[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 254968 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
Posted on 01-15-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!!

अरे बाफ रे!! मेरो पुरै भेद खोल्ने मन करेछ जिम्माल दादाजी ले। दुध दुँदा उसदिन अर्को बाल्टी ल्याउनै भुलेछु और उसिके कारण त्यो गजबको आइडिया निकाले थेँ पर कम्बक्त दुधलाई मेरो आइडियानै बुझ्न ट्याम लाग्यो और लास्टमे सब पोखिगएको। और फिर मैले सम्झे यो दुधको त दिमाग नै हुदैन। जस्को दिमाग हुदैन उस्को म किन आइडिया फिर बताउँ? अब अर्को ट्याम मे हत्तेरिका ले भने जस्तो कर्छु और देख्छु कि दुधले त्यो आइडिया बुझ्छ कि बुझ्दैन। :-)

हे हे हे सान्नानीले मेरो बल्खुमा नाँच्दै गरेको निस्चय देखेनौ रे? आजकाल चौतारी बाहिरको मेरो निस पाट हो उ! :-)
 
Posted on 01-15-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोssssssssss!

यता हुँदि फिरि हाम्रो कुम्स पाटलाई 'गिदि' गरिराको कि मान्छेहरुले! आबो कुम्सो ब्रो झ्याप थियो होलान्तनि हौ! झ्याप को सुरमा लास्टइयर इटहरिमा डोको नै थापिदिएको फिरि कुम्स सोमले दुध हाल्नलाई खित्..... खित्..... खित्...:)

लु सबै चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाइहरु, दिदिहरु, बाहिनिहरु, सोमहरु र च्वाँकहरुलाई बोसे आन्द्रै देखि नमस्ते ठोकेँ ल!
 
Posted on 01-15-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इखिंखिंखिंहिहिहि......:D
 
Posted on 01-15-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुइssssssss! तित्स सालि यहिँ रैछ!
के साह्रो मिठो हाँसेको हउ! :)
 
Posted on 01-15-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकशैमा चिल उड्यो धरतीमा छायाँ
गाँठो पारि बाँधिराख मेरै चोखो माया
आहैssss रेशमको रुमालैमा

बैशमा समून्द्रै पनि तरुँ तरुँ लाग्छ
फाँसि लागि झुण्डिएर मरुँ मरुँ लाग्छ
आहैsss तिम्रो त्यो कपालैमा

दिउसोभरि वारिपारि साथि संगि छन भेला
बरु मलाई भेट्न आउ है साँझको बेला
आहैsss पारिको जङ्गलैमा

माया पिर्ति लाए पछि दुनयाँको के डर
जीवनमा एक पल्ट नफँस्ने को छ
आहैsss मोहनि जंजालैमा

कमिज पतलुन लगाऊने नक्कले म ठिटा
तर जन्तिहरुसित बाँधि आउँला है फेटा
आहैssss दौरा र सुरुवालैमा
 
Posted on 01-15-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL ....कमिज पतलुन लगाऊने नक्कले म ठिटा.... nish paat kahile dekhi ho Patlung laauna thaaleko?? :P

:-)
 
Posted on 01-15-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो जहिलेदेखि डाइपर लगाउन छाडेको त्यतिबेला देखि नि हौ! लोल :)

गित लेखेको हौ गित! दाम्मिज लाग्छ हौ मोलाई यो गित त!
के हो ब्रो बबाल बिजि जस्तो छ नि सोम? अड्डामा आउँछौ भरै?
 
Posted on 01-15-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फाँसि लागि झुण्डिएर मरुँ मरुँ लाग्छ
आहैsss तिम्रो त्यो कपालैमा

Don't you know nish jiju sims didi has really short hair (purai boys cut ke) ;-) LOL
 
Posted on 01-15-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Really????? ब्वाइज कट रे? :O:O :(:(
आबो मेरो फेबरेट लाईन थियो गितको :(
( जब से मैने होश सम्हाला तभी से ये दिल लम्बे बाल के पिछे है) :(
बोरु कुर्नु पर्यो हौ ४-५ बर्ष कपाल अलिक लामो होला नि, नत्र त्यस्तो ब्वाइ कट त मेरै छ नि!

कपाल नभएको केटि त बबाल हो! LOL :)
 
Posted on 01-15-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAHAHAHAHA.......
 
Posted on 01-15-07 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निस पाट बेलुकी भेट्ने रे अड्डामा? आज तोङ्बाको मुड चल्यो कि के हो निस पाटलाई। आबो यस्तो गाना गाउने भनेकै अलि अलि चडेपछि मात्रै हो। तातोपानी हालेर हिलेको तोङ्बा, नुन खोर्सानी हालेको सुकुटी, साँदेको भटमास अरु के के ब्यवस्था गर्ने हो? आँफु परियो सोझो मान्छे, :पि, हरितालिकेलाई बोलाउनुपर्ला, उहि हो सबै सिध्याउने।

:-)
 
Posted on 01-15-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि कुम्स ब्रो! मो त आज ४-५ थर्मस पानी सकाउँछ हौ!
तोङ्बा नतानेको पनि आपुईssss भयो त हौ ठ्याक्क ५ दिन! ह्यारिस ब्रोलाई पनि बोलाउने हो?
हुन्छ सोम धराने सुङगुर उसिनेर तार्नु पर्छ, हिले बाट तोङ्बा ल्याएर सल्लेरि को अड्डामा बसेर बबाल तान्नु पर्छ ल! अन्त गित भनेको हर्रामि हर्रामि निसकन्छन्तनि हौ!
 
Posted on 01-15-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यार, गजब पिलान बनाएछ सोमहरुले, म त आईहाल्छु नि। हिलेको तोङ्बा भनेसी त जता'ट भएनी आईपुगी हाल्छु नि हौ। झन धराने सुँगुर रे, ओ हो।

बरु धेरै हल्ला चैं नगरुम ल, फेरी जिम्माल मामाले त्यो निशे र कुम्लेको अड्डामा धेरै नजानु भनेका छन, झन आज त माईजु सँग बिहानै देखी तरुल र चाकुको निउँमा ठाकठुक परेको छ रे के, मुड ठीक छैन बुढाको, थाहा पाए भने बिनासित्ति गाली गर्छन। :-)
 
Posted on 01-15-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सब लाई । हिजो कहाँ बेपत्ता भएक साझा का महिला संघ का नानीहरु । मैले त सिंहदरबार मा धर्ना दिन गएको रे भन्ने सुनेको, हो मिस्? फेरी मिस् कै अगुवाइ मा रे । गाम्ले को हल्ला हो, फेरी राहुले ले चिलिमे सुर मा भनेको भन्ला, हिजो को को थ्यो रे चौतारीमा?निश ब्रो, कुम्ले लाई थाहा होला ।
 
Posted on 01-15-07 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उहिले उहिले धेरै पहिले
जय शम्भू चिलिम् तान्ने गर्थें
बाउको एक् लात ले बानी गयो
उहिले उहिले धेरै पहिले
गुच्चाटोले नीलो फिलिम् हान्ने गर्थें
जनसेवाको एक् रातले त्यो बानी नि गयो

एन् केन् अनेकन् हानी हुने, बानी गयो।
बल्ल यो राहुले ज्ञानी भयो।
अहिले अहिले अझ अहिलेको अहिलेइ
राहुले को बानी
जानी जानी
फेरि खत्तम् भो रे
उल्टो कदम् भो रे

कमाउन छोडेर
रमाउन छोडेर
चुम्बिन छोडेर
झुम्मिन थाल्यो रे।


काम पनि गर्दैन रे
घाम् पनि ताप्दैन् रे

के भयो राहुले लाई,
अचम्म भो सब् लाई
राहुले त आज भोलि
न दिन् न रात
न माम् न भात्
एक तमाश लगावमा
केहि हताश् भावमा

एकलै एउटै कुर्सिमा,
एकै टेबिलमा
चियाको बिलमा
रमाउंदै,

बसिराखेको हुन्छ
हांसिराखेको हुन्छ
किन कि उ सधैं
चौतारि अनि साझामा हुन्छ
साथिहरुको माझमा हुन्छ।

 
Posted on 01-15-07 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकलै एउटै कुर्सिमा,
एकै टेबिलमा
चियाको बिलमा
रमाउंदै,
........
HAHAHA rahuldai awesome !!!!
 
Posted on 01-15-07 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा राहुलदाई, यो त सुध्रेको हो। अब पहिले पहिले चिलिम तान्नु, जनसेवकहरु कहाँ रात बिताउनु भन्दा त टेबिलमा बसेर साझामा साथी माझ बस्नु नै राम्रो नि, हैन त?

दामी छ कविता!! म दोहोर्याएर पढ्दै छु।

राहुले को बानी
जानी जानी
फेरि खत्तम् भो रे
उल्टो कदम् भो रे


हुन त सहि भन्या हो आफैँले, फेरि बुढामान्छेले चिलिम सुरुगारिसकेपछि त उल्टो कदम भएको हो भनेर त भन्नैपर्यो नि !! :पि

राम्रो!!

सन्ध्याकालिन जदौ!!
 
Posted on 01-15-07 7:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्ध्याकालिन जदौ!!
 
Posted on 01-15-07 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब छ ठुल्दाइ, खाली एउटा कुरो नि, माम र भात भन्दा
न दिन न रात
न म:म: न भात
गर्यो भने ठ्याक्कै होला जस्तो छ है, कुरो मात्र के :-)


सन्ध्याकालिन जदौ!!
 
Posted on 01-15-07 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke hudai cha taaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
Leave messages on US congressman's facebook to support TPS
2020 : Why No Trump !
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS Sakiyo Tara Case is in Court.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters