, मुगलान काहां काहां पूगें 
आफ्नै गाउं,आफ्नै ठाउं,आफ्नै चौतारी सम्झी आएं




सधैंका
झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे
माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai -
ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe -
रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal -
सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे,
Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका,
Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी,
perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम
एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet


  IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 181 edition





 
Posted on 03-15-10 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल ब्युँतिएछ साझा। प्राविधिक समस्या भयो रे। खोइ कता गए सबै जना?   
 
Posted on 03-15-10 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त येतै छु है .....

अरु औतारी हरु चाँही कता लागे कुन्नी ....


 
Posted on 03-15-10 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे को काम आइवरी सकेको हो -


फेरी पुरे चुप लाग्न लाग्यो


पुरे के लेख्या राइछ त्यो चिट्ठी मा पढेर सुनाउ न यार
 
Posted on 03-15-10 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे, सन्देश पाएको हो? पहिले जस्तो बिजुली हुलाक पठाउन नमिल्ने भएछ, नीजी र सार्वजनिक भित्तामा मात्रै लेख्न मिल्ने भएको रहेछ।


साझा ब्युँतियो औतारी हो, गफ अरम गफ अरम्।   


 
Posted on 03-15-10 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघी पोस्ट हानेको चौतारी नै गयाप भाको बेला पर्‍यो। नेपथ्य मै हरायो।



बुढा बिर्खे संग रामे को मात्र फुन लाग्नु को रहस्य के हो ?? कहीं बुढाको जवानीको "राज" त होइन । त्यही राज मार्फत कालो मेल त होइन ?


 
Posted on 03-15-10 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले त हैन तिम्रा भाकाहरुले मेरो मुटु छोइ सकेछन ..

फत्तेमान काका याद आयो .....


 
Posted on 03-15-10 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, सार्है गहन कुरा गर्नुभयो। अनुसन्धानको लागि आयोगै गठन गर्नुपर्ने हो कि? प्रतिवेदन भने सार्वजनिक गर्नुहोला है।
रामे, गीत त बच्चु कैलाशको पर्‍यो त्यो तर गाएको भने कस्को सम्झनामा हो कुन्नी? हेटौंडा वा अन्यत्र कता?     
 
Posted on 03-15-10 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फत्तेमान काका को गाना होइन रामे यो त बच्चु कैलाश काकाबाजे को हो ।

 
Posted on 03-15-10 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले सर सँग नि गहन कुरा गर्नु छ, आखिर एक धार्निको पोको को सवाल छ। कती बेला फुन हान्दा उठ्ने हुन्छ, हस्तिनापुर तिर ?
 
Posted on 03-15-10 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती बस्छौ माइतिकै कौसिमा
हो माइतिकै कौसिमा
लाग्छ आँखा पाकेको लौशिमा मा
मैले के गरौ तिमी आउँछौकि अर्कै बिहे गरौ ।
तिमी आउँछौकि अर्कै बिहे गरौ ।

तिम्रो पनि सिउँदो बाँझै छ
हो सिउँदो बाँझै छ
घरमा बाउलाई बुहारी खाँचै छ
मैले के गरौ तिमी आउँछौकि अर्कै बिहे गरौ ।
तिमी आउँछौकि अर्कै बिहे गरौ ।

सेतो घोडा क्या मिल्यो जोडा
हो क्या मिल्यो जोडा
सुहाउँदो जोडी उम्केला नछोड
मैले के गरौँ 
हो हो क्या मिल्यो जोडा
हो क्या मिल्यो जोडा
सुहाउँदो जोडी उम्केला नछोड
मैले के गरौ तिमी आउँछौकि अर्कै बिहे गरौ ।
तिमी आउँछौकि अर्कै बिहे गरौ ।

उमेरमै घर बार नजोडे
हो घर बार नजोडे
भाग्य फुट्ला म झिल्के लाई छोडे
मैले के गरौ तिमी आउँछौकि अर्कै बिहे गरौ ।
तिमी आउँछौकि अर्कै बिहे गरौ ।

तिम्रो घर आउन त मन लाग्छ
हो आउन त मन लाग्छ
आउँथे तर कुकुरको डर लाग्छ
मैले के गरौ तिमी आउँछौकि अर्कै बिहे गरौ ।
तिमी आउँछौकि अर्कै बिहे गरौ ।

कालो चोलो कुम-कुम मा टालेको
हो कुम-कुम मा टालेको
टोक्ने कुकुर के कामले पालेको
मैले के गरौ
हो हो कुम-कुम मा टालेको
हो कुम-कुम मा टालेको
टोक्ने कुकुर के कामले पालेको
मैले के गरौ तिमी आउँछौकि अर्कै बिहे गरौ ।
तिमी आउँछौकि अर्कै बिहे गरौ ।
तिमी आउँछौकि अर्कै बिहे गरौ ।
तिमी आउँछौकि अर्कै बिहे गरौ ।


 
Posted on 03-15-10 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, अब त्यो प्रश्न त तपाईंलाई मैले गर्नु पर्ने। हिंजो कुन बेला मैले फोन गरेको भए उठ्ने थियो? हस्तिनापुरका अर्का औतारीका हकमा भने उपरोक्त प्रश्न रामेलाई सोध्न उचित होला।
रामे, तिमीलाई त कुकुरको पनि डर लाग्दो रहेछ, उनले पनि आउने छाँट्काट देखाइनन्, अर्कै बिहे गर्दा ठीक होला hai.
  
 
Posted on 03-15-10 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि सन्का नलागेको त कहाँ हो र ठुल्दाइ & चिप्ले कम्पनी ....... तर त्यो गीत भएको ठाम मा फत्तेमान लेखिरहेको रहेछ ......

म मुद्दा हालिदिन्छु .......


चिप्ले सर, हेटौँडा बिर्सेंको त बर्शौ भई सक्यो ...... अब सम्झन पनि मन छैन ....

जिन्दगी यस्तै त रहेछनी

खोलाको पानी जस्तो ... किनरालाई छोइ भाग्ने लहरको पानी जस्तो  ....
 
Posted on 03-15-10 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ब्रो, हाम्रो त जहिले नि उठ्छ फुन। ब्यान ८ बजे देखी मध्यरातको १२ पूर्बित समयमा। हिजो को न उठाइ कहिले काही भूलचूक लिने दिने मा पर्‍यो। स्नान गृह भित्र टेलिफोन वर्जित भाको र स्नान कार्य समाप्ती पछी बजार तिर लागेकोले पर्याप्त समयसीमा सहित वार्तागर्ने हेतुले पुन: रात्रीकालिन घन्टी बजाएको ब्यबहोरा जानकारी गराइन्छ।

 
Posted on 03-15-10 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 







खोलाको पानी जस्तो ... किनरालाई छोइ भाग्ने लहरको पानी जस्तो  ....
 
यो चाँही दामी गाना। राम मान त्रिषितको शब्द रचना र शिवशंकर मानन्धरको संगित ।

 
Posted on 03-15-10 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चिप्ले ब्रोको थुतुनो किताबमा भएको फोटो हेरेर फोटो खिच्दाको स्थिती बुझ्न खोज्दै छु .....

तर केही लागेन ....... ठुल्दाइ, तपाईंमा त शब्दको भन्डार छ ...... एसो बयान गर्न पर्‍यो ..
 
Posted on 03-15-10 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नाम नबिगार त - मेरो नाम लहरे हो लहर होइन 


 
Posted on 03-15-10 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले सर ...... पाये पाये .........
म त्यही ह्यान्ड्सम केटो हो .....

अब हस्तिनापुर तिर मेरो मात्र फोन उठ्नुमा के राज छ त मलाई के थाहा ....... उठाउनेलाई सोद्धा राम्रो होला ...
 
Posted on 03-15-10 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज साझा झ्याप झ्याप छ, घोडे जात्राको उपलक्षमा सान दाई पनि सान दाई को साझा पनि फिट्टु जस्तो छ ।

 
Posted on 03-15-10 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज बिहान आउन पाइएन तेस्करण होल्सेल मा बिहान् र सान्ज को एकै साथ सबै औतारी हरुलाई यो TMS को प्रणाम्
++++++++++++++

रिपोर्टरस क्लब ले नेपाल का सबै ठुला पार्टी का नेता लाई संबिधान बनाउने र सरकार कस्ले चलाऊने बारे आन्तर्कृया को लागि बोलएछ, माधव  नेपाल, झल नाथ, ओली, बामदेव, प्रचन्ड, शेर्बहादुर सबै आका  रहेछन, पहिलो  भाषाण  गर्ने पालो प्रचन्ड को रहेछ। प्रचन्ड मन्च मा गएर भाषाण गर्न सुरु गरेछन

प्रचन्ड:साथी हरू लाल सलाम, आज  साथी हरु लाई एउटा कुरा भन्न पाउदा मलाई ज्यादै गौरब लागि रछ, त्यो के भने, हामी माओवादी कम्रेड नेपाल को सरकार लाई पूर्ण समर्थ गर्दछौ। आरु पार्टी ले छोडे पनि, हामी सरकार मा नै नगइ कम्रेड  नेपाल को सरकार लाई पूर्ण समर्थ गर्दछौ। लडाकु समायोजन् मा पनि कम्रेड नेपाल को सरकार ले ल्याको प्रस्ताब् लाई पूर्ण रूप मा समर्थन गर्दछौ। तेती मात्र होइन साथी हरु संबिधान बनाउन पनि हाम्रो पार्टी एमाले को प्रस्ताब् लाई पूर्ण रूप मा समर्थन गर्दछ.

प्रचन्ड को एस्तो  भाषाण सुनेर सबै  जना जिल्ल परेछन, माकुने लाई त विश्वाश गर्नै गाह्रो भएछ

माकुने:ओली पत्टि फर्किदै: यो के भएको कम्रेड?

ओली: आज बिहान प्रचन्ड कम्रेड बामदेव कुरा मिलौन प्रचन्ड निवास जानु भको रेछ, त्यह कम्रेड बाम्देव ले एउटा प्रस्ताब् राख्नु भएछ

माकुने: के प्रस्ताब्?

ओली:बामदेव  कम्रेड ले प्रचन्ड लाई हामी सरकार बाट राजिनामा गर्छौ र तपाईंलाई सरकार बाहिरै रहेर पूर्ण समर्थ गर्छौ, संबिधान बनाउन पनि तपाईंको पार्टी को लाइन लाई पूर्ण समर्थ गर्छौ तपाईं एक्लौती सरकार चलाएर आफ्नो इक्च्या अनुसार को संबिधान बनाउनुस्  तर तेस्को लागि तपाईंले हाम्रो एउटा सर्त मान्नु पर्छ  भनेछन, के सर्त भनेर प्रचन्ड ले सोध्हा   काम्रेड बामदेव  ले भन्नु भएछ TMS लाई माओवादी को central committee मा रखिदिनुस् , हामी लाई तेती भये पुग्छ।

माकुने: आनि?

ओली: यो प्रस्ताब् सुनेर प्रचन्ड ले भन्नु भएछ,TMS लाई हाम्रो central कमिटी मा राखन पर्ने भए, सरकार पनि एमाले ले चलवोस, संबिधान पनि एमाले नै बनावोस, तेसैको नतिजा हो यो अहिलीए को प्रचन्ड को भाषाण।

Last edited: 15-Mar-10 07:26 PM

 
Posted on 03-15-10 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
whats wrong living with your parents ?
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters