[Show all top banners]

mampaka
Replies to this thread:

More by mampaka
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 GAGAN THAPA UNDER ATTACK

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE: <<  1 2  
[VIEWED 14566 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 08-16-05 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NSU general convention disrupted


KOL Report

KATHMANDU, Aug 16 - The 10th General Convention of Nepal Students Union, the student wing of the Nepali Congress, that kicked off in Pokhara on Sunday has been disrupted following clashes between students and Gundas, who the students say were mobilized by the party establishment.
The fight reportedly started after the gundas pelted stones at student leader Gagan Thapa while he was criticizing the party establishment for publishing dubious names of NSU representatives outside the hall of Deependra Sabhagriha, the venue of the convention at around eleven this morning.

Of the eight contenders for NSU president, Thapa along with four other student leaders have accused the party establishment of conspiracy in publishing the names of representatives.

The Gundas, also tried to attack other student leaders including Pradip Paudel, Guru Ghimire, and the representatives of the convention, a participant of the convention told Kantipur Online from Pokhara over the phone.

Over a dozen general convention representatives were injured, some of them seriously, in the fight.

Later the agitated students vandalized the venue hall. They also torched four motorbikes. "The convention cannot take place now. Maybe the party will make an announcement to this effect later today," the participant said. "The gundas deployed by the party establishment had come fully prepared, laced with Khukuris, swords and rods.?

The closed session that was scheduled to start from Monday was postponed for today after confrontation erupted between the supporters of influential student leader Gagan Thapa and those loyal to the Nepali Congress leadership.

Polarization between the ?democratic republic? and ?constitutional monarchy? lines have surfaced strongly in the ongoing NSU convention.

Supporters of Thapa, former NSU general secretary, are of the view that the convention should endorse the proposal of republic. They have also charged the mother party of intervention in the selection of student leaders in the convention. (dds)
 
Posted on 08-17-05 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा गगन थापा त।
साझामा मात्र लोकप्रिय रेऽछन्। साथिहरुलाई राजनिति नै थाहा रैनछ।

यो त सामान्य हो गिरिजे राजनितिमा।
चैत्र १९ को कदमको गिरिजाले भित्री समर्थन गरेको छ। Provided Sher Bahadur being kicked out and jailed!
प्रकाश कोइरालालाई सरकारमा पठाउने काम पनि यसैको हो। येल्ले जे पनि गर्छ भाइ हो। भट्टराईलाई हराउनेदेखि लिएर गगन थापालाई गुण्डा लगाउनेसम्म ग-यो।
 
Posted on 08-17-05 3:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is the last stage of Girija family same as Royal family. Ramchandra poudyal or narhari Achraya has come forward fot it and Gagan has to strike in "Nebisangh" so he will be able to get support from NC democratic students as well as from NC, because everybody know Gagan and Narhari Achraya has the power to throw two Crroupted family from Nepali politics.

 
Posted on 08-17-05 3:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं, -महानगर) । नेपाल विद्यार्थी सङ्घको पोखरा महाधिवेशन भा?ड्नमा दरबारको इसारामा सरकारका मन्त्री लागेको आरोप सो सङ्गठनको संस्थापन पक्षले लगाएको छ । नेविसङ्घका अध्यक्ष केशव सिंहले पोखरा महाधिवेशनस्थलमा गुण्डागर्दी र आतङ्क मच्चाउन भौतिक योजना सहायक मन्त्री जगत गौचन नै सक्रिय रहेको दाबी गरेका छन् ।

बिहान महानगरस?ग कुरा गर्दै अध्यक्ष सिंहले भने- महाधिवेशन भा?ड्न सक्रिय गौचनले दर्ुइटा पजेरोमा पठाएका दर्ुइ दर्जन मण्डले गुन्डाले दीपेन्द्र सभागृहमा पसेर तोडफोड गर्दै आतङ्क मच्चाए । घटना दरबारकै इसारामा भएको भन्दै सिंहले त्यसका दोषीविरुद्ध प्रतिकारमा उत्रन सङ्गठन तयार रहेको बताए । सिंहका अनुसार, हिजो दिउ?सो ११ बजे बन्द सेसन सकिएलगत्तै माइकिङ गर्न जाने भनेर बाहिर निस्केपछि गगन थापाले बोलिरहेका बेला अचानक माइकको तार काटियो । त्यसैबेला नेपाल देशभक्त सङ्घका कास्की सचिव राजु अधिकारीले छतबाट गगनमाथि ठूलो ढुङ्गाको स्ल्याप फाले, धन्न उनी जोगिए। त्यसपछि हुलदङ्गा शुरु भयो ।

गौचनका गुण्डाले तोडफोड र आगजनी मच्चाए । सोही समूहले महाधिवेशन र निर्वाचनका सम्पर्ूण्ा कागजात च्यात्नुका साथै नगदसमेत लुटियो। सिंह भन्छन्- गुण्डाले मलाईसमेत चक्कु हानेर मोबाइल फोन लुटे । दीपेन्द्र सभागृहमा लामो समय तोडफोड र आगजनी हु?दा सुरक्षाकर्मीले समेत बेवास्ता देखाएको बताइन्छ । विद्यार्थी नेताले पटक-पटक सुरक्षा निकायलाई खबर गर्दा आजित बनेपछि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले नै डीआईजीलाई फोन गर्नुभएको थियो। तर, सुरक्षाकर्मी सा?झपख मात्र घटनास्थल पुग्नुले मन्त्री गौचनका इसारामा त्यस्तो भएको स्पष्ट हुने नेविसङ्घले जनाएको छ ।
Ref:(http://www.newsofnepal.com/ffstory.asp?sn=6356)
 
Posted on 08-18-05 12:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गैरजिम्मेवार प्रवृत्ति

भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दसौं महाधिवेशन तल्लो दर्जाको कुटपिट, तोडफोड र जगहँसाइपछि स्थगन नेपाली कांग्रेसकै लागि सर्मको विषय हो । आफूलाई प्रजातन्त्रको पर्याय ठान्ने पार्टीको भ्रातृ संगठनमै प्रजातान्त्रिक प्रक्रियाको यो लज्जास्पद हविगतले संघका कार्यकर्ता र नेतृत्वको अराजक एवं अप्रजातान्त्रिक चरित्रमात्र उजागर गरेको छैन, कांग्रेस नेतृत्वको अकर्मण्यता, कुटिलता र तानाशाही प्रवृत्ति पनि उजागर गरेको छ । संघमा निर्वाध प्रजातान्त्रिक प्रतिस्पर्धालाई प्रेरणा दिनुको सट्टा सुरुदेखि नै ँटीकाप्रथा? मा जोड दिएर लोकतान्त्रिक आन्दोलनका स्वयम्भू अगुवा एवम् पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले समेत आफ्नो अप्रजातान्त्रिक चरित्र सार्वजनिक गर्नुभएको छ ।
नेविसंघमा कुनै बफादारलाई टीका लगाएर अध्यक्ष बनाउने कुटिल प्रयास असफल भएपछि तनावग्रस्त महाधिवेशनस्थललाई ँभगवान्को कृपामा? छोडेर कोइराला गृहनगर विराटनगर पलायन हुनु गैरजिम्मेवार प्रतिक्रिया थियो । आफ्नै कार्यकर्तालाई विश्वासमा लिन नसक्ने बरु अँध्यारा कुनाबाट गोटी चाल्ने यो प्रवृत्ति र कोइरालाले उठाएको प्रजातन्त्रको झन्डामा कुनै सामन्जस्य छैन । अझ उहाँले विराटनगरमा ँनरहरि आचार्य र गगन थापा दरबारले परिचालन गरेका पात्र भएको? अप्रमाणिक त्यसैले अशिष्ट र आपत्तिजनक ँरहस्योद्घाटन? गरेर अराजनीतिक र गैरजिम्मेवार चरित्र अझ उदांगो पार्नुभयो ।

आचार्य पछिल्ला दस वर्षदेखि कांग्रेसको केन्द्रीय सदस्य हुनुहन्छ र कोइराला त्यति नै समयदेखि सभापति रहँदै आउनुभएको छ । आरम्भमा कोइराला आफैंले उहाँलाई राजनीतिक संरक्षण र प्रोत्साहन दिएको तथ्य जगजाहेर छ । त्यसैले सोध्न सकिन्छ- यतिका समयसम्म आफ्नै केन्द्रीय कमिटीमा ँदरबारिया? लाई ससम्मान पदमा रहन दिनुका पछाडि कोइरालाको के बाध्यता थियो ? यता थापा नेविसंघका विभिन्न सिँढी चढ्दै केन्द्रीय उपसभापति र महामन्त्रीसमेतको जिम्मेवारी निर्वाह गरिसकेका विद्यार्थी नेता हुन् । कोइरालासँग उनी दरबारिया भएको प्रमाण छ भने आजसम्म किन यस विषयमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने प्रक्रिया अघि बढाइएन ? पार्टीमा ँयति ठूलो घूसपैठ? हुँदासम्म कोइरालाले के हेरेर बस्नुभयो र अहिले यी दुईले लोकतान्त्रिक गणतन्त्रका पक्षमा सार्वजनिक अडान लिएपछि मात्र उहाँलाई ती ँदरबारिया? भएको तत्त्वबोध भयो ?
 
Posted on 08-18-05 12:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेतृत्व केवल सत्ताको गणितज्ञ भएर पुग्दैन । उसँग विचार, चरित्र, नैतिकता, संयम र विवेकको पुँजी पनि हुनुपर्छ । आफ्नो पदको गरिमा जोगाउनु कोइरालाको नैतिक र राजनीतिक दायित्व हो । कांग्रेसको सभापति केवल एउटा व्यक्ति होइन, त्यसको प्रत्येक अभिव्यक्तिले संस्थागत अर्थ राख्छ । आफ्नै केन्द्रीय सदस्य र विद्यार्थी नेतालाई यति गम्भीर दोषारोपण गर्नुअघि उहाँले प्रमाण पेस गर्नुपर्छ कि पर्दैन ? कोइरालाको छवि एउटा यस्तो नेताको छ, जो बफादारी माग्दैन, खोस्छ । उहाँ यस्तो नेता मानिनुहुन्छ, जसलाई विधान, नियम र आन्तरिक प्रजातन्त्रको कुनै पर्वाह छैन । उहाँ पार्टीलाई परिवार होइन, परिवारलाई पार्टी मान्ने नेता भएको धेरैको गुनासो छ । वैचारिक रूपमा आफूभन्दा भिन्न र सांगठनिक रूपमा पृथक् अस्तित्व बनाएका आचार्य र थापाप्रति उहाँको यो लाञ्छनामा एउटा प्रजातान्त्रिक नेता होइन, त्यो नेताभित्रको तानाशाह बोलिरहेको छ । कोइरालाले या यथाशीघ्र यो आरोपलाई पुष्टि गर्न सक्नुपर्छ या सार्वजनिक रूपमा माफी माग्दै भविष्यमा यस्तो नहुने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । नत्र उहाँको छवि अझ ध्वस्त हुनेछ, उहाँको विश्वसनीयता अझ खस्कने छ र कसैले पनि उहाँलाई गम्भीरतापूर्वक लिने छैन ।

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=49107
 
Posted on 08-18-05 6:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोखरा काण्ड: विद्यार्थी नेताहरु के भन्छन्?
- http://www.nepaljapan.com/news/2005/August/18-5.htm
 
Posted on 08-19-05 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

great job rajesh dai

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
I hope all the fake Nepali refugee get deported
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
advanced parole
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
How to Retrieve a Copy of Domestic Violence Complaint???
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters