[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी -- ३३

[Please view other pages to see the rest of the postings. Total posts: 335]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 122689 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-23-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल

चौतारीमा घन्काइदिऊँ मादल


अघिल्लो चौतारीमा गाम्लेहरुले के कति कुरा गरे भन्ने तथ्याङ्क त चित्रे या यामे बाट शिघ्र आउने नै छ।


आँsssssच! भाषा तालीम पनि लिइहालौं

आँsssssच!

ओहो!


दरो गफ गैराको छन्त नि हौ!

कस्तो मजाको कुराहरु गरिरहेका रेछन


सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।

फेरि सबैले ठुल्बुईनिलाई नेपाली सिकाइराको रहेछन्


आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको??

आम्मै गुन्टे बाबु नि आएको?


अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि।

आजभोलिका केटाहरु धेरै नै बाठा।


यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।

गुन्टेलाई कुराहरु सिकाएर हामि जस्तै बनाउनु पर्छ

(सौजन्य: निसब्रो)



चारदिशालाई के भन्छ, त्यो पनि था' पाइराखौं

पूर्व ‍= East

पश्चिम = West

उत्तर = North

दक्षिण = South

(सौजन्य: चित्रे)



अन्त्यमा, थ्याँउस्गिभिङ् भन्ने अउसरमा एकआर्कालाई धन्यवाद पनि दिम् केरे!

अस्तु :॥

 
Posted on 11-26-06 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पुन्टेदाको एरियाको काउन्टिङ सुरु भे छ !
 
Posted on 11-26-06 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रात्तै! पल्ला गामाऽट बस, टडक, ट्रेक्टर, सबै रिजब गरेर बोला'छु है मुईले। आफूलाई हरा'र अर्कैलाई जिताउन हो के रे म त!
 
Posted on 11-26-06 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच दरो भोटिङ् गै रा रच नि त चौतारीमा

भोटिङ् रेसियो पनि दरै छ जस्तो छ । ग्रफ ता कुद्या कुदयै छ त ।

सारै थाकियो अब ता ।

खुईईईईईईईइ य

कोइ उकालो चड्या चड्यै छन् खोइ ओरालो झर्याछन्

खितिति...............खितिति........................ खितिति
 
Posted on 11-26-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन त्यो भोटिङ् मेसिन काल्ला पारि पो गयो त यता ल्याउन मिल्दैन तेसैलाइ

पुन्टे दा आफै लाइ भोटहाल्नि जस्ता छन् है

ग्राफ त तिम्रै बड्या छ
 
Posted on 11-26-06 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाओस् जाओस् रुमाइलो भईरा'छ !

पुन्टे दाइ, से रुप्प्या दिने भे म नि दुई चार हजार भोट तपाईंको प्रतिद्वन्दीलाइ हाल्दिन्छु क्यारे!
 
Posted on 11-26-06 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काल्ला पारि भोटिङ् मेसिन यहि ल्याइ देको छु मैले सजिलो को लागि।





 
Posted on 11-26-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाल सम्म को नतिजा

 
Posted on 11-26-06 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई षडयन्त्रको भोट हाल्ने को हो त्यो? मलाई पो फँसाउन लागे त बा, अघि त लास्ट भैराथें। क्या हो क्य हो!
 
Posted on 11-26-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु पाटनको काउन्टिङ चल्न थालेछ।
हाम्रो चित्रे सबै भन्दा अगाडि! :)
 
Posted on 11-26-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धरो धर्म कता भोट हाल्ने मेसो पाको भे मरिजाम, कतै गाइड, गेस पेपर पाइदैन ? न भे एक पन्नाको चिट भे ने चल्च । यता निस, समिदा भएन भनेर गुन्टे पनि तोती बोलिमा , अब कसरी सक्ने हो ?? कसैले चीट चोराए भोट हालम्ला के रे नत्र त मलाइ भोट हाल्नै आएन ।
पसुपती नाथले हामी सप्पैको रक्षे अरुन ।
 
Posted on 11-26-06 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

से रुपेले २-४ हजार भोट रे, ग्वाँचे? लु, हजारै रुपे दिम्ला के रे नि! म बाहेक जस्लाई हाल्देनि हुन्छ!
 
Posted on 11-26-06 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाल सम्म को नतिजा

 
Posted on 11-26-06 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हालुम............... हालुम .........भोट हालम

लु पाटनको काउन्टिङ चल्न थालेछ।
हाम्रो चित्रे सबै भन्दा अगाडि! :)
 
Posted on 11-26-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थाकियो बा थाकियो एकै छिन त आराम गर्न परो ।

ल है कसैलाइ भोटर चाहिया छ भने खबर गरम्
 
Posted on 11-26-06 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलैपनि भोत् खसल्न मन् च। म कस्लै भोत् खसलु? वोर्ल्द्_मप् लै भोत् हल्चु। :)
 
Posted on 11-26-06 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशपक्ष र धाँधलिरहित चुनाव सम्पन्ने गर्ने सिलसिलामा, जापान र त्यसको वरिपरिका गाम्लेहरु अहिले मस्त निद्रामा भएकोले, उनिहरुको अमूल्य मतलाई मध्यनजर राखि, यो निर्वाचन सत्र को समय ५ बजे बाट बढाएर ९ बजे सम्म राखिएको छ।
निर्वाचन अधिकृत - नेप्चे

:-)
 
Posted on 11-26-06 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए समिधा दिदी, तपाइ नि मलाई नि फँसाउने भन्या? क्या फसाद!
 
Posted on 11-26-06 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कति रुमाइलो चुनाओ हो भुन्या, जति भोट ठेले नि हुने, गजब मजा आउने रैछ! नेपालाँ हुँदा एक् चोटि मात्र भोट् हाल्ने मौका पाइया थ्यो, यस भुन्दा पैला चुनाव मा, त्यो पनि जाबो एक भोट! कल्लाइ हाल्ने कल्लाइ था थेन्, त्यति बेला काङ्रेस् नि हैन् कम्निस्ट् नि हैन्, रा प्र पा नि हैन्, एउटा हाम्रै टोलको स्वतन्त्र उम्मेद्बार् थ्यो, हेलि कोप् टर चिन्ह भेको, तेल्लाइ नै ठोक्देको, बज्याले जम्मा ९ भोट् ल्याएर मोरेछ, मैले नहाल्या भे ८ मत्रै हुनेरैछ। पछि त मोरो जाँड बढि खार लिटरल्लि मोरिहाल्यो। हुन् त तेल्ले नजित्या नि राम्रै भो, नत्र फेरि चुनाव गर्नु पर्ने।

लौ, एक् छिन् रेस्ट गरेको फेरि हात् चिलायो, भनुम् है भोटर् यता नि तयार् छ, जल्लाइ भ्भोट हालाउने भेनी बिन्दास् संपर्क गरुम ।
 
Posted on 11-26-06 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्बाचन् अधिकृत ज्यु,
९ बजे भुन्या आज् रातिको हो कि भोलि बिहान्को, खुलस्त गरि पाउँ।

निबेदक,
ग्वाँचे,
मतदाता
 
Posted on 11-26-06 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशपक्ष र धाँधलिरहित चुनाव सम्पन्ने गर्ने सिलसिलामा, जापान र त्यसको वरिपरिका गाम्लेहरु अहिले मस्त निद्रामा भएकोले, उनिहरुको अमूल्य मतलाई मध्यनजर राखि, यो निर्वाचन सत्र को समय ५ बजे बाट ४ घन्टा बढाएर आज रातीको ९ बजे सम्म राखिएको छ।
निर्वाचन अधिकृत - नेप्चे
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
Trumpism project 2025 everyone should read https://www.project2025.org/
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters