[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 घर

[Please view other pages to see the rest of the postings. Total posts: 137]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 71481 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 02-27-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घर

अफिसबाट सबै निस्किन थाले। प्रकास पनि उठ्यो।  मनमा के के गुन्दै कुर्सीमा अड्काएको ज्याकेट लगायो। "घर जान ला?" संगै काम गर्नेले औपचारिकता पुर्याउँदै सोध्यो। "अँ" भन्न त भन्यो प्रकासले तर आफैलाई सोध्यो फेरी "कस्को घर?"

बाउले उ त्रि-चन्द्रमा हल्लिदै गर्दा उस्लाई र दाईलाई छुट्टाईदिएका थिए। बस्न त सबै त्यति बेला एउटै घरमा बस्थे तर उस्को र उस्को दाईको छुट्टा छुट्टै घर थियो। दुईटै घरहरु भाडामा दिएको थियो। त्यसबाट आउने भाडा पनि दाजु भाईकै जिम्मा लगाईदिएका थिए बाउले।

"आखिरी ढिलो चाँडो यो दिन आईहाल्छ --" भन्दै बाउले त्यति छिट्टै किन अंशबण्डा  गर्देको होला भन्ने जिज्ञासुहरुको टिप्पणीलाई सम्बोधन गरेका थिए।

त्यो भागबण्डाले प्रकासलाई मात्रै हैन घर परिवारमा कसैलाइ केही असर परेको थिएन। अंशबण्डा कागजी रुपमा भएको थियो। त्यत्ति हो।

केही महिना पछि उस्को दाजु, किरण, राजशाही कलेज पुगेको थियो। प्रकास अझै त्रि-चन्द्रमै हल्लिदै थ्यो। प्रकासले जिन्दगीलाई सायद बेग्लै हिसाबले बुझेको थ्यो। उ महत्वाकांक्षी पटक्कै थिएन। उ एउटा आदर्श मान्छे बन्न चाहन्थ्यो -- कसैले औला उठाउन नसक्ने चरीत्रलाई उस्ले जिवन्त गर्न चाह्न्थ्यो। त्यत्ति हो। त्यो बाहेक जिन्दगीमा यस्तो गर्छु भन्ने सोचाई थिएन उस्को। भोलीको लक्ष्य भनेर पनि केही थिएन। भाडामा आएको पैसा ब्यान्ङ्कमा जम्मा हुन्थ्यो। त्यो पैसा चलाउने उस्लाई आबश्यकता पनि थिएन। बाउ-आमाले दिएको पैसा नै उस्लाई पर्याप्त थ्यो।

बिग्रीएका बाटाहरुमा उ जान चाहेको भए सबै बाटाहरुमा उस्ले स्वागत द्वार देखेको थियो तर उस्ले ति बाटाहरुमा आफुलाई कहिल्यै लगेन। उस्का साथिहरु पनि खासै कोही थिएनन।

बाउले आर्की आईमाईलाई बालाजुमा भब्य घर बनाएर राख्नु अघि देखि नै आमाको आँखामा लागेको बादल र बेला बेला पर्ने ती झरीहरुले उस्को मनमा गहिरो छाप छोडेका थिए। उस्ले आफै सँग बाचा गरेको थियो "म मेरी श्रीमतीलाई कहिल्यै दु:खी बनाउँदिन -- मेरा छोरा छोरीले उनीहरुको आमाको आँखामा उर्लिने बाढीहरु मैले जस्तो कहिल्यै देख्नु पर्ने छैन।"

प्रकासलाई बिदेस जाने रहर कहिल्यै भएन। उ घरमै बस्न चाहन्थ्यो। बाउ बाहिर भनेर बेला बेला बालाजु तिर हराउँथे। त्यस्ता बेलाहरुमा उस्ले आमालाई दु:खी हुन नदिन सधैं कोशिश गर्थ्यो।

किरण पढाइसकेर आयो। उस्को भब्य बिहे भयो। बालाजुकि आईमाई पनि आईन। बिहे पछि किरण चाबेलको घर सर्यो। प्रकास बाउ आमा संगै थ्यो। अचेल उ जागिरे थियो बिदेशी ब्याङ्कमा।

"प्रकास सोझो छ। सोझो पनि अत्ति नै। अचेलको जमानामा त्यस्तो मान्छ्या काम छैन। बाउले घर देकै छन, गाँठ टन्नै छ, तोर्पे लक्कि त लक्कि हो। पर्कासे ठीस त सन्किनलाएछ नी था पाईस? हामी दुईटैले यत्ति तरुनी देख्छम न दिनमा मन ठेगानमा न रातमा, त्यो ट्याबेको चार चार वटा आँखा छन अनि कुस्त गाँठ उस्तै झन कसरी मन थामेको होला--- " यस्तै यस्तै कुराहरु हुन्थे उस्को बारेमा।

उस्को आँखा सानै देखी कमजोर। चस्मा तिन कक्षा पढ्दै देखि लाउँथ्यो। चार-आँखे दर्जा पाएको पनि त्यै बेला देखि उ उस्ले। अचेल त झन पावर बढेर बिना चस्मा सबै धमिलो देख्थ्यो। एक दिन लन्चमा यसो बैंकका सहकर्मीहरु सँग दरबारमार्गमा लन्च खाएर फर्किदै थ्यो कताबाट हो एक्कासी आएको आक्रोसित जुलुसाँ परेर चस्मा खस्यो। खस्नु के थ्यो टुक्रा टुक्रा भैगो। धन्न सहकर्मीहरु साथै थिए। मौकाको कुरा त्यै बेला टोलको एउटा सोमले  हात हल्लाउँदै अभिबादन गरेछ पर्कासेलाई। उस्ले देख्या हैन। सोमले अनि प्रकासे बौलाउन लागेछ क्यारे भन्ने निष्कर्ष निकालेछ र उस्को निष्कर्ष अरु साथिभाईहरु सँग बाँडेछ। साथिभाईहरुले पनि त्यस्मा आ-आफ्नै बिश्लेषण थपेर समाचारलाई अलि मनोरन्जनात्मक बनाए। यसै क्रममा अब प्रकासे आज हो कि भोली मैलो च्यात्या लुगामा जमल हुँदी ढुङ्गा टिप्दै बर्बराउँदै ट्याम्पु र ट्याक्सी लखेटदै गर्या देखिने ठोकुबा गर्न थाल्या थे मान्छेहरु।

घरमा प्रकासको बिहे छिट्टै गर्दिने कुराले अचेल निक्कै गति लिएको थियो। किरण सात समुद्र पार जाने करिब करिब पक्का भएको थ्यो। प्रकासलाई घराँ "तेरो कोई छ भने भन" भनेको सुनेर उ छक्क पर्या थ्यो। को हुनु उस्को? उस्लाई मन परेकाहरु उस्लाई देखेर झस्किन्थे, उस्लाइ मन नपर्नेहरु भने उ देखेर मस्किन्थे।

आखिर प्रकासेकी फुपुकी जेठीसासुले भनेकै सँग बिहेको कुरा अगाडी बढ्यो। उनीहरुकै जस्तो राम्रो आर्थिक स्थिती भएको परिबार, केटी स्वदेस र बिदेसमा पढेकी तर असाध्यै घरेलु रे भन्थे -- सबै राम्रो रे भन्ने कुरा भो। नामै सुकिर्ती बानी पनि किर्ति नै राख्ली जस्तो छ भन्थिन फुपुकि  जेठी सासु।

प्रकासलाई "अब एक चोटी भेट केटीलाई" भन्दा अलि असजिलो मानेर "पर्दैन" भन्यो उस्ले। त्यै पनि भेटाउने भए फुपुको घरमा। सुकिर्ति भेटने अघिल्लो रात देखिनै उस्लाई उकुस मुकुस भयो।

सुकिर्तिको सुन्दरतामा प्रकास पहिलो हेराईमै पराजित भयो। कौसीमा उस्लाई र सुकिर्तीलाई छोडेर अरु तल ओर्लिए। प्रकासले धेरै बोलेन। सुकिर्तीले धेरै कुरा गरी। सबै राम्रा कुरा। प्रकासले जे जति भन्यो, सुकिर्तीले ति सबै कुराहरु, उस्का सबै आदर्सबाणीहरुको मुक्तकण्ठले प्रसंसा गरी। उस्ले सोचे जस्तै, कल्पना गरे जस्तै पाई रे उस्ले प्रकासलाई भनी। उ मन्त्रमुग्ध झैं भयो।

बिहे हुने भो।

 

 

अब एक हात बिसाम क्यारे ---


 
Posted on 02-29-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुकिर्ती पोईलो गयी जस्ती छे नी ..  जे भए नी प्रकाशेलाई त्यस्तो सास्ती दिनु नहुने .......... बिचरा कामै त गर्दै थियो नी...
 
Posted on 02-29-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप ज्यु, पाठक र प्रसंसकको लाइनमा म पनि छु है।
 
Posted on 02-29-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कहा गै होलिन त स्विकृती ?

प्रकाश आउन  ढिला गरेकोले कुन चै कुनामा बसेर रुदै होलिन बिचरी


 
Posted on 03-01-08 5:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो,
म पनि नतमस्तक भएर पढिरहेको छु ।


 
Posted on 03-01-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ डरायो। यसो अफिसका मान्छेहरु सम्झियो। तर्सियो। यस्ता ब्वाँसाहरु भा ठाममा पनि स्वास्नीलाई काममा लगाउन हुन्थ्यो?

--*--

"कत्ति फोन गरी रा?"

"ल हेर आफु चै एक चोटी फोन गर्नु छैन कहिलै। ब्या गर्यो बिर्स्यो। झन मैले फोन गर्दा पनि उल्टो रिसाउने"  यो चै घत लाग्यो ।

--*--

जमघटमा गाईगुई चल्दै थ्यो। प्रकास घर तिर हुईँकियो। उस्को मन भित्र त्यो चलेको आँधिले फिलुङ्गो खोज्दैथ्यो।  --- च्व च्व

--*--

प्रभो, कथा त दरो जादै छ। पाठक र प्रसंसकको लाइनमा म पनि छु है।


 
Posted on 03-03-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दरो गैराकोछ छ।।।।। बाँकी चै कहिले पढ्न पौने हो ।। प्रभु


 
Posted on 03-03-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"झन कहिले देखि भनेको आज सुधिरदाई कहाँ जाने भनेर -- अहिले यति बेला आएर एक्लै जाउ रे --" सुकिर्तीलाई प्रकासको कुरा मन परेन। तर पनि उ मन लागि नलागि आफुलाई तयार गर्न ऐना अघि उभिई। उस्को सुन्दरताको बयान सुनेर त उ धेरै अघि थाकिसकेकी थिई। अहिले त्यही सुन्दरतालाई एक छिन नियाली उ आफैले। मान्छेहरु मेरो एक पलको हेराईमा जिन्दगी बिताउन सक्छु भन्छन तर जस्लाई आफुले जिन्दगी दिएकी छु उस्लाई एक पल मलाई दिन साईत आउनु पर्छ। मन भित्र सुकिर्तीको एउटा अनि तरङ्ग उठ्यो, त्यसले अरु तरङ्गहरु उठायो अनि मिलेर ति तरङ्गहरु निकै बेर उस्को मनमा बरालिईरहे।

उस्ले फोन उठाई, कुरा गरी अनि राखेर सजिन थाली। सुकिर्तीले आज बिशेष श्रींगार गरी। आफ्नो सुन्दरतामा उ आफै आज धेरै पछि अवाक भै। आफ्नो सुन्दरतामा उस्को बिश्वास गर्मीमा तापक्रम झैं बढ्दै गयो। उस्लाई अझै पनि कता कता तर सुधीरदाई कहाँ एक्लै जान भने मन थिएन।

सुधीरदाईकहाँ सुकिर्ती पुग्दा जमघट सुरु भैसकेको थ्यो। उ सँग त्यहाँ भलाकुसारी गर्ने मान्छेहरु हुन वा सामान्य औपचारीकता पुरा गर्ने प्राय: दुबै थरीले एकै किसिमका प्रतिकृयाले उस्को स्वागत गरेका थिए - उस्को सुन्दरताको प्रसंसा अनि "खै त प्रकास?" को प्रस्न।

सुन्दरताको प्रसम्सा उस्लाई मन परेको भए पनि "खै प्रकास?" को प्रस्नले उस्लाई झर्को लागेको थ्यो। प्रकास उ सँगै नआईदिएर उस्ले आफ्नो प्रसंसा माथि अन्याय गरेको सुकिर्तीलाई लाग्यो।

कसै कसैले त "खै प्रकास?" एक चोटी भन्दा धेरै नै सोधे, कसैले फेरी "आईपुग्या छैन प्रकास?" "कि आउँदैन आज?" "के काम गरीरा रे? "कस्तो क्लोजिङ्गको पिर हो?" "हैन त्यो प्रकासले काम गर्ने ठाममा मान्छे माग्या छैन रे?" "कामलाई दिन सक्छ प्रकासले?" यस्ता प्रस्नहरु पनि सुकिर्ती अगाडी उभ्याए। सुकिर्तीलाई रिस उठन थाल्यो अब।

उ रमाउन खोज्थी, रमाउँथी पनि केही छिन तर फेरी प्रकास आयो कि भन्थी। देख्दैन थी। निक्कै बेर भैसक्या थ्यो। उ बेचैन हुँदै थिई। प्रकास आईदिई हाले हुन्थ्यो भन्ने थ्यो उस्लाई। उस्ले गरेको केही उ मेटाउन चाहन्थी जुन प्रकासको आगमनले मेटाउने थ्यो। तर उ आएन।

सुकिर्तीले फोन गरी। प्रकासले फोन उठाएन। सुकिर्ती अब भने क्षुब्ध भै।

तल थ्यो जमघट तर  उ सबै बाट टाढा हुन कौसीमा गै। अनि एक्लै उभिई त्यहाँ। उस्ले प्रकासलाई सम्झि। एकदम निरस, उराठ लाग्दो मान्छे। केही पनि कुराहरुमा रुची नै छैन। केही कुरा त नभनम --उस्ले आफैलाई सच्चाई अनि त्यो सच्चाईले उस्मा अहिले घृणा चै भाव उठायो--त्यस्तो मान्छेले किन बिहे गर्या होला? भाडामा लिए पनि हुन्थ्यो नी। सुकिर्तीले प्रकासलाई उस्को अनुपस्थितीमा सम्बन्ध र चरीत्रको अदालतमा उभ्याई। उस्ले वकालत गरी, प्रकासको बोली निस्केन।

"खुब आदर्शको कुरा गर्छ।" सुकिर्तीको मन झर्कियो। उस्ले प्रकासले गर्ने कुराहरु सम्झि। प्रकासका प्रायस: कुराहरु सुकिर्तीलाई मन पर्थे। खाली उस्का धेरै बानीहरु प्रति उ सहमत थिईन।

सुकिर्तीले सोची प्रकास ब्यबाहारिक पटक्कै छैन। प्रकास त्यहाँ आउँछु भनेर नआएकोलाई उस्ले आफ्नो अपमान ठानी। आउन मिलेन, काम छोड्नै मिलेन भने पनि एक चोटी फोन गरेर "म आउन मिलेन" किन भन्न सकेन? उस्ले आफैंलाई सोधी। उस्को फोन मुर्झाईसकेको पट्टी उस्को ध्यान गएन। उस्ले फेरी प्रकासको बिरुद्ध् वकालत सुरु गरी। अब उ न्यायधिसको कुर्सीमा बस्नै जान आँटेकी थिई। कौसीमा कोही आए जस्तो लाग्यो उस्लाई। .....


 

Last edited: 25-Apr-08 11:23 AM

 
Posted on 03-03-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा त दरो जादै छ। म पनि नतमस्तक भएर पढिरहेको छु। पाठक र प्रसंसकको लाइनमा म पनि छु है।
 
Posted on 03-03-08 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि पढ्दै छु --- कस्तो रे'छ  त दिपको घर? :) --

बिचरी स्विकृती !!!!


 
Posted on 03-03-08 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ko aipugecha feri bichama, natra surkitile nyayadhis barera  faisala sunaeko herna paina raicha.
 
Posted on 03-03-08 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीपज्यू, तपाईँको कथा देखेपछि नपढी हिँड्नु असम्भव भईसकेको छ मेरो लागि। तपाईँको नियमित शैलीबाट
अलिक फरक शैलीको रहेछ यो, तर असाध्यै राम्रो छ। बाँकी भागहरुको ब्यग्र प्रतीक्षा छ। माने यार तपाईँको
कथा_शिल्पलाई! वाह! वाह!!


 
Posted on 03-04-08 6:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झण्डै यस्तो राम्रो कथा छुटेको ।।।।।।।।।।।।ल म पनि थपिएँ लाईनमाँ ! अरु जाओस् ।


 
Posted on 03-04-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ त अर्को भाग ???
 
Posted on 03-04-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्यस्तो मान्छेले किन बिहे गर्या होला? भाडामा लिए पनि हुन्थ्यो नी।

 
Posted on 03-04-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कार्यब्यस्तताले गर्दा आजको अंक प्रकासित गर्ने आफ्नो बिचारलाई यथार्थमा उम्काउन हरेक कोणबाट मैले गरेको कोसिस केबल कोसिसै मात्र भएर बिहानी शित झै बिलाउने भयो झै लाग्न थाल्यो। भोलीको सूर्य पस्चिम आकासबाट ओर्लिनु अघि नै आगामी अंक "घर" को यथास्थानमा हुनेछ भन्ने आफ्नो बिस्वासलाई समर्थनको आडमा साथिहरुको जानकारीको लागि यहीँ छोडेर जाँदैछु। 
 
Posted on 03-04-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss_me,

स्विक्रिति र सुकिर्ति मा फरक छ । यो नाम किन मान्छे हरुलाई जहिले पनि confuse
हुन्छ .

Just trying to point the difference between these two names.My sister was always called swikriti instead of Sukirti. These two names have different meanings.

Deep,

You r going great.Your narration is fabulous.

Cheers


 
Posted on 03-04-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bideshiजी,

यो शब्द मैले जानी जानी लेखेको  रे क्या (अब केभनुम त गल्ति भैहाल्यो।  मैले त ख्यालै नगरेकी उसो त दोह्र्याएर त 'घर' मात्रै हेरियो --मान्छेलाई  गल्ति स्विकार्न किन गाह्रो लाग्ने होला है--हिहिहि)

तर हजुरले औल्याइदिनु भयो खुशी लाग्यो। अर्को पटक लेख्दा (स्विकृति) स्विक्रिति नलेखेर  'सुकिर्ती' लेख्ने छु - माथि गएर सच्याउन त मन लागेको थियो तर हजुरको  पोष्टरको महत्व घटाउन मनलागेन।

:)

Last edited: 04-Mar-08 03:19 PM

 
Posted on 03-05-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"यस्तो जमघटमा पनि एक्लै कौसीमा?"

सुधीरदाईको बैनी संगै कौसीमा आउँदै  स्वर्णीमले उही पुरानो बाण झै मुस्कानले सुकिर्तीको अभिबादन गर्यो।

"ए! स्वर्णीम? ल हेर काँ बाट नी तिमी?" सुकिर्तीले अचम्म परेको स्वरमा सोधी। उस्का गाला सूर्यास्तको पस्चिम आकास झै भए।

स्वर्णिमको आँखामा एउटा चमक आयो। त्यो सुकिर्तीले पनि देखी। सुधीरदाईकि बैनीले सुकिर्तीलाई हेर्दै भनी "--आउ न तल --यसो केही लिउ न" अनि स्वर्णीम तिर पनि हेर्दै थपि--"तिमी पनि।"

"प्रीती!" तल बाट ऋचादिज्जुले बोलाएको सुनेर सुधीरदाईकी बैनी स्वर्णीम र सुकिर्ती तिर अलमलिएको दृष्टी दिंदै ओर्ली तल।

"के हो तिम्रो सुन्दरता त अचेल झन आँखै तिर्मिराउने भएछ--हामी जस्तालाई त जिउँदै मार्दिनी बिचार छ कि के हो?" स्वर्णीमले सुकिर्तीको अलि नजिक आउँदै सोध्यो।

सुकिर्तीका अधरमा मन्द मुस्कान ओर्लिए। "तिमी अघि आउँछु भनेर भर्खर आएको?" उस्ले सोधी।

"अब आफ्नो त यता आज आउने बिचारै थिएन। साथीहरु सँग अर्कै कार्यक्रम थ्यो, त्यसकै लागि तयार हुँदै थिएँ। अब मेरो निम्ता त तिमीले च्यातिहालेउ-- तर तिम्रो त म के सक्थें? साथिहरुलाई भाको नभाको कुरामा अलमलाउन एक छिन त लागि हाल्यो नी। म त हिनेँ सुकिर्ती भेटन, तिमिहरुको मतलब छैन मलाई भन्न भएन।" उस्ले बयान दियो।

सुकिर्तीका अधरमा ओर्लेका मुस्कान अरु चन्चल भए। "खै त भाग्गेमानी प्रकास?" स्वर्णीमले सोध्नु के थियो सुकिर्तीका मुस्कान अलप भए।

"तिमी प्रकासको कुरा गर्न आएको यहाँ?" उस्ले रुखो स्वरमा सोधी।

भर्याङ्गबाट कोही माथि आए जस्तो सुनियो। "उ आयो तिम्रो प्रकास --बधाई छ" सुकिर्तीले स्वर्णीमका आँखामा हेर्दै किला ठोके जसरी भनी र अलि पर गै।

प्रिती आएकी रहीछ फेरी।

"तिमीहरु अझै यहीँ?" प्रितीले अलि चिसो आवाजमा सोधी। उस्को हेराई सुकिर्ती तिर भन्दा पनि स्वर्णीम तिर बढी थ्यो। स्वर्णीमले भने प्रिती माथि आफ्ना हेराईलाई टिक्न दिएन।

"ल ल जाउँ तल --" स्वर्णिम आफै बाटो लाग्यो। प्रिती पछि लागी। अनि सुकिर्ती पनि।

तल आ-आफ्नै धुनमा सबै मस्त।

सुकिर्तीको मनमा बिस्तारै एउटा लहर उठ्यो। "प्रकास आईदिई हाले हुन्थ्यो" उस्को एक मनले भन्यो। आईपुगी हाल्ने हो कि भन्ने डरमा अर्को मन पर्यो।

उ अरुहरु सँग औपचारीकता पनि पुर्याउँदै थिई। जमघटमा आएकाहरु सँग भलाकुसारी गर्दै  गरेको स्वर्णीमलाई उस्ले एक छिन एक टक हेरी। "कत्ति रमाईलो छ स्वर्णीम--प्रकासलाई भने कसैसँग बोल्नु पर्यो भने ---" उस्लाई प्रकासलाई सम्झिन मन लागेन। उ खानेकुरा लिन थाली।

फेरी "खै प्रकास?" , "प्रकास अझै आ छैन?" जस्ता प्रश्नले सुकिर्तीलाई छोडेनन। उस्लाई ति प्रस्नहरुसँग बितृष्णा भै सकेको थ्यो।

खानेकुराको औपचारीकता पुरा गरे पछि उ फेरी कौसीमा गै। रात परीसकेको थ्यो। स्वर्णीम पनि आयो। सुकृतीको मन बेचैन हुन थाल्यो। उस्ले स्वर्णीमलाई एक्कासी सोधी "मलाई घर पुर्याईदिन सक्छौ?"

"कस्को घर? मेरो भए लैजान्छु अरुको त अरुलाई नै भन न" स्वर्णीमले जिस्केझै गरी भन्यो।

सुकिर्तीले स्वर्णीमको हात च्याप्प समातेर भनी "मलाई घर पुर्याईदेउ"।

स्वर्णीम छक्क पर्यो। सुकिर्तीको स्पर्शमा उ पुरै घाईते भयो। ....

 


 
Posted on 03-05-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aayechha villain. Bichara prakash!!! .

Deep jyu arko bhag chhitai lekhnus la.


 
Posted on 03-05-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep, katha raamro chha. Baaki bhaga pani chadai padham.


 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
To Sajha admin
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters