हिजो मेरी भ्याकुरीले $१३०० मोबिल किनी, samsung को ultra note २० कि के येस्तै, मन चस्सका खायो । नखावोस नि किन, वर्ष दिन नि भाको छैन पुरानो Samsung किनेकी , तेस्को स्क्रीन edge हल्का चर्केछ नत्र मोबिल ठिक ठाक छ । मेरो हिसाब चै त्यो १३०० मा अर्को १५०० थपेको भए ललितपुर को लेले तिर १ रोपनी पाखो औथियो, कालान्तरमा २५०० लगानी १ करोड पुग्थियो । उसलाई यो कुरा को कुनै मतलब छैन, म भन्दा हुने खाने कि छोरि सानोमा अभाब देखिन । अभाब नदेखेसी मान्छे परिपक्का र मितब्ययी हुन्न भन्ने मेरो बिस्लेसन ।
मेरा बाऊले पैसाको बेबस्थापन गर्न नसक्दा म कुल्ली भए, मेरो जिन्दगि ३० वर्ष ब्याक भयो । बाऊ ५० वर्ष पहिले मुग्लान गका, उबेला बाऊले ५००० हजार हति पैसा कमाका रैछन । बुडालाई त्यो पैसाले के गर्ने थाहा भएनछ , १ वर्ष येताकै सन्दुकमा राखेछ्न, पैसा बढेनछ । त्यो बेला share stock किन्ने चलन थिएन , अनि पैसा ब्याजमा लगाउन थालेछन । ५००० भनेको त्यो बेलाको ठुलो पैसा , काठमाडौँको डल्लु तिर रोपनी को ७०० चलि राको थियो रे । त्यो सर्पो आउने झाडीमा के पैसा फ्याल्नु भनेर ब्याज खान थालेछन । ब्याज त केहि महिना खाए तेस्पछि कोहि पैसा नतिर्ने, कोहि टाट पल्टिने कोहि भाग्न थालेछन ।
२ ३ वर्ष पछि ५००० को जम्मा ३५० बाकी भएछ, त्यो ३५० को संखुवासभामा धान फाल्ने बगर को खेत किन्नु भएछ । २ ४ वर्ष मज्जाले धान नि खानु भएछ तर अचानक एक वर्ष खोलाले त्यो खेत बगर मा परिणत गरेछ । अनि फेरी दुखका दिन सुरु भए , बाबु दमका रोगि फेरी मुग्लान जान सकेनन अनि मुग्लान जाने पालो मेरो । पढाई छोडेर घरको दुख ले ४ ५ वर्ष खाडी तिर अनि अहिले अमेरिकामा कुल्ली ।
बाबुले पुरा गर्न नसकेका सबै सपना पुरा त गरे तर त्यो अन्तरालमा मेरो जवानी खाडी र अम्रिकामा कुली बनेर बित्यो । हिजो hamrobazar मा डल्लु को जग्गाको भाउ हेरे एक ठाउँमा आना को ९५ लाख रे । hypothetical calculation गरे बाऊ ले त्यो पैसा त्यहाँ फ़ालेको भए आज डल्लु मा ७ रोपनी १ आना जग्गा हुने थियो जसको ऐले बजार मुल्य मात्र कम्तिमा ९२ करोड हुने थियो ।
यो एउटा कल्पना मात्र हो, मैले नि त्यो जग्गा पहिले नै बेच्न सक्थे पढाई खर्च को लागि वा अन्य कहिँ को लागि। तर जे गरे नि मेरो जिन्दाजी येसोरी सड्ने थिएन । मेरी भ्याकुरी एस्तो थाग्ने कुरा सुन्दिन आजकल, तेस्लाई भन्नु बेकार हो तेसैले यहाँ आएर भनेको । छोरो लाई चै सम्झाउने गरेको छु, अभाब के हो र स्रोत र साधनको कसोरी समुचित सधुपयोग गर्ने भन्ने सिकाको छु र उसले नि सिकी राको छ । येस्मै खुसि लाग्छ आम र मामली तिर गको छैन पढाई नि आबल छ ।
आफ्ना सन्तान लाई अभाब संग अब्येस्ता गरायो भने उनीहरु आसल र जवाफदेही नागरिक बन्छन भन्ने मेरो बिस्लेसन । अनि आइमाई र कुकुर को पुच्छर चै उस्तै हुन् भन्ने नि मेरो बिस्लेसन छ, जति वर्ष ढुङ्ग्रोमा राखे नि बाङ्गै ।
मैले एक वर्ष मेरो व्यापार र सम्पति मेरो श्रीमतीको हातमा सुम्पेर नेपाल गएर बसे भने, फर्किदा खेरि जोगी हुने पूर्ण बिस्वस्त छु । उनि संग बिताएका १६ वर्ष को अनुभवले मलाई येही भन्छ । हुनत तपाई हरु सबै म भन्दा जान्ने सुन्ने हुनुहुन्छ तेही नि फेरी भन्न मन लाग्यो बचत होइन लगानी गरौ, थोरै छ भने थोरै गरौ, कालान्तरमा त्यो बढ्छ, सन्दुकमा राखेको पैसा बर्दैन । थोपा थोपा मिलेर समुन्द्र हुने हो । अनावास्येक खर्च रोकौ , आफ्ना बाल बच्चालाई यो कुरा सिकाउ ।
Last edited: 11-Sep-20 05:14 PM