hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६५~~

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 192978 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 07-30-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६५ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग
- कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
- भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता



ठुल्दाइको कविता/सविता/रमिता

यो माया पाप हो भने,
*******************

यो माया पाप हो भने,
तिमी अग्नि भएर उठ
म त्यही तापमा जलिदिन्छु।
यो माया श्राप हो भने
तिमी बानी भएर जाग
म चुपचाप सहिदिन्छु।
यदि यो माया पाप होइन भने
यो माया श्राप होइन भने
कुनै करकाप होइन भने
आउ निस्पाप अंगालो लिएर,
चोखो म्वाइ मा बांधिएर
जन्म जन्मान्तर् सम्म
एक अर्कामै सम्माहित् भएर
तिमी खाली सिउंदो फर्काएर
म मायाको छाप भर्दिने छु
मायाको अमर मिलाप लेखिदिने छु।




 
Posted on 07-30-07 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर्, म नेपालि अली अली बोल्छु हो। तपाई एङेरिश् गर्छु दनि बाट्
 
Posted on 07-30-07 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गजब को बनाएछौ ह्यारी पोट्टर!
यही बर्ष जिनी भेट्टाएस हरमाइनी सरमाइनी हरु तिर आँखा धेर नलाएस
सन्तान् ले डाडा काडा ढाकेस् चित्रे-जि ले कान् पोलेर खान नपाएस् :D
 
Posted on 07-30-07 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु नयाँ चौतारियाँ मेरो नि हाजिर अरे है ताााााा

हरियालै फरिया लाउने मिलोस, फरिया लाउनेले भरिया चै नबनाएस,

शानबा'दुर ले के के अर्या हुन के के, चौतारि कहिले बाङिनि, कहिले आधि अक्षेर मात्तै आउनि, कहिले छिन छिनाँ मुसाको देउरे टाउकाँ ठोकेर इनकोडिङ नमिलाम्जेल किरिमिरि मातै आउनि, के अर्या हुन खै बुझ्न सकिएन ।

दिक्क बना'छन इनले, पचासौटा हेर्न मिल्ने बनाम्न परो भनेको झन, २०सौटा नि नदेखाम्नि अरे हो, हेपे कै हौ कि के हो ?

निशे, जग्गे, नेप्चे जस्ता गुण्डो केटाहरु कता लाए? तिनेरु नभ'र हेप्या' होला, बिर्खे जिम्माल, ठुल्दाइ जस्ता पाका मान्छेलै के दुख दिनि, सलाम अर्नि निधार गर्धन सम्मन लम्बे नि फलाम उचालेर ज्यान बना' पुण्टे दा फुर्सतै नहुनि, मदनवालै लरकि कै टेन्सन, हरिया कि मस्त कि ब्यस्त, चिप्ले गीताँ मस्त, चित्रे जासुस अर्दै हिन्याछन, भउते नुन खा'र सोझो पल्टे के रे, खै त चौतारिआँ शानबा'दुरआ टुप्पि रिङाउन सक्नि कोइ निक्लेनन जस्स लायो ।


 
Posted on 07-30-07 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चति चरा चजि चच चना चना चजि चला चइ चन चम चस् चका चर

चnaचtyaचvaचruचval
 
Posted on 07-30-07 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद हरि! जय होस् तिम्रो!
 
Posted on 07-30-07 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री चौतारी महाराज भगुतेन्द्र विक्रम की, जय!
श्री चौतारी महाराज भगुतेन्द्र विक्रम की, जय!!
श्री चौतारी महाराज भगुतेन्द्र विक्रम की, जय!!!

श्री चौतारी महाराज भगुतेन्द्र विक्रमका हजूरमा,

सरकारले सुध्रने प्रण गरिबक्सेर उट्पट्याङ् जीवन शैलीबाट सन्यास पहिरिबक्सेको केही हप्ता लागेको, अनि उक्त समयावधिमा सरकारमा केहि उकुस मुकुस पन उत्पन्न भएको होला भन्ने विचारका साथ, हाम्रा काजी हरि बहादुरले ढालेका बँदेलको शिकार समेत, अर्का काजी राहुलभाईकी श्रीमती कजीनी नेउचीले घरैमा पारेकी तीनपानीका साथ मौसूफ समक्ष हाजिर भएको छु, जो हुकूम!

यो बँदेल जंगली नै हुँदो त हो नै, तर काजी हरि बहादुरले बढो मेहेनतका साथ यसलाई मौसूफ समक्ष ल्याई पु-याउने कष्ट गरेका टिप्पणी पनि मौसूफका हजूरमा पेश गर्न गई रहेछु, सरकार जो निगाह!

सरकार, काजी हरि बहादुरको बन्दुकको नाल बाट निस्केका तीन-तीन वटा गोलीले समेत मरन्यास नपरेका यि भयावह बँदेललाई काजी हरिबहादुरले कुस्ति खेली, सिरुपातेको धारले रेटेर यसको प्राणको अन्त्यस्ति गरेका थिए। कुस्तिको समयमा, राजा बिर्खेन्द्र विक्रमले पनि मौसूफका बन्दुकले यि बँदेललाई ताकिबक्सेका होईबक्सिन्थ्यो, तर काजी हरि र बँदेल उस्तै उस्तै देखिएकाले राजा बिर्खेन्द्रले बन्दुकबाट गोली फुस्काउन गाह्रो महसूस गरिबक्सिएका होईबक्सिन्थ्यो।

सरकार, सन्यास पहिरिबक्सेको अवसरमा शिकार ज्यूनार होईबक्सने अवस्था नरहेको खण्डमा, यो तुच्छ पुन्टे माफी बिन्ति टक्र्याउँदछ, जो हुकूम! भँदेलको शिकार साँधेर मौसूफका लागि भोजन योग्य तुल्याउने काम चाँहि हाम्रा श्रेष्ठ काजी चना बहादुरकी श्रीमति कजीनी दुर्गेश्वरीले गरेका हुन्।


सरकार, हाम्रो राज्यमा आईलागेको अर्को एउटा अप्रिय घटना मौसूफका हजूरमा पेश गर्न चाहन्छु, जो हुकूम!

राजा बिर्खेन्द्र विक्रमका दाम्पत्य जीवन अहिले सम्म शुरु गर्न नसकिएको अवस्थामा, चौतारी राज्यका सम्पूर्ण राज सदस्यहरुमा विच्ल्ली छाएको तथ्य मौसूफलाई ज्ञान भइकै हो। पल्लो राज्यकी राजकुमारी जिम्माल्नी राज्य लक्ष्मीसंग राजा बिर्खेन्द्रको कुरा हाम्रै राज पण्डित श्री गौतम नाथले गरेका थिए। विधिको रचना, सरकार, ति राजकुमारीको नाममा कलंक जिम्मालनी राज्य लक्ष्मी हाम्रा राजाका डोलीमा सवारी हुनको साटो अर्कै पाखण्डीको झोलीमा सवारी होईबक्सेछ। हामी राजाका पो डोली, ति पाखण्डीहरुका त झोली!

सरकार, हुन त राज संस्कृति कै प्रतिक मानिने हाम्रा बेलायतका राज परिवारकी सदस्य यवराज्ञी डाईना पनि पछि झोली मै सवारी होईबक्सेको थियो, तर प्रतिक नै भए पनि उनीहरु गाईको मासु सेवन गर्ने गोरा जातीका राज परिवार परे। हामी शुद्ध हिन्दु राज संस्कारमा झोलीको प्रथालाई कदापि शुरु हुन दिन हुन्न भन्ने प्रतिबद्धताका साथ हाम्री अधिराजकुमारी द्वय टायरा, उर्फ "तितौरी", राज्य लक्ष्मी र पिरती राज्य लक्ष्मीका अडानमा राजा बिर्खेन्द्रका शुभ विवाह अहिलेको लागि पुन: स्थगित रहेको तथ्य मौसूफका हजूरमा चढाउँदछु, सरकार जो हुकूम!

सरकार, चौतारी राज्यका थप समाचारहरुमा:

अधिराजकुमार चित्रेन्द्र विक्रम तराई भेकका रेकदेखमा थप सहयोग पुराईबक्सन राजा कुमलेन्द्र विक्रम नज्दिक बसाईं सराईं गरिबक्सेको छ।

ईतिहासमा चीन संग सम्बन्ध बढाउना लागि दुरदर्शिता देखाई अरनिको र भृकुटीको वैवाहिक सम्बन्ध गराईएको तथ्य मौसूपलाई ज्ञावतै छ। सोही परम्परा अनुसार, जापान अधिराज्यसंग पनि चौतारी राज्यको सम्बन्ध दह्रो बनाउनका निमित्त हाम्री अर्की अधिराजकुमारी अपताउन, उर्फ "ठुली", राज्य लक्ष्मीको शुभ विवाहको कुरा जापान अधिराज्यका युवराजसंग अघि बढाउन सो अधिराज्यमा हाल बसोबास गरि बक्सेका शाहाज्यादा गालवेन्द्र विक्रमले जिम्मेवारी ग्रहण गरिबक्सेको छ।

शाहाज्यादा दिपुन्द्र विक्रमका साहित्यिक रचनाहरुले हाम्रा प्यारा जनता मघ्न हुने क्रम जारी छ। दरबारको असल रेखदेखका लागि थप पहरेहरु पनि कमिशन गरेका छौं, रिट्ठे तथा अन्तरे। कुमार चिप्लेन्द्र विक्रमका अंग रक्षकका पदमा कपितान आईतेलाई बढुवा गरि मेजर बनाइएको जानकारी महारथी दान बहादुर, "दादा", मार्फत दरबारमा जानकारी आएको छ।

मौसूफ, हजुरको पुरानो जिवन शैली र भेषमा पुन: सवारी होस् भन्ने आशामा अहिलेलाई यो बँदेल र तीनपानी ज्यूनार गरि बक्सेला।

जो हुकूम, जो निगाह!

हजुरका पाउका भक्त सेवक,
पुन्टे।
 
Posted on 07-30-07 7:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चगौचतचमचदाचइ चनचमचस्काचर
 
Posted on 07-30-07 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-30-07 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL Puntedaa ROTFL ROTFL ROTFL jeeezzzzzz katti hasauna sakne uffff thakai lagyo ..mukha chyaatiyera kaan samma pugyo
 
Posted on 07-30-07 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! हाम्रा चौतारी राज्यका प्रधानमन्त्री श्री पुनतेन्द्र जंगको लेख पढेर भुइंमा लोटपोट गरी हाँस्न पाईबक्सेकोमा पुरस्कार स्वरूप तराइ भेगबाट गैंडा शिकार गरी गैंडाको छाला र खाग नयाँ ओक्रे नगरपालिकामा ढुंवानी गर्ने बन्दोबस्त गरिबक्सेका छौं।

--- श्री चित्रेन्द्र विक्रम
 
Posted on 07-30-07 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! हि हि हि!! हे राम! के देख्नुप-यो यस्तो! के काल जमाना आयो यस्तो! हा हा ह! मरें हाँसेर! ए राता मकै!!
धेरै भ’ अड्डाँ गुम्सेर बसेको, आज चौतारी ग’र फिरे----श हुनुपरो भनेर उकालो लागियो के रे है। चौतारीमा पुगेको के थें, “नमस्ते गौतमजी, आराम छ हजुरलाई ?” भनेर बोल्यो कल्ले पछाडि’ट। हैन के उल्का-भामरी भयो हाम्रो गाममा र यस्ता बोल्ने मुन्छे पनि देखिन थालेछन् भनेर तीन छकको के कुरा गर्छौ पातकी हो, तीस छक परें म त गाँठे! फेरि मनमनै चैं ‘यो गोताएँका ‘नि दिन आ’चन्, इज्जत पाउन थालेछ यल्ले पनि!’ भनेर दंग है!
“होइन हउरले मलाई चिन्नुभएन भन्या? म भगुतराम।“ त्यो मान्छे मेरै सामुन्ने आयो। मेरा आँखा तिर्मिराए गाँठे! दुईबाजी आफैंलाई नचिमोटी विश्वाश लागेन।
“हैन किन छँटाका यसरी तिमी? के भ?! बहुलायौ कि क्या हो?!” भउते पातकी र’छ!
कमिज-सुरुवाल-आष्कोट ला’को, त्याँ माथि भादगाउँले कालो टोपी ‘नि छड्के पारेर ढल्कार ला’को। पटुका पनि कसेको र’छ, पटुकाँ किताप पनि घुसारेको र’छ।
“म त सप्रिएँ नि गौतमजी!” भन्छ के रे फेरि!
“हा हा हा !! किन नाटक गर्छौ तिमी?! बहुलाहा भन्लान् है सबेले होश गर!”
“हैन हेर्नुस् गौतमजी, जल्ले जे भने ‘नि म नसप्री छोड्दिन!”
“अनि त्यो किताप के नि?” सकिएन अब यो संग भनेर पटुकाँ बाँध्या कितापतिर देखा’र सोधें।
“यो----यो---यो---- राम्याण!”
“काम नपा’र राम्याण त्यति सानु हुन्छ?! खोई लेउ त के हो हेरुम्!” मैले पनि थुतें बज्जेको किताप! भुत्राको राम्याण हुन्थ्यो, बसपार्कतिर पाईनी किताप र’छ। त्यै मौकाँ यस्सो आष्कोटको खल्तीतिर पनि चियाएको है, एउटा बाहुन पोको पनि देखियो।
“गाम्लेलाई उल्लू बनाउन आँट्या छौ? बसपार्कका किताब पढ्नी, बाख्रा चराउन जाँदा बाहुन पोको तन्काउनी, अनि गाममा चाहिँ सप्रें भन्नी?---!
“नकरा गोताएँ-----!” भनेर भउते भाग्यो पाखातिर तेसपछि।

यो भउते सप्र्या चाहिँ हैन है। कुन केटीलाई पट्याउन सप्रेजस्तो ग-या मात्रै हो। कता आँखा ला'र म-या छ फेरि अचेल!

तर गाममा ठूलै रोगचैं आ’कै हो जस्तो छ। पुण्टे दाइलाई बोउसी चढेर जतिखेर ‘नि म जंगबहादुरको पुरेत हुँ भन्न थाल्या र’छन्! राम राम राम! गज्जबका मान्छे हुन् यिनी त, के गरी बौलाएछन् हँ? राँची लानी बेबस्ता गर्नु परो!
 
Posted on 07-30-07 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL पुन्टे-दाइ

सकिएन हा हा हा हा सकिएन उफ् !

हजुरले यस्तो लेखेको देखेपछि फेरि मुख चिलाएर हैरान हुन्छ मेरो त। अनि "म त सप्रेको हो नि साँच्चि" भनेर सम्झन्छु।

he he गौतम-दाइले नि बबाल दिने के फेरि।

........यो भउते सप्र्या चाहिँ हैन है। कुन केटीलाई पट्याउन सप्रेजस्तो ग-या मात्रै हो। कता आँखा ला'र म-या छ फेरि अचेल!.....

यो बिग्र्या जमानाँ सप्रेको मान्छेका पछि कुन लिखुरी लाग्दी हो र दाजु। बरु बिग्रेरै मेसो आउँदो हो।

चमाचनचवी चजी, चहचजुचरचको चभाचषा चबुझ्चने चत चम चमाचत्र चछु चजस्चतो चछ चत।

कालु, माम खायौ?

सबैलाई सन्ध्याकालिन नमस्ते !

:-)
-भउते
 
Posted on 07-30-07 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा !!
'गौतम-दाइले नि बबाल दिने के फेरि।' रे! हा हा हा!!!
अझ फेरि-
'यो बिग्र्या जमानाँ सप्रेको मान्छेका पछि कुन लिखुरी लाग्दी हो र दाजु।'

हा हा हा!!! धेरै स्वाङ नपार त भउते काजी! तिम्ले सप्रिन खोज्या देखेर मलाई साह्रै अउठेरो लागेर आयो!!

 
Posted on 07-30-07 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हि हि हा हा सबैलाई सन्ध्याकालिन नमस्ते ! श्री पूण्टे सरकार, हसाएरै मार्ने भए, क्यार्नी हो अब!

भउते गुरु, हाम्लाई चैं सुध्रें भनेर के ताल हो यस्तो? गोताएँ दाजुले ढाँट्नु त पक्का नि भएन होला क्यारे। दारु खाएर हल्ला गरे भनुम भने पनि तेतातिर दिउँसै छ रे। कुरो रउसीको रउसी, पानीको पानी गर्नु परो!
 
Posted on 07-30-07 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-30-07 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



यो चौतरिया पुनटेवरसिंह थापा लै यसपालाको जँउमस्सवाँ गोरक्षे दछिनबाहु पदक पक्का लु । राजकाज रामरी चलाउन त उसैले जान्या छ के रे

----------------

चमा चन चवि चके चछ चहा चल चख चब चर ।
 
Posted on 07-30-07 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिग्र्या भउतेको अबशेष::>> हैन, तिम्लाई पैताला देखि टुप्पी सम्मका रौँ ठाडो हुनि अरी सरापेर बोलेओ मात्रै मुन पर्छ कि के हो गोताएँ ? राउँरो बोल्यो कि नपचेर पखाला चल्छ जस्तो छ त।


सप्र्या भउते :: >> हा हा गौतम-दाइ, यस्तै हो सुरु सुरुमा पचाउन गाह्रो हुन्छ होला। पहिला यति छाडा भएर बोलियो कि साँच्चिकै लाइफमा पनि त्यस्तै छाडा त छैन भनेर डर नै लाग्न लाग्यो के। यस्तै बानी पर्न लाग्यो भने त जिन्दगी बिताउन नि गाह्रो हुन्छ होला हौ।

अँ बरु छोरी कत्री भइन साँच्चि ? यी उमेरका बालखाको प्रत्यक याक्टिभिटि आफैमा एउटा कविता जस्तो लाग्छ। त्यसलाई शब्दमा उतारेर यस्सो साझामा राख्ने गर्नुभए पढ्न साह्रै मज्जा आउँदो हो।


 
Posted on 07-30-07 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री चौतारी महाराज भगुतेन्द्र विक्रम की, जय!
श्री चौतारी महाराज भगुतेन्द्र विक्रम की, जय!!
श्री चौतारी महाराज भगुतेन्द्र विक्रम की, जय!!!

श्री चौतारी महाराज भगुतेन्द्र विक्रमका हजूरमा,

भ्राता सरकार!
हाम्रो मुलुकमा पटक पटक आइपर्ने संकट, प्रतिकुल परिस्थिती र षडयन्त्रहरुबाट सरकार परिचित होइबक्छन्छ नै।
सरकार मुलुकको हितको लागि सुध्रिबक्सने प्रण गरिबक्सेको कुरा सरकार द्वारा जबदेखि हुकुम भयो, त्यहि घडि देखि नै शत्रु र दुष्मन बनेका बिभिषणहरुले कुटिल षडयन्त्र चाल्दै आएको कुरा मौसुफका हजुरमा चढाउन चाहिबक्सेका छौँ। जो हुकूम!

सरकार! सरकारलाई बिधितै होला हाम्रा बडागुरु गोतामे, काजि हरिबहादुर, काजि राहुलभाइ, श्रेष्ठ काजि चना बहादुर, भारदार चिप्लबिक्रम, हामि स्वयँ र सरकार स्वयँको को समुपस्थितीमा पुन्टेबिक्रमलाई बडा भारदार नियुक्त गरिबक्सेका थियौँ। उक्त मिति देखि वर्तमानोपरान्त सम्म बडा भारदारबाट पटक पटक हाम्रो हाम्रि बडामहारानि खोज्ने प्रकृयामा बाधा अड्चन र षडयन्त्र बुन्ने कार्य भएको तथ्य मौसुफका पाउमा चढाउन चाहिबक्सेका छौँ। सरकार जो हुकूम!

राज्यको अखण्डता,सार्वभौमिकता, र हामि र हाम्रा पुर्खाले बर्षौँ देखि आर्जेका हाम्रो राजमुकुटमा नै संकट ल्याउने हाम्रा बडाभारदारको उक्त नृषंस कार्ज्य को नालिबेली हामिले सरकार समक्ष टक्र्याउन चाहिबक्सेका छौँ! सरकार! सरकारलाई बिदितै होला पल्लो राज्यकी शाहज्याजी जिम्माल्नि राज्य लक्ष्मी संगको हाम्रो संभावित शुभविवाह हाम्रा बडागुरुज्यु गोतामे समेतको सहमति, अनुकुलता र सहयोगमा तय भएको थियो। उक्त सम्बन्धको बारेमा हामि अत्यन्तै रोमान्चित् होइबक्सेको कुरा समपुर्ण मुलुकलाई जानकारि भएको र यसमा हाम्रा प्रजाको समर्थन रहेको कुरा मौसुफलाई बिदितै होला! उक्त शुभघडि आउन नदिन हाम्रा बडाभारदारबाट अनेकन कुटिल चाल चालिन गएको कारणले आजपोरान्त हामि कुमार नै रहिबक्सेको दुखद तथ्य सरकार समक्ष पेश गरिबक्सेका छौ! सरकार स्वयँ पनि कुमारै होइबक्सेकोले हामिलाई परेको पिडा सरकारले बुझिबक्सिन्छ भन्ने ठुलो आशा हामिले गरिबक्सेका छौँ!

सरकार! चन्द्र सुर्य रहे सम्म, त्रिशुलीमा पानी बगे सम्म, मेचि र महाकालि सुसाए सम्म हामि, हाम्रो मुलुक र हाम्रा प्रजा प्रति वफादार रहिबक्सने प्रण हामि आज पुन: दोहोर्याउन चाहिबक्सन्छौँ! हामि प्रति अत्यन्त प्रेम, सद्भाव र आदर राख्ने हाम्रा युबराज्ञिहरु, तितौरी राज्य लक्ष्मी, पिरती राज्य लक्ष्मी तथा ठुल्नानि राज्यलक्ष्मि हरु समेतलाई बिभिन्न प्रलोभन, लोभ र हाँसो देखाइ, मुख च्यातेर कान सम्म ल्याइदिएर हाम्रा बडाभारदारले हामि र सरकार स्वयँ बिरुद्ध कुटिल षडयन्त्र रचेको तथ्य हामि सरकार समक्ष टक्र्याउन चाहिबक्सन्छौँ!

सरकार! हाम्रा केहि औँलाले गन्न मिल्ने राजपरिवारका सदस्य र केहि मुठ्ठिभर भारदारहरु बाहेक हाम्रा काजि हरिबहादुर, काजि कुमलबहादुर लगायत सम्पुर्ण चौतारी राज्य हाम्रै पक्षमा रहेको व्यहोरा पनि मौसुफ समक्ष पेश गर्न चाहन्छु। सरकार! हाम्रो बित्दै गरेको जवानि र चौतारी राज्यको राजमुकुटलाई अनन्त सम्म कायम राख्न, हाम्रो शुभविवाह हाम्रो लागि मात्र हैन सम्पुर्ण राज्यको लागि अपरिहार्य रहेको तथ्य मौसुफमा राख्दै हामि हाम्रा बदाभारदारलाई राजद्रोहको मुद्दा लगाइबक्सन भ्राता सरकारलाई प्रार्थना गरिबक्सन्छौँ! सरकारको यस महान निश्कर्षले हामि र हाम्रा पुर्खाले आर्जेको चौतारी राज्यको राजमुकुट अनन्त सम्म रहिरहने बिश्वास पनि हामिले राखि बक्सेका छौँ!

सरकार जो हुकूम, जो निगाह

हजुरका भ्राता
बिर्खेन्द्र।
 
Posted on 07-30-07 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसी जिम्मालले झ्याईँ पार्नी सूर ल्या'का रचन्! तेहि भ' र त चौतारीलाई बोउसी लागेर यस्तरी कामजरो छुट्या र'च। कल्ले बुज्ला भनेर डरा'र यस्तो काईते भासाँ बोल्या होलान्!?
 
Posted on 07-30-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भगत बाबु, फुर्सदको समयजति छोरीका पछाडि कुद्दै बित्छ, लेख्ने समय के मिल्छ र? यो उमेरमा अति चञ्छले हुँदा र'छन् क्या, सम्हाल्नै गाह्रो! अब तिम्ले तेस्तो कुरो बुज्नी त कहिले हो कहिले खोई?! यो पाली पनि रित्तै फर्क्यौ रे नेपालटारा'ट! तिम्ले गरी खान्नौ जस्तो छ।
बरु तिमी सप्रेको खबर कान्तिपुर, गोरखापत्रमा राख्न पाए अर्को चोटि जाँदा तिम्रो काम बन्थ्यो कि, कि कसो भगत बाबु?

(हा हा हा!!!!!)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters