[VIEWED 131745
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-15-05 7:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके मेरो भन्नु: नेपाल छोडेको पनि आँउदो अगष्ट १२ तारिका दिन ठ्याक्कै ४ बर्ष पुग्छ । नेपालवाट पाईलो निकालेको दिन देखि फेरि टेक्न पाईएको छैन । काठमाण्डौमा हुदा सम्म त थोरबहुत मञ्जुको खबर पाउँदै थिएँ, गुपचुप रुपमै भए पनि । तर आजकाल त वेखबर छु । के गर्दै होलिन् मेरी मञ्जु ? कस्तो होला उनको दैनिकी ? मलाई अझै सम्झँदै होलिन् कि बिर्सिसकिन् होला ? यदि फेरी कहिँ कतै भेट भैहाल्यो भने मसँग बोल्छिन् होला कि तर्केर हिड् छिन् होला ? देख्दा पनि नदेखे जस्तो पो गर्छिन् कि ? निको भैसकेको उनको घाउ भेटघाटले बल्झाई दिने पो हो कि ? मेरो घाउ त कहिल्यै पनि निको नहुने रहेछ । मञ्जुलाई बिर्सन त अर्कै जन्ममा भए मात्र, यो जुनिमा त असम्भव भो । मसँग के छैन आज, सबथोक छ । मलाई धेरै माया गर्ने श्रीमति छिन् । काखमा ३ बर्षे कल्कलाउदो छोरो छ । छात्रवृतिमा राम्रो विश्वविद्यालयमा पढ्न पाएको छु । ३ जनाको सानो परिवार जेनतेन धान्नलाई आर्थिक समस्या पनि खासै छैन । अब त अध्यायन पनि सकिन लाग्यो । छिट्टै एउटा सानो जागिर पाएँ भने भावी जीवन पनि सजिलै बित्ला । तर किन मलाई के के नपुगे जस्तो, के के बिगारे जस्तो भैरहन्छ ? किन अघि पछि उनकै छाँया मात्र घुमिरहन्छ ? किन श्रीमति र छोरोको विचमा ओछ्यानमा पल्टदा पनि उनको सम्झना मै छर्लङग उज्यालो हुन्छ ? किन बितेको बिगत फिल्मको रिल झैं घुमेको घुमै गर्छ? न त हामी विगतमा नै जान सक्छौं, न त विगतको गल्तिलाई सच्याउन नै । यो सर्वसत्य कुरा थाहा हुँदा हुँदै पनि यो मन किन मानिरहेको छैन? यो सब किन भईरहेछ ? यी प्रश्नहरुको उत्तर मसँग छैन । सायद मञ्जु सँग पनि त छैन होला । जानाजान भएको गल्तिको कुरा अर्कै हो । अञ्जान मै यति ठूलो गल्ति होला भन्ने मैले कसरी सोच्नु ? जब मैले तथ्य कुरा बुँझे, समय धेरै अगाडि गैसकेको रहेछ मञ्जु । म फेरी फर्कन सकिन, मलाई माफ गर । मैले अरु कसैलाई बचन दिईसकेको थिएँ, तिमीले मनको वह मसँग पोख्ता । त्यो रात मैले धेरै सोचें । एकमन त तिमीसंगै जीउन अरु सब कुरा त्यागिदिऊँ जस्तो पनि कहाँ नलागेको थियो र ? तर फेरि सोचें, त्यसो गर्दा पनि त अर्को एक जनाको जीन्दगी त बर्बाद हुन्थ्यो नि । बरु तिमी त धेरै परिपक्क छौ, तिम्रो मन त ठूलो छ, अनि तिम्रो मायाले त फलामको मुटु भएकोलाई पनि पगाल्न सक्छ । जोसँग जीवन बिताउनु परे पनि तिमीले सब कुरा मिलाउन सकिहाल्छेउ नि । भनिन्छ, असल आईमाई भएको घरलाई बनाईरहनु नै पर्दैन आफैं बन्छ । त्यही सोचेर नै म तिम्रो अँगालोबाट टाढिने कष्ट गरें । यस्तो निर्णय गर्न मलाई कति छट्पटी भएको थियो ? आँखाबाट झरेका आँसुका बलिन्द्र धाराले पुरै सिरानी भिजेको थियो । रुँदारुँदा घाटीँबाट थुक पनि निल्न नसक्ने भएको थिएँ । मञ्जु ! म यो जुनिमा तिम्रो हुन सकिन, तिमी मेरी हुन सकिनौ । यस्मा तिम्रो कुनै गल्ति छैन । नजानिकनै गल्ति त सब मबाट भएछ । मैले तिम्रो मनलाई पढ्न सकिनछु । मलाई माफ गर है । आसा छ, तिमी जस्तो विशाल ह्रदय भएको मानिसले अबश्यै माफी दिनेछौ । अहिले तिमी जहाँ भएपनि राम्रो होस्, शुभ होस् । सम्पूर्ण खुशिले सुसज्जित भएको सुन्न पाउँ, यहि नै मेरो कामना छ सदा-सदाका लागि, अन्त सम्म, मेरो शरिरमा सास रहुन्जेल सम्म । क्रमश:
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 06-15-05 7:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपालिएन जी, तपाईँलाई यो धागोमा स्बागत छ। हेर्नुस् न, कथा त लेख्दा लेख्दै लामो पो भयो-- पढ्नै २ घण्टा लाग्यो है? अझै पनि बाँकि नै छ। अन्य सबै साथीहरुलाई पनि प्रतिकृयाको लागि धन्यबाद। ----- ओके
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 06-15-05 7:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
OK jee its lengthy but its equally interesting. Keep in posting your inspiring atmakatha. Sometimes I feel sajha has become a good forum for guys traveling from village to outside world via kathmandu. If someone knows someones background ( poor) obviously nepali cultutered people try to discriminate such people. But when they come outside, nepali Rs doesnt matters and all the people from various backgrounds have to go same stage. They start to feel like what OK used to feel when he was in school. ANI TA BALLA BUDDI KO BIRKO KHULCHA. Not all but most of the people staying outside nepal obviously admire you OK.
|
|
|
u_day
Please log in to subscribe to u_day's postings.
Posted on 06-15-05 10:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
MANJU, malai pan maaf gara hai.
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 06-15-05 11:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यु-डे जी, कारण थाहा पाउन पाए हुने थियो--- किन नि तपाईँले मञ्जुसँग माफी मागेको? जे भे नि धन्यबवाद है, कथा पढेकोमा ---- ओके
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 06-16-05 7:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
(...बेलुका घरमा घनश्याम सरले सोध्नु भो "ओम! अब देखि तिमीलाई जे आवाश्यक पर्छ, अप्ठ्यारो नमानी मलाई भन है"। मैले पनि स्विकृतिमा टाउको हल्लाएँ।) मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड १५ मञ्जु र म प्राय: जसो सँगै हिड्थिउँ। स्कुल पनि सँगै जान्थेउँ, सबै घन्टी पढाई भका दिन सँगै फर्कन्थ्यौँ। तेहि स्कुलको गेटनेरको चौतारोमा पर्खन्थ्यौँ, एक अर्कालाई। हुँदाहुदाँ सँगै नभाको दिन, के के बिर्से जस्तो..., के के हराए जस्तो... लाग्थ्यो। खाना खान सँगै, घरमा पढ्न सँगै, हिड्न सँगै, खेल्न पनि सँगै। कहिले काँहि चाहिँ अलिक बढि नै जिद्दी पनि गर्थिन् मञ्जु पनि, कुनै कुनै कुरामा। यस्तो बच्चाको जस्तो अभिनय गर्थिन् कि उनलाई हाँस्न लगाउन मलाई निकै उटफटाङ जोक नै भन्नु पर्थ्यो। केटाकेटीपन न हो, म पनि कहिले काहिँ त झगडा गर्न खोज्थेँ। झट्ट आफैँलाई सम्हालेर आफूलाई आफ्नै ओहोदामा राख्थेँ र मञ्जुका कुराहरुमा सहस्र सहमति जनाउँथेँ। त्यो नै मेरो एकमात्र बिकल्प थियो। एकदिन मञ्जुको पेट मज्जाले दुखेछ। म रुखबाट घाँस झारेर आउँदा त आफ्नो खाटमा घोप्टो परेर पेट मिचिरहेकी रहिछिन्। "मेरो बुबा त सानोमा धामी हुनुहुन्थो रे खै त तिम्रो नारी छामेर के लागेछ भन्दिन्छु" भनेँ। उनले त साच्चै पत्याईछिन् । मैले उनको हात समाएर जिस्कने पाराले "ए तिमीलाई भाते रोग लागेछ, धेर भात खायो भने यस्तो हुन्छ" भनेको मात्र के थिएँ, उनको त रीसको पारो निकै चढेछ। नजिकै झ्यालको आग्लोले ट्वाङग टाउकामा हिर्काईन्। रगत बग्न थाल्यो। हत्त न पत्त कपास खोजेर ल्याईन् र मेरो घाउमा राख्दै मलिनो स्बरले भनिन् "ओम दाई, सरी ल! धेरै दुख्यो?"। "हैन, अलि अलि" जति नै दुखे पनि नदुखे जस्तो गरेँ । उनलाई मैले घनश्यामसरलाई पोल लगाउँछु र कुटाई खानु पर्छ भन्ने लागेको रहेछ। तर मैले कसैलाई केहि पनि भनिन, कारण मञ्जुका घरको कसैसंग पनि नराम्रो हुनु भनेको मेरो बिगतको यात्रामै फर्कनु थियो। । यस्ता घट्ना त कति भए कति... हाम्रा ति रमाईला दिनहरुमा, जस्को सम्झनाले आजका रातहरु पनि झिमिक्क नगरी कट्छन्। दिनहरु बित्दै गर्दा म पनि मञ्जुको घरमा बस्न बानी पर्दै गएँ। सबै अप्ठ्याराहरु हराउँदै गए। बिहान बेलुका काम सघाउँथे। मकैको थाङ्ग्रो हाल्ने, घान काटेर बिटा लगाको दिन धान बोक्न जाने, भिरमा गएर दाउरा बोकेर ल्याउने देखी लिएर रुखमा चढेर घाँस झार्ने काम गर्थेँ। "यो गर या यो नगर" भनेर त कसैले पनि भन्दैनथ्यो तर पनि आफुले देखेको काम गर्दा कसैले रोक्तैनथ्यो पनि। हर्केलाई रुखमा चढेर घाँस झार्न डर लाग्ने रहेछ। शुरुसुरुमा त मलाई सानो जस्तो लागेर होला घनश्यामसरले रुख नचढ भन्नु हुन्थ्यो, तर पछि पछि चाहिँ मैले सजिलै सकेको देखेर केहि पनि भन्नु भएन। बिस्तारै बिस्तारै म घनश्याम सरको घरमा यस्तरी घुलमिल भएँ कि बाहिरबाट आउनेले एकै परिबार भनेर भन्थे। कसै कसैले त मञ्जुको ममीलाई २ जना छोराछोरी पनि कस्तो बेग्ला बेग्लै अनुहारका भनेर सोध्थे रे! बेलुकाको खाना खाने बेलामा यस्ता कुराले हामी सबै कति धेरै हाँस्थेउँ। मञ्जुले त कति पटक भात सर्काएर आलसतालस पनि भएकी थिईन् त्यस्ता कुरा सुन्दा। क्रमश:
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 06-16-05 7:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
२०४४ साल बैषाख १० गते बिहिबार दिउँसोको टिफिन टाईममा मञ्जु र म बिहिबारे हाट हेर्न भनेर निस्किँयौ। स्कुलबाट २/३ मिनेटको दुरीमा नै थियो हाटलाग्ने ठाँउ। मञ्जुले हाटमा २ बटा सेलरोटी किनिन् १ रुपैंया ५० पैसामा। पुरानो कपिको पन्नामा बेरेर हामी नजिकैको पिपलको चौतारोमा बसेर खाँयौँ। १ बजेको स्कुलको घन्टी पनि लाग्यो। हामी आ-आफ्ना क्लासतिर लागेउँ । म क्लासमा पस्न मात्र के लागेको थिएँ, स्कुलको पाले दाईले बोलायो "ओम, तिमीलाई मान्छे भेट्न आको छ। अफिसमा बसिराछ, जाउ"। मेरो घर नजीकैको अलि परको दाई पर्ने "पल्लाघरे जेठो" पो रहेछ। "ओम, तँसँग एउटा कुरा गर्नु छ, एकछिन् यता आईज त" भनेर हात समाउदै स्कुलको पछाडि पट्टि लाग्यो। हिजोँ बेलुकी मेरो हजुरआमा गोठसम्म पुगेर गाईभैंसीलाई घाँस हालेर आउँछु भनेर सकिनसकि जानु भएछ। आमा मकै गोड्ने खेताला जानु भाको थियो रे। हजुरआमा गोठको माथ्लो गराबाट धर्मरिएर लड्नु भएछ। उठाउने कोहि पनि भएनछन्। १ घन्टा जति पछि बहिनी बाख्रा चराएर ल्याउँदा त रगतपच्छेल भएर लडिरहनु भएको थियो रे। बहिनीले पनि केहि गर्न नसकेर "गुहार" भनेर कराईछ। गाँउका अरु मानिसहरु जम्मा भएर घर लगेछन्। तर ८० बर्ष नागिसकेको बुढो शरिर तेहि निउँमा आजबिहान सप्तऋषि झुल्किनु भन्दा अलिक अगाडि हामी सबैलाई छोडेर नफर्कने बाटो लाग्नु भएछ। १३ दिन सम्म हजुरआमाको काजकृयामा आमा पनि बस्नु पर्ने भएकोले घरको अन्य सबै कुराहरु स्याहार-संहार गर्न मलाई लिएर आउनु भनेर आमाले पठाएको रे। "पल्लाघरे जेठो" का कुरा सुनिरहँदा मेरा आँखा पुरै रसाएर आए। "तेत्रो बर्ष हजुरआमाकै न्यानो मायामा हुर्किएर अन्तिम समयमा उहाँको अनुहार सम्म हेर्न पाईन" आफैँलाई पश्चाताप लाग्यो। सायद मान्छेलाई पर्ने दु:खको मात्रा बढ्दै जाँदा उस्को सहने क्षमता पनि बढ्दै जाँदो रहेछ क्यारे, हजुरआमाको बिछोडको कुरा सुनिरहँदा पनि म डाको छोडेर चाहिँ रुईन। "पल्लाघरे जेठो"लाई "एकछिन् पर्ख है त दाजु" भनेर सरासर मञ्जुको कक्षाकोठातिर गएँ। कक्षाको ढोकामा गएर मञ्जुलाई हातको ईसाराले "बाहिर आउन" भनेर बोलाएँ। मञ्जु पनि "सर म ट्बाईलेट गएर आँउछु" है भनेर बाहिर निस्किन्। मञ्जुलाई "मेरो घरमा जरुरी काम प-यो रे ! म १०/१५ दिन पछि आँउछु है । घनश्याम सर, ममी, हर्के सबैलाई २ हप्ता पछि आँउछ रे भन्देउ ल?" भनेर हिड्न लागेँ। मेरा रसाएका आँखाहरु देखेर होला निकै अतालिएर "के भयो?" भनेर कारण त सोध्दै थिईन् मञ्जु, तर पनि आईमाईको मन तेसै पनि भाबुक र नरम हुन्छ, त्यसमाथी मञ्जु त दु:खको सन्सारबाट टाढै छिन्, त्यस्तो कुरा भन्दा उनलाई बढि चोट पुग्छ भन्ने सोचि "त्यस्तो केहि हैन, म जानु पर्ने भयो रे क्या!" भनेर सकिनसकि अलिकति हाँसेजस्तो अभिनय गरेँ, ताकी मञ्जुलाई कुनै कुराको पनि शंका नलागोस्। "पल्लाघरे जेठो" र म बाटो लाग्दा मञ्जु पनि हामीलाई हेरेर टोलाईरहेकी थिईन्। साझाल्यान्ड, २ असार, २०६२
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 06-16-05 7:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 06-21-05 6:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओइ ओके दाई, हामी सँग पनि १०-१५ दिन बिदा मागेको हो र? मञ्जु सँग जस्तै? भएन यार यो त। पस्कनु पर्यो अरु पनि छिट्टै। :) -भउते
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 06-30-05 5:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै त नि बिट मारेको कथालाई?
|
|
|
Kedar_Sharma
Please log in to subscribe to Kedar_Sharma's postings.
Posted on 06-30-05 6:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओके जी तपाईँ त हराउनु भयो यार। लेख्नुहोस् न हौ।
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 06-30-05 6:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साथीहरु, के गर्नु हेर्नुस् न ! मलाई पनि छिटै छिटँ लेख्न पाए हुन्थ्यो भन्ने काहा नलागेको हो र? तर पनि खै कहिले के हुन्छ कहिले के । नेपालीमा एउटा उखान छ नि ... के जातिको काम पनि छैन फूर्सद पनि छैन भने जस्तो भैराछ, यो जागिर खोज्ने चक्करले गर्दा । तर पनि आसा छ म छिट्टै नै यो कथालाई नियमितता दिन पाउने छु। ----- ओके
|
|
|
raayann
Please log in to subscribe to raayann's postings.
Posted on 06-30-05 6:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ.के. ओ.के. पहिला जागिर को मेसो मिलाउनोस अनि आरामले कथा सुनाउनोस हामि प्रlथना गर्?छौं तँपाईलाई राम्?रो जागिर मिलोस l ओके गुडबाई.... ;)
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 07-06-05 12:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साथिहरु, कथा लेख्नलाई अति नै ढिलो भकोमा क्षमा माग्दै, आज एउटा भाग पस्कँदै छु। --- (..."के भयो?" भनेर कारण त सोध्दै थिईन् मञ्जु, तर पनि आईमाईको मन तेसै पनि भाबुक र नरम हुन्छ, त्यसमाथी मञ्जु त दु:खको सन्सारबाट टाढै छिन्, त्यस्तो कुरा भन्दा उनलाई बढि चोट पुग्छ भन्ने सोचि "त्यस्तो केहि हैन, म जानु पर्ने भयो रे क्या!" भनेर सकिनसकि अलिकति हाँसेजस्तो अभिनय गरेँ, ताकी मञ्जुलाई कुनै कुराको पनि शंका नलागोस्। "पल्लाघरे जेठो" र म बाटो लाग्दा मञ्जु पनि हामीलाई हेरेर टोलाईरहेकी थिईन्।) मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड १६
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 07-06-05 12:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड १६ हजुरआमाको काम भरी सबैकाम आफैँले भ्याएर भाईबहिनी दुबैलाई स्कुल पठाएँ। नत्र अरु बेला त पालो गरेर जान्थे। दुबैजना कक्षा ३ मा पढ्थे त्यतिबेला। पढाई चाहिँ दुबैको राम्रो हुन पाएन। भाई चाहिँ अलिक रोगी, सानो जेहडाको भएर धेरै गाली गरेर पढ् भन्न पनि मन लागेन, बहिनी चाहिँ पटक्कै ध्यान नदिने। हुन त पढ्ने वातावरण पनि थिएन। घरमा आए पछि किताब पल्टाउन पाउने हैनन्, स्कुल पनि पालो गरेर जानु पर्ने। हजुरआमाको काममा बस्ता आमाले भैँसी दुहुन नहुने हुँदा अब कस्लाई बोलाई रहने सँधैँ भनेर मैले आफैंले कोसिस गरेँ। सुरुमा त कम्ता डर लागेको थिएन तर गोरा भैंसी दैब जस्तै सोझो थियो, जस्तै गरी दुहुए पनि मान्ने। मैले ४/५ दिनमै राम्रोसँग सिकेँ। १३ दिने काम सकेका दिन सबै मानिस जम्मा भएको मौका पारेर हजुरआमाको नाममा राखेको बुढ्यौली बारी पनि सबै अंशियार छोराहरुलाई बाँडेपछि त हाम्रो आम्दानीको स्रोत त झन् घट्यो। अब चाहीँ निकै नै गाह्रो पर्न लागेकोले त्यसदिन बेलुका अब के गर्ने भनेर घरमा आमाछोराले निकैबेर सल्लाह गरेउँ। फेरी घनश्याम सरकोमा बस्दा मैले घरबाट केहि पनि सामान नलानु पर्ने भएकोले त्यति धेरै गाह्रो पर्दैन कि भन्ने कुरा पनि भयो। अब केहि समय हेरौँ, के कसरी चल्दो रहेछ भन्ने निष्कर्षमा हामी पुगेउँ। १५ दिन पछि म फेरी मञ्जुको घरमा बस्न थालेँ। तारामार्फत मञ्जुले सबै थाहा पाईछन्। उनको घरमा पनि कुरा भएछ। सुरुमा त "मलाई किन नभनेको?" भनेर मञ्जु एकपटक त रिसाईन् पनि। मैले "तिमीलाई पिर लाग्ला" भनेर नभनेको भनेपछि उनले पनि केहि भनिनन्। आमा र घरको परिस्थितिमा परिवर्तन नभए पनि मेरो आफ्नो जीवन चाहिँ धेरै नै सहज बन्दै गयो। कक्षा ७ बाट ८ मा जाँदा र कक्षा ८ बाट ९ मा जाँदा दुबै पटक धेरै नै अन्तरले म स्कुल फष्ट भएँ। धेरै जनाको स्याबासी पाएँ। अब त म स्कुलभरी, रामपुर गाँउभरी नै निकै प्रख्यात भैसकेको थिएँ। नचिन्ने कोहि पनि थिएनन्। सबैले आफ्ना छोराछोरीलाई मेरो उदाहरण दिन्थे। एकादुई बाहेक मेरो बिरुद्दमा लाग्ने कोहि पनि थिएनन्। स्कुलमा पनि प्यारो, मञ्जुको घरमा पनि प्यारो, गाँउकै प्यारो। अब त हुँदा हुँदा साथिहरुका बुबाममीले पनि "ओमलाई आज बोलाएर लिएर आउनु है" भन्नु भा छ भनेर साथीहरुले स्कुलमा मलाई उनिहरुकै घर जान कर गर्थे। "ओम दाई, जान त जानु, बासै बस्ने गरी चाहीँ नजानु ल। तपाई यहाँ नहुँदा मलाई कस्तो पढ्नै मन लाग्दैन के!" मञ्जुको गुनासोलाई ध्यानमा राखे पनि सधैं चाहीँ उनले भनेजस्तो गर्दिनथेँ। साथीहरुले बोलाउँदा उनीहरुको घरमा जान्थेँ, अनि उतै बस्थेँ राती पनि कहिले काहिँ। मञ्जु पनि आफ्नो क्लासमा फष्ट भईन् दुबै बर्ष, जस्ले मेरो बसाईलाई झनै सहज बनायो। घनश्यामसरले त आफ्नै घरको सदस्य जसरी ब्यबहार गर्नुहुन्थ्यो। घरका मानिसलाई कपडा किन्दा होस् या केहि कुरा किन्दा मलाई पनि सम्झनु हुन्थ्यो। मञ्जुलाई जस्तो खाजा खान भनेर पैसा नै त दिनु हुन्नथ्यो, तर पनि मञ्जुलाई दिएको पैसा नै मलाई दिएको बराबर नै थियो। मञ्जुले कहिल्यै पनि केही किन्दा वा खाँदा मलाई छुट्याउँदैन थिन्। मैले पढ्नको लागि चाहिने किताब, कपी, कलाम, मसी केहिको पनि कहिल्यै अभाव महसुस गर्नु परेन। जन्म दिने वुबाको मायाबाट सानैमा बञ्चित हुनु परे पनि घनश्यामसरले एककिसिमले बुबाकै रोल खेल्नु भो। ती २ बर्षहरु मेरा जीवनका अति नै सुखी बर्षहरु थिए। मेरो लागि मात्र नभएर शिक्षक कोटाका उसिनेका चामल (बगडा), जुन अरु चामल भन्दा धेरै नै सस्तो पर्थ्यो, ओखल्ढुङगा सदरमुकाम गएर ल्याउँथे आफ्नो घरको लागि घनश्यामसरको नामबाट। अनि गाँउका हुनेखानेसँग गहुँ र गहत साटेर धेरै छाक पार्थेम। घरमा पनि जेनतेन काम चल्दै गयो। क्रमश:
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 07-06-05 12:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
२०४५ साल भदौको पहिलो हप्ता २ महिने बर्षे बिदा पछि फेरी स्कुल जाने तयारीमा थिएँ। ५ गते आईतबार बिहान संसाझैको भुकम्पले हाम्रो त्यो पुरानो घरको पछाडि पट्टिको गारो लड्यो। मुसाले खनेर कमजोर बनाएको ढुङ्गामाटोको चरलाई धक्का दिँदा चुलिको २ बटा झ्याल जति भाग पछाडि उछिट्टियो। भुकम्प जाँदा भाई र बैनी घरमै सुति रहेका थिए। आमा पानी लिन जानु भाथ्यो। म गोठमा धन्दा गर्न निस्केको थिएँ। सिमसिम पानी परिरहेको थियो। धन्न भाईबैनिलाई चाहिँ केहि भएनछ। त्यो हप्ता नै म स्कुल गईन। गाँउमा क-कस्को घर भत्केको छ सबैको टिपोर्ट गर्नलाई भनेर तत्कालिन पञ्चायती ब्यबस्थाका शाषकहरुले नरबहादुर साहुलाई जिम्मा लगाएछन्। भोलिपल्ट यो कुरा सुनेर म पनि केही सहयोग पो पाईन्छ कि भनेर नरबहादुर साहुको घर गएँ। साहुले "दिउसो भात खाने गरी हेर्न आँउछु" भन्यो। मेजमान सहित ख्बाउनु पर्थ्यो र हामीले पनि सकेजति खुशि पार्न खोजिउँ। साहुले यसो पछाडि गएर हेरे जस्तो गरेर "ए, तिमर्को घर त धेरै लडेको रैनछ, केहि सहायता मिल्दैन" भन्यो। तैपनि हामीले निकै जुम्लाहात गरेर सहयोगको भिक मागेउँ। "ल म भनसुन गरी दिउँला" भनेर आफ्नो बाटो लाग्यो। होला जस्तो त लागेको थिएन तर पनि केही सहयोग मिले चाहिँ हुन्थ्यो भन्ने मनमा लागिरह्यो। अब कसरी त्यो घर बनाउने भन्ने कुरा गर्यौँ, आमाछोराले। फेदैदेखि बनाउन त सकिदैन, तेहि भत्केको ठाउँमा मात्र टाल्ने कुरा भो। त्यो हप्ता म स्कुल नगैकन सबै परिवार मिलेर त्यो घर बनाउन लाग्यौँ। भाई र बैनिले छेउकै सानो खोल्सामा गएर १/१ बटा गर्दै ढुंगा ओसारे, पुराना ढुंगाले नपुग्दा। आमाले माटो मुछ्नु भो। मैले नजाने पनि यसो टालटुले पाराले घरको भत्केको ठाँउमा गारो लगाएँ। राम्रो त भएन तर पनि माटोले टालटुल गरेर काम चल्ने बनायौँ। पछि थाहा भयो, गाँउका हुनेखानेहरुका नाममा बैँकबाट रीन र सहुलियत लिएछन् ठूलाबडाहरुले। पछि बहुदल आएपछि सबैको रीन पनि मिनाह भो। एकादुई गरीबहरुले पनि पाए रे थोरबहुत सहायता, तर हामीले चाहिँ केहि पनि पाएनौ। सायद पहिला नरबहादुर साहुले रीनमा गेरको असफल छलकपटको बदला लिएछ क्यारे भन्ने लाग्यो। यो कुरा थाहा पाए पछि त मलाई साँच्चैनै गाँउका ठूलाठालु सँग बिद्रोह गर्ने बिचार खेल्न थाल्यो। बदलाको भावना बिकसित हुँदै गयो। तर पनि मैले के नै गर्न सक्थेँ र? मेरो त्यो बालयुबा जोसमा उनिहरुका बिरुद्द केहि गरेर देखाउने र बदला लिने भावना चाहिँ क्रमिक रुपमा बढ्दै थियो। साझाल्यान्ड, २१ असार, २०६२
|
|
|
Aloneguy27
Please log in to subscribe to Aloneguy27's postings.
Posted on 07-06-05 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मन्जु मलाई पनि माफ गर! माफ माग्नु पर्ने कुनै कारण नभऐ पनि! नेपाल छोडेको नि ४ वर्ष नाग्यो!
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 07-06-05 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओके दाइको अर्को भाग आएर लुकिसक्यारे'छ, झण्डै छुटेको। यी ओके दाइ किन सिभिल ईन्जिनियरिङ तिर पसे भन्या त, सानैदेखि गार्हो सार्हो लाउँन सिकेका रे'छन्। Brick Lying मा कति हानियो?
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 07-07-05 7:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एलोनगाई२७ जी, तपाईँको उमेर २७ बर्षमात्रै हो र? म भन्दा तपाईँ अलिक सिनियर जस्तो लाग्छ, पुल्चोकमा। कि मैले बिराएँ? भउतेजी, Brick Laying मा त फुलमार्क नै ठोकियो नि होउ। *** मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड १७ हामी गाउँका तन्नेरी र केटाकेटी मिलेर प्रत्येक दशैँको सप्तमीका दिन देउरालीमा नाटक देखाउँथिउँ, टुकि बत्तिको उज्यालोमा। गाँउको अलिक पढेलेखेको र जान्ने सुन्ने भकोले त्यसबर्षको नाटकको सबै जिम्मा मलाई दिए। गाँउका प्राय:जसो मानिसहरु धर्ममा बिश्बास गर्ने भएकोले धार्मिक नाटकलाई नै सबैले मन पराउँथे। बितेका २/३ बर्षमा रामायण, राजा हरिश्चन्द्र र दुर्गा भवानी देखाईसकिउँ। ति नाटकहरुमा मैले कलाकारको रूपमा मात्र खेलेँ। यसपाली चाहीँ सबै काम मैले नै गर्नु पर्ने भो। कस्तो नाटक देखाउने भन्ने कुराको जिम्मा पनि मलाई नै दिईयो। "मञ्जु! यसपालीको दशैँमा नाटक देखाउने भनेर सबै कामको जिम्मा मलाई दिएका छन् गाउँका साथीहरुले। तर खै कस्तो नाटक देखाउने भनेर द्विबिधामा छु म त" स्कुलबाट सँगै फर्कँदा सबै साथिहरु छुटेपछि मैले मञ्जुसँग आफ्नो मनमा खेलिरहेको कुरालाई सेयर गरेँ। "दाई, नाटक!, मलाई त नाटक खुब मन पर्छ नि! अनि दाई कस्तो नाटक देखाउनु हुन्छ?" गालामा परेको सानो खाल्टोको चमकसँगै मञ्जुको जिज्ञासा हतारमै प्रकट भो। "त्यहि त सोचिरा म पनि। तिमी भन त कस्तो नाटक ठीक होला?"। "मलाई त के थाहा? तपाईँले लेख्नुस् न है! " उनले पनि मलाई नै जिम्मा दिईन्। मञ्जुसँगै घर पुग्दा नपुग्दै मञ्जुको हाउभाउसँग मेरो गाँउका दिदी बहिनीसँग अनयासै तुलना भयो। मनमनै गुनेँ, "सायद हाम्रो गाँउका दिदीबहिनीले पनि पढ्न पाउने हो भने त मञ्जु जस्तै हुन सक्थे होलान् नि। बिचाराहरु घाँस र दाउरा गर्दै ठीक छ। फेरी हाम्रो गाँउमा ठूलाबडाले गरेको थिचोमिचो पनि त नाटकको राम्रो कथा बस्तु बन्छ नि।" मेरो दिमागमा यिनै कुराहरुलाई समेटेर एउटा सामाजीक नाटक देखाउने बिचार आयो। १०।१५ दिन लगाएर एउटा सानो नाटक खेस्रा गरेँ "सत्यको विजय"। कथा पढेर मञ्जु त धेरै छक्क पर्थिन् र उनको मुखबाट धेरै पटक निस्कियो "यस्तो पनि हुन्छ र ओम दाई?"। कथाका पात्रहरुको काल्पनिक नाम दिएर गरिब करिब आफ्नै गाउँको परिबेश सुहाउँदो थियो नाटक। क्रमश:
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 07-07-05 7:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"ओम दाई, म पनि तपाईँले देखाउने नाटक हेर्न तपाईँको घर जाने है। म बुबाममीसँग पनि कुरा गर्छु नि।" घटस्थापनामा स्कुल बन्द हुनु भन्दा २ दिन अघि अकल्पनिय रूपमा मञ्जुको मुखबाट फुत्त निस्किएको यी दुई वाक्यहरुले मेरो मनमा ढ्याङ्ग्रो ठोक्यो। "आहा! मञ्जुले अब मेरो गरीबीको साँचो अनुहार आफ्नै आँखाले देख्ने भईन्। सुन्न त सुनेकी हुन अलिअलि त मेरो बारेमा, तरपनि सुनेको र आफ्नै आँखाले देखेकोमा त आकाश पतालको फरक भैहाल्छ नि। मेरो त्यस्तो कहालीलाग्दो निष्पष्ट अँध्यारोमा मञ्जु कसरी बस्न सक्लिन् एकै दिन भए पनि। अहँ हुन्न, जसरी भए पनि कुनै उपायले उनलाई रोक्नु पर्छ। बेकारमा जान्ने भर नाटकको कुरा गरेको नि मैले पनि" म त भित्र-भित्रै छट्पटिएँ। म नाजबाफ थिएँ। धेरै बेर सम्म पनि म बाट कुनै उत्तर नआएकोले मञ्जुले थपिन् "दाई, के म तपाईको घर जानु हुन्न र? मैले तपाईँले देखाउने नाटक हेर्न हुन्न र?"। अब चाहिँ मेरो कुनै बहानाको काम रहेन। "हुन्छ, किन नहुनु नि" यो भन्दा अर्को १ शब्द पनि निस्किएन मेरो मुखबाट। बेलुका भात खाँदा मञ्जुले सबैको अगाडि दशैँमा नाटक हेर्न मेरो गाँउ जाने कुरा गरिन्। शुरुमा त घनश्यामसरले "किन जानु प-यो तेत्रो टाढा" भनेर मान्नु भएन। ममीले पनि "छोरी, मेरो सानु, तिमीलाई गाह्रो हुन्छ, नजाउ ल" भनेर निकै फकाउनु भो। हर्केले पनि "मैया! हजुरलाई हिड्दा दु:ख हुन्छ, सवारी नहोस् है" भनेर हो मा हो मिलायो। म चाहिँ केहि नबोली बसेँ। मैले पो मञ्जुलाई जाउँ भनेर भड्काएको जस्तो मान्ने हुन कि भनेर भित्र-भित्रै डर लागि रह्यो। मञ्जुले खान ठिक्क पारेको गाँसलाई झ्बाट्ट थालमा फालेर थाललाई अगाडि पट्टि हु-याईन् र सुँक्क सुँक्क गर्दै तलामा चढिन्। घरमा सन्नाटा छायो। कसैले केहि पनि बोलेनन्। खाना खाईसक्ने बितिक्कै घनश्याम सर र ममी दुबै मञ्जु भको ठाँउमा जानु भो। म पनि पछि लागेँ। मञ्जु त उनकै खाटमा सिरानेलाई टाउको राखेर घोप्टो परेर रोईरहेकी रहिछन्। घनश्यामसरले मञ्जुको टाउकोमा हात राखेर कपाल सुम्सुम्याउँदै भन्नु भो "छोरी, नरोऊ उठ। यति छिट्टै रिसाईहाल्नु पर्छ त? तिमीलाई जाने मन छ भने हामी काहाँ रोक्छौँ र? तिमीलाई नै दुःख हुन्छ भनेर पो हामीले नजाउ भनेको नि"। घनश्यामसरको कुरासँगै मञ्जुको रुवाई पनि रोकिँदै गयो। "ओम, मञ्जुलाई राम्रोसँग लगेर ल्याईदेउ है" मञ्जुको कोठामा पस्ने ढोकाको एकापट्टी अढेस् लागेर अँध्यारो मुखले बसिरहेको म तिर फर्केर घनश्यामसरले भन्नु भो। "भैहाल्छ नि सर। म सप्तमीका दिन बिहान लिन आँउछु, अनि अष्टमीका दिन बिहानै ल्याईदिन्छु, हुन्न र सर?" मैले यसो भनि नसक्दै मञ्जु खाटबाट उडेर पहिलेको मुस्कानसँगै भनिन् "आहा! म पनि नाटक हेर्न ओमदाईको घर जाने!"। साझाल्यान्ड, २३ असार, २०६२
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 07-07-05 8:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन, कति पुल्पुल्याएर पालेका भुन्या त्यो मञ्जुलाई। हाम्लाई त काईँ कुईँ गर्यो भुने उल्टै ढुङ्ग्राले हानेर लखेट्नुन्थ्यो। :) -भउते
|
|