Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 घर

[Please view other pages to see the rest of the postings. Total posts: 137]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 71475 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 02-27-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घर

अफिसबाट सबै निस्किन थाले। प्रकास पनि उठ्यो।  मनमा के के गुन्दै कुर्सीमा अड्काएको ज्याकेट लगायो। "घर जान ला?" संगै काम गर्नेले औपचारिकता पुर्याउँदै सोध्यो। "अँ" भन्न त भन्यो प्रकासले तर आफैलाई सोध्यो फेरी "कस्को घर?"

बाउले उ त्रि-चन्द्रमा हल्लिदै गर्दा उस्लाई र दाईलाई छुट्टाईदिएका थिए। बस्न त सबै त्यति बेला एउटै घरमा बस्थे तर उस्को र उस्को दाईको छुट्टा छुट्टै घर थियो। दुईटै घरहरु भाडामा दिएको थियो। त्यसबाट आउने भाडा पनि दाजु भाईकै जिम्मा लगाईदिएका थिए बाउले।

"आखिरी ढिलो चाँडो यो दिन आईहाल्छ --" भन्दै बाउले त्यति छिट्टै किन अंशबण्डा  गर्देको होला भन्ने जिज्ञासुहरुको टिप्पणीलाई सम्बोधन गरेका थिए।

त्यो भागबण्डाले प्रकासलाई मात्रै हैन घर परिवारमा कसैलाइ केही असर परेको थिएन। अंशबण्डा कागजी रुपमा भएको थियो। त्यत्ति हो।

केही महिना पछि उस्को दाजु, किरण, राजशाही कलेज पुगेको थियो। प्रकास अझै त्रि-चन्द्रमै हल्लिदै थ्यो। प्रकासले जिन्दगीलाई सायद बेग्लै हिसाबले बुझेको थ्यो। उ महत्वाकांक्षी पटक्कै थिएन। उ एउटा आदर्श मान्छे बन्न चाहन्थ्यो -- कसैले औला उठाउन नसक्ने चरीत्रलाई उस्ले जिवन्त गर्न चाह्न्थ्यो। त्यत्ति हो। त्यो बाहेक जिन्दगीमा यस्तो गर्छु भन्ने सोचाई थिएन उस्को। भोलीको लक्ष्य भनेर पनि केही थिएन। भाडामा आएको पैसा ब्यान्ङ्कमा जम्मा हुन्थ्यो। त्यो पैसा चलाउने उस्लाई आबश्यकता पनि थिएन। बाउ-आमाले दिएको पैसा नै उस्लाई पर्याप्त थ्यो।

बिग्रीएका बाटाहरुमा उ जान चाहेको भए सबै बाटाहरुमा उस्ले स्वागत द्वार देखेको थियो तर उस्ले ति बाटाहरुमा आफुलाई कहिल्यै लगेन। उस्का साथिहरु पनि खासै कोही थिएनन।

बाउले आर्की आईमाईलाई बालाजुमा भब्य घर बनाएर राख्नु अघि देखि नै आमाको आँखामा लागेको बादल र बेला बेला पर्ने ती झरीहरुले उस्को मनमा गहिरो छाप छोडेका थिए। उस्ले आफै सँग बाचा गरेको थियो "म मेरी श्रीमतीलाई कहिल्यै दु:खी बनाउँदिन -- मेरा छोरा छोरीले उनीहरुको आमाको आँखामा उर्लिने बाढीहरु मैले जस्तो कहिल्यै देख्नु पर्ने छैन।"

प्रकासलाई बिदेस जाने रहर कहिल्यै भएन। उ घरमै बस्न चाहन्थ्यो। बाउ बाहिर भनेर बेला बेला बालाजु तिर हराउँथे। त्यस्ता बेलाहरुमा उस्ले आमालाई दु:खी हुन नदिन सधैं कोशिश गर्थ्यो।

किरण पढाइसकेर आयो। उस्को भब्य बिहे भयो। बालाजुकि आईमाई पनि आईन। बिहे पछि किरण चाबेलको घर सर्यो। प्रकास बाउ आमा संगै थ्यो। अचेल उ जागिरे थियो बिदेशी ब्याङ्कमा।

"प्रकास सोझो छ। सोझो पनि अत्ति नै। अचेलको जमानामा त्यस्तो मान्छ्या काम छैन। बाउले घर देकै छन, गाँठ टन्नै छ, तोर्पे लक्कि त लक्कि हो। पर्कासे ठीस त सन्किनलाएछ नी था पाईस? हामी दुईटैले यत्ति तरुनी देख्छम न दिनमा मन ठेगानमा न रातमा, त्यो ट्याबेको चार चार वटा आँखा छन अनि कुस्त गाँठ उस्तै झन कसरी मन थामेको होला--- " यस्तै यस्तै कुराहरु हुन्थे उस्को बारेमा।

उस्को आँखा सानै देखी कमजोर। चस्मा तिन कक्षा पढ्दै देखि लाउँथ्यो। चार-आँखे दर्जा पाएको पनि त्यै बेला देखि उ उस्ले। अचेल त झन पावर बढेर बिना चस्मा सबै धमिलो देख्थ्यो। एक दिन लन्चमा यसो बैंकका सहकर्मीहरु सँग दरबारमार्गमा लन्च खाएर फर्किदै थ्यो कताबाट हो एक्कासी आएको आक्रोसित जुलुसाँ परेर चस्मा खस्यो। खस्नु के थ्यो टुक्रा टुक्रा भैगो। धन्न सहकर्मीहरु साथै थिए। मौकाको कुरा त्यै बेला टोलको एउटा सोमले  हात हल्लाउँदै अभिबादन गरेछ पर्कासेलाई। उस्ले देख्या हैन। सोमले अनि प्रकासे बौलाउन लागेछ क्यारे भन्ने निष्कर्ष निकालेछ र उस्को निष्कर्ष अरु साथिभाईहरु सँग बाँडेछ। साथिभाईहरुले पनि त्यस्मा आ-आफ्नै बिश्लेषण थपेर समाचारलाई अलि मनोरन्जनात्मक बनाए। यसै क्रममा अब प्रकासे आज हो कि भोली मैलो च्यात्या लुगामा जमल हुँदी ढुङ्गा टिप्दै बर्बराउँदै ट्याम्पु र ट्याक्सी लखेटदै गर्या देखिने ठोकुबा गर्न थाल्या थे मान्छेहरु।

घरमा प्रकासको बिहे छिट्टै गर्दिने कुराले अचेल निक्कै गति लिएको थियो। किरण सात समुद्र पार जाने करिब करिब पक्का भएको थ्यो। प्रकासलाई घराँ "तेरो कोई छ भने भन" भनेको सुनेर उ छक्क पर्या थ्यो। को हुनु उस्को? उस्लाई मन परेकाहरु उस्लाई देखेर झस्किन्थे, उस्लाइ मन नपर्नेहरु भने उ देखेर मस्किन्थे।

आखिर प्रकासेकी फुपुकी जेठीसासुले भनेकै सँग बिहेको कुरा अगाडी बढ्यो। उनीहरुकै जस्तो राम्रो आर्थिक स्थिती भएको परिबार, केटी स्वदेस र बिदेसमा पढेकी तर असाध्यै घरेलु रे भन्थे -- सबै राम्रो रे भन्ने कुरा भो। नामै सुकिर्ती बानी पनि किर्ति नै राख्ली जस्तो छ भन्थिन फुपुकि  जेठी सासु।

प्रकासलाई "अब एक चोटी भेट केटीलाई" भन्दा अलि असजिलो मानेर "पर्दैन" भन्यो उस्ले। त्यै पनि भेटाउने भए फुपुको घरमा। सुकिर्ति भेटने अघिल्लो रात देखिनै उस्लाई उकुस मुकुस भयो।

सुकिर्तिको सुन्दरतामा प्रकास पहिलो हेराईमै पराजित भयो। कौसीमा उस्लाई र सुकिर्तीलाई छोडेर अरु तल ओर्लिए। प्रकासले धेरै बोलेन। सुकिर्तीले धेरै कुरा गरी। सबै राम्रा कुरा। प्रकासले जे जति भन्यो, सुकिर्तीले ति सबै कुराहरु, उस्का सबै आदर्सबाणीहरुको मुक्तकण्ठले प्रसंसा गरी। उस्ले सोचे जस्तै, कल्पना गरे जस्तै पाई रे उस्ले प्रकासलाई भनी। उ मन्त्रमुग्ध झैं भयो।

बिहे हुने भो।

 

 

अब एक हात बिसाम क्यारे ---


 
Posted on 03-08-08 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep jyu , tapai jahile pani yestai garnu hunchha. Story interesting hundai janchha tapi ko brake jhyamma lagchha. Katha end garera chhodiyema ke bigringthyo ra. Hami jasta tapai fan haru mathi anyaya bhayo hai.


 
Posted on 03-08-08 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप ज्यु स्वाट्ट कता भागनु भो। फर्कनुस् गुरु फर्कनुस्, हाम्लाई न्याय चाहियो।
 
Posted on 03-08-08 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i was waiting all parts to come and read all in one go.and then repeat that.. again repeat that...

मन थाम्न सकिन । आज पढे । spellbound, completely spellbound बनाउनु भयो ।

कथा यस्तो मोड मा छ, जस बाट निस्केर धेरै कुरा छिनोफानो हुन्छ, 'घर' को, हाम्रो समाज को , हाम्रो सोच को । यो 'घर' जसको पनि हुन सक्छ । हामी मध्धे कसैको । अनि पात्र !!! । real life ma सुकिर्ति पनि हुन सक्छिन, प्रकाश पनि हुन सक्छन्  त्यो मोटरसाईकल मा पराई संग जाने !!!!

ani deep bro, ke garya vanya.. लौ न , केहि समय जुगाड गर्न पर्यो । चिया खाएर हुन्छ कि जागिर बाट छुट्टि लिएर हुन्छ कि २ वटा assignment नबुझाएर बा २ घण्टा कम सुतेर  । लौ न घर अगाडि बढाउनु  पर्यो ।

 
Posted on 03-09-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिवरात्रीआँ बुटी अलि धेरै भ'च के रे दिपलाई! कि मगज, चईनि, खुस्क्यो?

"निरन्तरता" दिन नसके, अउँरेजीआँ खोकम्, अनि, चईनि, "कन्टिनुएशन" दिम्! नत्रऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ राम्रो हुने छैन!


 
Posted on 03-09-08 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो पनि हुन्छ कथामा? कथा शुरू गरेपछि त्यसको अन्त्य हुनै पर्छ, चाहे त्यो सुखान्त होस् वा दुखान्त । मलाई त्यो बिचैमा छोदेको पटक्कै मन परेन, चाहे रिसाओस् चाहे खुसाओस् । 
 
Posted on 03-10-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(मलाई ईमेलमा र यहीँ पनि कथा लेखेर अधुरो छोडन पाईदैन भन्दै सचेत गराउने सबै साथिहरु संग म सहमत छु। मेरो ब्यक्तिगर कारण जे सुकै भए पनि प्रस्तुती अधुरै छोडनु पढ्ने साथिहरुको अनादर गर्नु हो। त्यो म गर्न सक्दिन। त्यसैले कोशिस गर्दैछु अगाडी बढ्ने।)

 

प्रकास अघि देखि सुकिर्तीलाई सम्झेर आक्रोसित मात्रै हैन त्रसित र चिन्तित पनि थ्यो। आक्रोसित उ सुकिर्ती प्रति थ्यो, त्रसित आफैँ प्रति, अनि चिन्तित उ आक्रोसित नहुँदाकी सुकिर्ती प्रति।

 प्रकासले सुकिर्तीलाई फोन गर्न नचाहेको हैन। चाहेको थ्यो। तर उसैले पहिले सायद नचिनेको उस्को आफ्नै अहंकार रहेछ कतै उसै सँग जस्ले उस्लाई फोन गर्न दिएन। त्यो अहंकारले बरु सुकिर्ती तिर औला देखाईरह्यो जस्लाई उसैले बेईमानीको ओढ्ने ओढाईदिएको थ्यो। अहंकार र आक्रोसको आगोमा प्रकास जलेको थ्यो। आफु प्रतिको त्रास र सुकिर्ती प्रतिको चिन्ता त्यही आगोमा डढदै थिए।

सुकिर्ती संगै आफ्नो घर भित्र पस्दै स्वर्णीमले भान्छामा काम गर्ने दिदीलाई आबाज दियो। "उमा दिदी, ल हामी त यहीँ खाने भईम। भोजको कुरा चै नसोध्नुस है" स्वर्णीमले अलमलिएकी उमा दिदी तिर हेर्दै मुस्कुराउँदै भन्यो। "मलाई केही खान मन छैन" सुकिर्तीले भनेको स्वर्णीमले सुने पनि केही प्रतिकृया गरेन। उमा दिदीले त सायद सुनिनन पनि होला।

 सुकिर्ती त्यो स्वर्णीमको घरमा पहिला पनि केही पटक आएकी हो। यस पटक घर झन सजिएको, भब्य, अनि न्यानो लाग्यो उस्लाई। सायद उस्को मन दु:खाउने प्रकास त्यहाँ नभएर पनि होला।

ठुलो कौसी भएको माथ्लो तलाको बिशेष बैठकमा स्वर्णीमले उस्लाई अगुवाई गर्यो। सुकिर्तीको मनमा अनेकौ बिचारहरु आईरहेका थिए। उ प्रकासलाई पनि सम्झिदै थिई। स्वर्णीमलाई पनि हेर्दै थिई। यसरी उ घर नगएर ठिक गरीरहेकी छैन भन्ने पनि सोच्दै थिई। उस्ले केही गलत गरेकी छैन भन्नेमा पनि उ दृढ थिई। प्रकासले एक चोटी फोन गरेर बोलाए उ तुरुन्तै जान तयार थिई। फोन बज्छ कि भन्ने आश उस्मा हावी थियो। तर फोन बजेन।

स्वर्णीमले के कस्ता कुराहरु गर्छ, के कस्ता कुराहरु प्रति ईंगित गर्छ त्यस प्रति सुकिर्ती सचेत थिई। स्वर्णीमको ब्यबहार एकदम सौहार्द थ्यो। स्वर्णीमको बानी सुकिर्तीलाई आज जस्तो राम्रो कहिले लागेको थिएन सायद। उ प्रभावित भैइ। उस्ले मन मनै भनी "स्वर्णीम प्रकास भैदिएको भए?" उस्को मन केही पलको लागि खुसी भयो।

 धेरै कुराहरु भए। रेड वाईनका केही चुस्कीहरु ईतिहासमा पुगे। प्रकासले फोन नगरेर सुकिर्तीलाई गहिरो चोट पुर्याएकै थियो। त्यस्को मल्हम सुकिर्तीले त्यहाँ स्वर्णीमको घरमा पाएकि थिई।

 "अब धेरै ढिलो हुन लाग्यो, हिन म तिमीलाई पुर्याईदिन्छु।" स्वर्णीमले आखिर भन्नु थ्यो अनि भन्यो पनि। "खै प्रकासले त एक चोटी पनि तिमीलाई फोन गरेन।" यतिबेला आएर उस्ले थप्यो। पहिले उस्ले जानेरै सोधेको थिएन। सुकिर्तीले त्यो बुझेकै थिई।

सुकिर्तीले घडी हेरी। हो निक्कै ढिलो भैसकेछ। प्रकासलाई उस्लाई न कुनै बयान दिन मन थियो, न नै उस्को बयान लिन। घर जान उस्लाई हतार थिएन। स्वर्णीम हतारिएको थ्यो, उस्लाई पुर्याउन बरु।

 "प्रकास अफिसको हैन कतै अर्की सुन्दरी सँग हिसाब किताब क्लोजिङ्ग गर्दै थियो कि?" स्वर्णीमले अर्को ब्यङ्ग कस्यो मोटरसाईकलमा बस्दा बस्दै।

 "भएकी स्वास्नीको त हात समात्ने हिम्मत छैन उस्को ---" सुकिर्तीले यति मात्र भनी।

 मोटरसाईकलमा धेरै कुरा गर्दै स्वर्णीमलाई बाँधेर उ बसेकी थिई। सुकिर्तीका धेरै कुराहरु स्वर्णीमले सुनेन तर।

 सुकिर्ती घर भित्र गए पछि स्वर्णीम फर्कियो "प्रकासलाई मैले सोधेको छ भन्देउ है" भन्दै।

सुकिर्तिका पाईलाहरु अनायसै धेरै गर्हौ भए। आमालाई भेट होला भन्ने थियो, भेट भएन। तर आमाले कोठै बाट सुनीन अनि देखिन पनि बुहारी आएको। उनको मन लावा खाएको चङ्गा झै भयो।

 सुकिर्ती सरासर आफ्नो कोठामा गई। एउटा अनौठो अनुभव भयो उस्लाई त्यहाँ। उ अरु कसैको घरमा आए झै लाग्यो उस्लाई। यस्तो लाग्यो मानौ त्यो कोठा उस्को हैन।

प्रकास निदाएको त थिएन तर निदाएझै गर्दो थ्यो। सुकिर्तीले बालेको त्यो कुनामा राखेको मध्यम बत्तिमा उस्ले सुकिर्तीलाई हेर्यो उ निदाएकै छ कि झै भान पारी। सुकिर्तीको पहिरन र सौन्दर्यमा जगमगाएकी उस्लाई प्रकासले धेरै बेर हेर्न सकेन। मनमा आँधि आयो। साँच्ची नै, प्रकासले सधै झैं आफैंलाई मात्रै भन्ने गरेको कुरा अहिले पनि भन्यो "सुकिर्ती जस्ती राम्री उस्ले अरु कोही देखेको पनि छैन"। सुकिर्ती आफ्ना श्रींगार र पहिरन ओराल्दै थिई। प्रकासले आफ्नै कोठामा आफ्नै श्रीमतीलाई ओढ्नेको आडमा पर्दा लाएझै परेलीहरुबाट लुकेर हेर्यो। हेरी रह्यो। ....

(कुरा यति मात्रै कहाँ हो र? छ नी अरु) ------

 

Last edited: 10-Mar-08 03:15 PM

 
Posted on 03-10-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई चाँही यो अन्तिम भाग चित्त बुझेन,
प्रकाश पार्टी मा दस जना सँग  सुक्रिती कहाँ छ भनेर सोध्ने तर फोन चाँही नगरने -

प्रकाश को बानी ब्यहोरा पर्दा त फोन त गर्नै पर्ने हो जस्तो लाग्छ, कसैलाई नकोधेपनी फोन त गर्नु
पर्ने होइन र भन्या,


 
Posted on 03-10-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे प्रभो मैले अन्तिम भाग त भनेकै थिएन--- अनि हैन पनि भनिन छु -- गल्ती मेरो हो। म सच्याउँछु -- तर ब्रोलाई केही नभनी सच्याउँदा प्रभोले के कुरा गर्या भन्या जस्तो होला भनेर दुई शब्द थप्दैछु।
 
Posted on 03-10-08 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

आखिर दिप  घर आएरै छोड्यो -हृदयको प्रस्फुरण सृजनालाइ रोक्न खोजेर कहा रोक्न सकिन्छ र? कसो  दिपदा!!

कथाको विषयबस्तु ले नारी पात्रलाई जसरी प्रस्तुत गरे पनि मलाइ चै यो घर निकै मनपर्यो--अरु आउने भागहरुको प्रतिक्षामा

 --सिस  


 
Posted on 03-10-08 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप, मलाई म देखि नै घ्रीणा लागेर आयो । यति राम्रो कथा लेख्नेलाई कस्तो गाली गरेछु । कथा पूरा पढ्न नपाएको झोंकमा मुखबाट के के निस्किएछ के के । जे होस् sorry ल?

कथा सार्है राम्रो गईराखेको छ, अझै पढ्न प्रतिक्षारत छु ।
 
Posted on 03-10-08 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep, saarhai raamro katha rahecha...please dont make us wait for a few more days for the next part...i'm sure an excellent writer like you get time to complete story despite a busy schedule... looking forward to reading the continuation soon...
 
Posted on 03-11-08 1:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

welcome back deep

 
Posted on 03-11-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप प्रभो, कथा त्यस्तो यता न उता पारेर गको देखेर मन नै खिन्न भको थ्यो।   बाकी कथा पनि बिस्तारै पेलम न।
 
Posted on 03-11-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पछिल्ला दुइ भाग स्वाद लिएर पढीयो । बाँकि भाग पनि पेलम प्रभो पेलम । बिस्तारै पेले नि हुन्छ हौ । बरु माथि "मेरो ब्यक्तिगत कारण जे सुकै भए पनि ..... " देखेसिन मन चीसो भयो प्रभो । कथा लेख्ने धुनाँ अन्त कतै भ्वांङ पर्न खोज्या भे त्यतातिर टाल्टुल गर्नु बेस होला के रे ।

 

उसो त दीपको कथाहरु यथार्थको धेरै नजिक छ भन्ने सपैलाइ थाहा छ । तेइ भ'र भ्वांङ नपरोस भन्ने कामना गरेको हो के रे । कथा चै पेलम प्रभो ।


 
Posted on 03-11-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

katha sakeyko ho ra?
 
Posted on 03-12-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुकिर्ती आफ्ना श्रींगार र पहिरन ओराल्दै थिई। प्रकासले आफ्नै कोठामा आफ्नै श्रीमतीलाई ओढ्नेको आडमा पर्दा लाएझै परेलीहरुबाट लुकेर हेर्यो। हेरी रह्यो। ....

भरखर सम्म अहंकार र आगोमा जलेको प्रकास अहिले सुकिर्तीको सुन्दरतामा भिज्दो थ्यो।

"कहिले देखि भनेको थ्यो सुधिरदाई कहाँ जाने कुरा -- उस्ले त संगै जान फोन गरेकै हो --नसकेको मैले --उस्ले फोन गर्दा नउठाउने पनि म --मलाई पर्खेर बसेकी उ -- फोनमा एक दुई चोटीमै सम्पर्क भएन रे भन्दैमा फेरी फोन नगर्ने पनि म ---" प्रकास गुन्दै पनि गयो अनि सुकिर्तीलाई अघि झै लुकेर हेर्दै पनि।

"उस्ले पनि एक चोटी त फोन गर्न सक्थि नी --" आफैले तर्क गर्यो। "सक्न त मैले पनि सक्थें नी -- खै त फेरी गरीन --" आफ्नो तर्कलाई आफ्नै उदाहरणले हिर्कायो।

"तर अहिले सम्म कहाँ गएर आई त?" प्रस्न गर्यो आफैलाइ प्रकासले। जबाफ उ सँग छैन थाह थ्यो र पनि।

"अब जहाँ गएर आए पनि घर त आई कि--" उ आफैलाई सम्झाउँदै पनि थ्यो "अब आधाराताँ हो-हल्ला गर्दै म किन नआको उ किन काँ गा?  भन्दै कुरा सुरु गर्ने हो भने बाउको पालाको रडाको फेरी मच्चीने निश्चित छ--त्यो सम्पर्क नभएको कुराले फेरी ढाँटेको जस्तो संकेत दिए अरु कुरा बिग्रिने पक्का थ्यो। कुरा उठाएर के काम? जे हुनु भयो अब।" उ भन्दै थ्यो। मन मानी चै रा थे न  तै पनि उस्को मन भित्र आगो त करिब करिब निभिसकेको थ्यो तर धुवाँ थ्यो अझै रङमङ्गिदै।

पहिरन बदलेर सुकिर्ती ओछ्यानमा आई। प्रकासको धडकन बढ्न थाल्यो। अब केही नभएको जस्तो चुपचाप बस्न पनि त भएन। उ के भन्ने कसरी भन्नेमा अल्झिदै गयो। एउटै ओढ्ने अब दुईटैको माथि थ्यो।

"भरखर सबारी भयो?" प्रकासले तालमेल मिलाउँदा मिलाउँदै भन्यो।

"तिम्रो सवारी नै भएन अनि के त?" सुकिर्तीले सहजै भनी। प्रकास निदाएको छैन भन्ने उस्ले बुझेकी थिई।

सुकिर्तीको आबाजमा कुनै रिस प्रकासले भेटेन।

प्रकासको परिस्थिती अहिले सुकिर्ती आउनु अघिको भन्दा धेरै बदलिईसकेको थ्यो। उ आफै आर्को मान्छे भएको थ्यो।

"म आउँदा तिमी गै सकीछौ" प्रकासले भन्यो। उस्ले यसरी भन्यो मानौ त्यो जाने मान्छे उस्की स्वास्नी थिईन।

"एक चोटी फोन गरेर आउँदै छु मात्रै भनेको भए त पर्खिन्थें नी--हामी सँग त कसैलाई बोल्नै हुन्न" सुकिर्तीले प्रकासको मनोभाव बुझिसकेकी थिई। त्यसैले त्यसमै प्रहार गरी।

"हो त, फोन चै मैले गर्दै गर्नु पर्ने -- यो सबै बबाल मैले गरेर हो--अरुलाई के भन्नु?" सुकिर्तीको रापमा पग्लिदो प्रकासले जम्मै दोष आफैलाई लायो।

"छिट् छिटो आउने टेन्सनमा फोन गर्न त्यस्तै उस्तै भयो" उस्ले भन्यो। सुकिर्ती घर आओस मात्रै घुँडा टेकाउँछु भन्दै आफै सँग जंगिने प्रकासको हालत अहिले हेर्न लाएक थ्यो।

सुकिर्तीको मनमा अघि स्वर्णीमको घरमा बिताएका केही समय देखिनै मडारिएका डर, आशंका, अवमुल्यन, अनि प्रतिरक्षात्मक बिजयका बादलहरुमा अहिले केबल प्रतिरक्षात्मक बिजयका बादलहरु मात्रै बाँकि थिए।

सुकिर्तीका गुनासाहरु बढ्दै गए। उस्ले प्रकासलाई कत्ति धेरै माया गर्छे अनि कसरी प्रकासले उस्का ति सबै मायाहरुको अवमुल्यन गर्छ भनेर  सुनाई। प्रकासले स्वर्णीमको बारेमा एक शब्द सोधेन। बरु सुकिर्तीका गुनासाहरुमा लालमोहर लगाईरह्यो सुकिर्तीका स्पर्शहरुमा। गरेका र नगरेका गल्तीहरु सबैको माफि माग्यो प्रकासले मन लागि नलागि भए पनि। त्यति बेला उस्ले सुकिर्तीलाइ मन नपर्ने केही भन्नु आफु ताप्दो आगोमा पानी खन्याउनु हो भन्ने बुझेको थ्यो। सुकिर्तीको छद्म जालमा प्रकास अल्झियो, बल्झियो र केही छिनमा पन्छियो पनि। त्यो रात प्रकासले सुकिर्तीलाई ठुलो शिक्षा दियो आफ्नो कमजोरीको बारेमा। सुकिर्तीलाई उस्ले त्यस्तो हतियारको जानकारी दियो जस्को उ सँग कुनै बचाव थिएन।

(त्यो रातको यो कथामा ठुलो भुमिका थ्यो। अब त्यही रातले देखाएको बाटोमा प्रकास त सुकिर्तीले हिन्नु छ। त्यो रात सुकिर्तीले र प्रकासले देखेको बाटो एउटै हो त? यात्रा आगामी भागहरुमा देखिने छ -- )

 

Last edited: 25-Apr-08 11:31 AM

 
Posted on 03-12-08 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep bro,

Antim 2 bhag lekhna hatarinu bhayey jasto lagyo. Sabailey chahyey jastai lekhnu bhayey pani swarnim ra swikriti ko barema ali chiitta nabhujdo lagyo. Aakhir swarnim ley ghar lagnu ko karan haru suspense nai bhayo.Sayad arko part ma kehi lekhnu hunchha ki,,,,,,,,,,,,,,


 
Posted on 03-12-08 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep, arko part kahile...ekdam interesting hundaicha...
 
Posted on 03-13-08 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

'यात्रा आगामी भागहरुमा देखिने छ'

भनेसि अझै थुप्रै भागहरु आम्न बांकि छ--ल म चै आगामि भागहरुको प्रत्तिक्षामा बसे है त। तर माथि कता पो हो --'शंभवत घर भत्किने छ' भन्ने देख्या भ'र समझदारी अर्न छोडि क्यार्न  बनिबनाउ घर भत्काम्ने होलान त ,क्यार्न त्यस्तो बिधि निष्ठुरी हुनेहोलान त , जस्तो लाउच बाबै!!


 
Posted on 03-13-08 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे भगवान! दीपको 'घर' नभत्कियोस। म धुप बाल्छु अनि प्राथना गर्दैछु।

 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters