त्यो कुनै नौलो शनिबार थिएन । आशा सधै जसो
बिहानको नुहाई धुवाई सकेर चोक पुगिन् , पिपलमा पानी चढाउन । लामिछाने दिदी र
शान्ता भाउजु पनि संगै पुगिसक्नु भएको थियो । आशा पिपलमा पानी चढाउँदै घुमिन् ।
शायद अन्तिम फन्को थियो होला, शान्ता भाउजुले प्याच्च भनिन्
‘ के हो आशा, तिमीलाई त बुढाले बहिनी ल्याईदिनुभएको
छ रे! अब त हामी संग के हिड्थ्यौं होला!!’
आशा खंग्रङ्ग भईन् । एक कान दुई कान सुने
पनि यस्तो प्रष्ट संग कसैले भनेको थिएन्, बुढाले कान्छी ल्याएको कुरा । अब नचाहेर
पनि शंका गर्न बाध्य भईसकेकि थिइन् । शायद शंका भन्दा बढि, बिश्वाश गर्न बाध्य
भईसकेकि थिइन्, मनले जति नै नचाहे पनि ।
हातको कलश कसो खसेन । बत्ति बाल्न पनि
बिर्सिछन् । लामीछाने दिदी ले कुरो मिलाउने प्रयास गरिन्
‘अब बजारका कुरा सुनेर पनि हुन्छ र, के के
सुनिन्छ के के नि छोरा मान्छे कुरा । घरमा ठिक भएर आए भईहाल्यो नि । कागले कान
लग्यो भनेर किन चित्त दुखाउने?’
शान्ता भाउजुले अरु के के भनिन्, कुन बेला
छुट्टिईन्, आशालाई केहि थाहा भएन् । मनमा सियो रोपिईसकेको थियो । उनि घर पुगेर
ओछ्यानमा थ्याच्च बसिन् । उनलाई गाह्रो भयो । कस्तो कस्तो सास नै रोकिएको जस्तो ।
हिजो अस्ति सुनेको हल्ला आज उनको घर सम्म आईपुगेको थियो, लगभग सत्य भएर । उनलाई भुंईनै नभएको जस्तो भयो ।
बिहानको स्कूल; बाबु र नानी दुबै उठिसकेका
थिए । जसो तसो टिफिन बनाएर स्कुल पठाईन् । बैशाखको महिना बिर्तामोडमा गर्मि नै
थियो । घरको गारो(wall) उठाएको भएपनि छत ढलाई गरेको थिएन, जस्ता
राखेको । कोठा तात्दै गयो । यता आशाको मन भने सिसो हुदै गयो । उनले बह पोख्न पनि
सकिनन् , उनि बग्न पनि सकिनन्…………..
क्रमश:...........
meaninglessthinkings@somewhereondearth.