[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४४ --

[Please view other pages to see the rest of the postings. Total posts: 590]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30  
[VIEWED 309286 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-28-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४४ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 496 days (as of 1-16-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 43 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

फोटो कपिराइट : नमे

 
Posted on 02-03-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइ फेक गर्ने, अहिले त यस्तो होला नि, कसो ? :O
थाकेर क्या सफा गर्दा गर्दा !
 
Posted on 02-03-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oops typo :( an easy**
 
Posted on 02-03-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-03-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे गालब , हे स्वस्थानी बाचक, हे अगत्स्य मुनीलाइ आज्ञा गर्ने कुमार जी, तपाईंको जती प्रसंसा गरे पनि कम हुन्छ । यो माघको जाडोमा पनि हरेक बिहान मार्दिको चिसो पानीमा डुबुल्की मारेर, महिनाभरि फलाहार रहेर, चित्त सुद्द, पित्त सफा राखेर नियमित रुपमा हामी सबै अज्ञानीहरुलाइ स्वस्थानीको पवित्र बाणी श्रवण गराइ हाम्रो यो मानव जुनि धन्य बनाइदिनु भएकोमा तपाईंलाइ जती धन्यवाद दिए पनि कम हुन्छ । तपाईंको लेखाइको प्रसंसक त म पहिल्यै देखि थिए तर हरेक बिषयमा धाराप्रवाह रुपामा कलम चलाऊन सक्ने प्रतिभाको पनि साक्षात्कार गरियो । आफ्नो प्रतिभा प्रती अन्याए नगर्नुहोला, निरन्तर लेखिरहनुहोला ।

चित्रकुमार मुखियाजीलाइ नि धेरै धेरै धन्यवाद, गालबजीलाइ बेलाबेलामा कम्प्लिमेन्ट गरिदिनु भएकोमा । तपाईं पनि आफ्नो प्रतिभालाइ लुकाएर हामीहरुप्रती अन्याए नगरिदिनुहोला । अझै धेरै पढ्नु छ तपाईंको श्रीजना । फेरी एक पटक धन्यवाद!

धेरै कथाहरु पढियो, केही जानी नजानी लेखियो पनि तर पहिलोपल्ट कुनै कथाको पात्र बनियो, कस्तो कस्तो रमाइलो हुनेरहेछ, आफुलाइ त्यस्तो फन्नि सिचुएसनमा इम्याजिन गर्दा । जल देवतालाइ घाइते बनाएको, मुर्ती चोर हरुको मुर्गा बनेको, बाघको छालाको कट्टु मात्रै लगाएर माघको ठिहिरिंदो जाडोमा शिवजी बनेर बस्नु परेको, बाघरुपी कुम्ले र शिवजीरुपी ग्वाँचे बिचको संबाद, कुम्लेले झन्डइ चुना लगाएको, हरेक घटना र प्रतीघटनाहरु सम्झेर रमाइलो लागिरहने छ र मलाई लाग्छ चौतारीका हरेक गाम्लेहरुका लागि यो स्वस्थानी अबिस्मरणिय अनुभव रहिरहने छ ।

धन्यवाद गालबजी !
 
Posted on 02-03-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

५८४ डाडा काटी सकेछ, ६०० पछि त ढोका लाग्ने होला । हुन त गालेलाइ मर्दी को ठण्डीले बिसन्चो भ जस्तो मानीचु तर यो चौतारी स्वस्थानी जति राम्रो भो, त्यो चौतारी को टुप्पाको छपनी एकदमै राम्रो मानिचु के रे । भन्नु पर्दा सप भन्दा मुन परेको टुप्पो यसै पालाको हो । जसो तसो आउनि टुप्पो नि यसो देउरे हातले सिगान पुस्दै दाइने हातले दु:ख उठाए के रे , अन्याय भो नभन है ?
 
Posted on 02-03-07 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्ला मुनी पुगेको चौतारी लाइ माथी तनिदिनु परो।
जम्मै गाम्लेहरु लाइ रात्रीकालिन अभिबादन नेप्चे को।
 
Posted on 02-03-07 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

कमेन्ट दिने सबैलाई धन्यवाद! यसो कमेन्टहरु पढ्दा अरु केही लेख्ने ईच्छा पलाएर आयो। पहिलो भाग त चौतारीको गफको सिलसिलामा लेखेको मात्रै थिएँ। अनि, दोश्रो र तेस्रो दिनमा पनि त्यस्तै लहै लहैमा लेखियो। त्यसपछि चित्रे बज्जियाले टाइटलको फरम्याट सहित राखिदेपछि त अर्को भाग त्यसै फर्म्याट अनुसार लेखियो, अनि के भयो देखिहाल्नुभो। २० अध्याय तिर पुगुन्जेलसम्म पनि ३१ सम्म लेखिएला भन्ने सोचेको थिइन; तर लेखियो। यसमा चित्रेले दुई दिन लगातार लेखेको दुई वटा अध्यायले पनि मलाई निकै उर्जा दियो।

अहिलेसम्म फिक्सन लेखेको भनेको जम्मा दुई ओटा थियो - पहिलो, १० कक्षामा पढ्दा स्कूलको स्मारिकामा लेखेको एउटा कथाँ, र दोश्रो ८-१० धागो अगाडिको चौतारीमा रोबोटको कथा। यो एक महिना मलाई निकै अनुभव बटुलें। लेखकले ध्यान दिनुपर्ने कुराहरु पनि निकै सिंके - अनुभवबाटै। यदि कसैले जान्न चाहेमा कुनै दिन लेखुँला।

मेन कुरा चाहिं, दिन दिनै लेख्नु निकै कठिन काम रहेछ। र अहिले अलिकता भए पनि नियमित कोलमहरु लेख्ने नारायण वाग्ले, खगेन्द्र संग्रौला, अनि दैनिक रुपमा सम्पादकीय लेख्ने पत्रिकाका सम्पादकहरुको प्रतिभा प्रति नतमस्तक भएको छु। दिन दिनै नयाँ प्लट चाहियो, भित्र लेख्ने नयाँ मसलाहरु चाहियो, नयाँ पात्रहरु चाहियो, आदि आदि।

अन्त्यमा,
राहुलदाइ -- नियमित कमेन्टको लागि धन्यवाद! चिनी धेरै खायो भने तितो हुन्छ। यो साह्रै लेखे पनि मोनोटोनस -- एक तमासको -- हुँदै जाला। त्यसमाथि पनि स्वस्थानीको फर्म्याटमा आधुनिक कुराहरु लेख्न अलि गहारो हुँदो रहेछ। ओरिजिनल स्वस्थानीमा घटनाक्रम छिटो छिटो चल्छ, त्यसकारण त्यो स्टाइलमा लेख्दा पनि असहज नहुने। तर आफू परियो पात्रहरुके एक एक सम्वाद समेत राख्न मन लाग्ने मान्छे। अनि आफ्नो लेखन शैली र स्वस्थानीको सैलीबिच "झगडा" परेपछि मार गहारो पर्दो रहेछ। कुनै बेला अरु प्लटहरु फुरे भने लेख्दै जाउँला अवश्य।
अनि, आफ्नो कामको व्यस्तताको पनि कुरा छ।

सुनिमा जी, २-४ भाग, २-४ भागहरु सम्बन्धित छन्। त्यसकारण श्रृंखलाबद्द रुपमा पढे कथा वस्तु बुझ्न सजिलो होला।

चित्रको त कुरै नगरम्। मेरो लेखनको प्रेरणाको श्रोत हो। अरु के भनिरहने?

तितौरी -- धन्यवाद! एक एक अध्याय पढ्देकोमा र केमन्टहरु गरिदिएको। अब तिमीबाट पनि समय समयमा केही आउने नै छ। उट्पट्याङ् कथाहरु लेख्नेनै छौ भने आशा छ। तिम्रो ट्यालेन्ट त हामीलाई नि थाहा छ नि! :p

पुन्टे दाइ -- आजभोलि व्यस्त। तपाईंको दिनशैली देखेर कमिला र फट्याङ्ग्राको कथाको याद आयो। I mean, "The Ant and the Grasshopper" :D

नमेदाइ -- बल्खुतिर राखे पनि चौतारीमा नआउने मान्छेले नबुझ्लान् केरे! तैपनि तपाईंको आज्ञा सिरोपर गर्ने बिचार छ! धन्यवाद!!!

ग्वाँचे -- त्यो ३० भागमा आउने महिला मूर्ति किनेर निस्केपछि तलको हरफ थप्ने बिचार थियो'
ग्वाँचेले लामो सास लिएर मनमनै भन्न लागे "स्नेहाले त छोरी पाइछ। छोरी पनि यत्रो भइसकिछ"
तर, अरु पाठकलाई बुझ्न असजिलो होला भनेर मेटिदिएँ। :) प्रभोको अरु लेखनहरु पढ्ने आशमा छु।

माथिका केही कमेन्टहरुलाई उत्तर दिएको मात्र हुँ। चौतारीका सबै पाठकहरु धन्यवादका पात्र हुनुहुन्छ।

जय होस्!!!
 
Posted on 02-03-07 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब गुरुको टिप्पणी माथि टिप्पणी गर्न मन लाग्यो, अझ भनुं, अनुभव राख्न मन लाग्यो । अन्यथा न लिइ दिनु होला ।
कुनै पनि आलेख्, कथा निबन्ध लेख्ने काम सजिलो होइन । अझ बिशेष गरेर क्रमबद्द रुप मा लेख्दा सुरु देखि को पात्र बिशेष को चित्रण देखि घट्ना क्रम लाइ मिलाउन सकिएन भने त्य्सको कुनै अर्थ हुँदैन । कल्पना को बेजोड उर्जा लाई भाषा र नाटकिय शिल्पतामा ढाल्ने दुबैमा गालब गुरु को पकड अतुलनिय रह्यो ।

कहिले कहिं लेख्दा त आफुलाइ हम्मे हम्मे हुन्छ, गालब् गुरुले दैनिक लेख्दा कस्तो भयो होला, म अनुमान् गर्न सक्छु, गुरु को लगनशीलतको प्रशंसा न गरीरहन् सकिन्न। प्रतिभाको खानी हुंदो रहेछ।

मैले सदबहार् बनाउं कि भनेको कुरो चाहि चौतारिको चिलिमे गफमात्र हो, मेरो आसाय लेख्ने सिलसिला जारी होस् । तपाईंको परिश्रम र प्रतिभाको कुनै न कुनै रुप मा कदर हुने नै छ, त्यो भन्दा पनि असली कुरो चाँही, लेख्दा को आनन्द कुनै भौतिक प्राप्तीले बिस्थापन गर्न सक्दैन ।
 
Posted on 02-03-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!
Jai Nepal
Nepali ma lekhu vaneko dotpen ko masi nai siddhiyo!

Jai Nepal
 
Posted on 02-03-07 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारी बनेको छ।

चौतारी ४५
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
Leave messages on US congressman's facebook to support TPS
2020 : Why No Trump !
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS Sakiyo Tara Case is in Court.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters