[VIEWED 131750
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-15-05 7:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके मेरो भन्नु: नेपाल छोडेको पनि आँउदो अगष्ट १२ तारिका दिन ठ्याक्कै ४ बर्ष पुग्छ । नेपालवाट पाईलो निकालेको दिन देखि फेरि टेक्न पाईएको छैन । काठमाण्डौमा हुदा सम्म त थोरबहुत मञ्जुको खबर पाउँदै थिएँ, गुपचुप रुपमै भए पनि । तर आजकाल त वेखबर छु । के गर्दै होलिन् मेरी मञ्जु ? कस्तो होला उनको दैनिकी ? मलाई अझै सम्झँदै होलिन् कि बिर्सिसकिन् होला ? यदि फेरी कहिँ कतै भेट भैहाल्यो भने मसँग बोल्छिन् होला कि तर्केर हिड् छिन् होला ? देख्दा पनि नदेखे जस्तो पो गर्छिन् कि ? निको भैसकेको उनको घाउ भेटघाटले बल्झाई दिने पो हो कि ? मेरो घाउ त कहिल्यै पनि निको नहुने रहेछ । मञ्जुलाई बिर्सन त अर्कै जन्ममा भए मात्र, यो जुनिमा त असम्भव भो । मसँग के छैन आज, सबथोक छ । मलाई धेरै माया गर्ने श्रीमति छिन् । काखमा ३ बर्षे कल्कलाउदो छोरो छ । छात्रवृतिमा राम्रो विश्वविद्यालयमा पढ्न पाएको छु । ३ जनाको सानो परिवार जेनतेन धान्नलाई आर्थिक समस्या पनि खासै छैन । अब त अध्यायन पनि सकिन लाग्यो । छिट्टै एउटा सानो जागिर पाएँ भने भावी जीवन पनि सजिलै बित्ला । तर किन मलाई के के नपुगे जस्तो, के के बिगारे जस्तो भैरहन्छ ? किन अघि पछि उनकै छाँया मात्र घुमिरहन्छ ? किन श्रीमति र छोरोको विचमा ओछ्यानमा पल्टदा पनि उनको सम्झना मै छर्लङग उज्यालो हुन्छ ? किन बितेको बिगत फिल्मको रिल झैं घुमेको घुमै गर्छ? न त हामी विगतमा नै जान सक्छौं, न त विगतको गल्तिलाई सच्याउन नै । यो सर्वसत्य कुरा थाहा हुँदा हुँदै पनि यो मन किन मानिरहेको छैन? यो सब किन भईरहेछ ? यी प्रश्नहरुको उत्तर मसँग छैन । सायद मञ्जु सँग पनि त छैन होला । जानाजान भएको गल्तिको कुरा अर्कै हो । अञ्जान मै यति ठूलो गल्ति होला भन्ने मैले कसरी सोच्नु ? जब मैले तथ्य कुरा बुँझे, समय धेरै अगाडि गैसकेको रहेछ मञ्जु । म फेरी फर्कन सकिन, मलाई माफ गर । मैले अरु कसैलाई बचन दिईसकेको थिएँ, तिमीले मनको वह मसँग पोख्ता । त्यो रात मैले धेरै सोचें । एकमन त तिमीसंगै जीउन अरु सब कुरा त्यागिदिऊँ जस्तो पनि कहाँ नलागेको थियो र ? तर फेरि सोचें, त्यसो गर्दा पनि त अर्को एक जनाको जीन्दगी त बर्बाद हुन्थ्यो नि । बरु तिमी त धेरै परिपक्क छौ, तिम्रो मन त ठूलो छ, अनि तिम्रो मायाले त फलामको मुटु भएकोलाई पनि पगाल्न सक्छ । जोसँग जीवन बिताउनु परे पनि तिमीले सब कुरा मिलाउन सकिहाल्छेउ नि । भनिन्छ, असल आईमाई भएको घरलाई बनाईरहनु नै पर्दैन आफैं बन्छ । त्यही सोचेर नै म तिम्रो अँगालोबाट टाढिने कष्ट गरें । यस्तो निर्णय गर्न मलाई कति छट्पटी भएको थियो ? आँखाबाट झरेका आँसुका बलिन्द्र धाराले पुरै सिरानी भिजेको थियो । रुँदारुँदा घाटीँबाट थुक पनि निल्न नसक्ने भएको थिएँ । मञ्जु ! म यो जुनिमा तिम्रो हुन सकिन, तिमी मेरी हुन सकिनौ । यस्मा तिम्रो कुनै गल्ति छैन । नजानिकनै गल्ति त सब मबाट भएछ । मैले तिम्रो मनलाई पढ्न सकिनछु । मलाई माफ गर है । आसा छ, तिमी जस्तो विशाल ह्रदय भएको मानिसले अबश्यै माफी दिनेछौ । अहिले तिमी जहाँ भएपनि राम्रो होस्, शुभ होस् । सम्पूर्ण खुशिले सुसज्जित भएको सुन्न पाउँ, यहि नै मेरो कामना छ सदा-सदाका लागि, अन्त सम्म, मेरो शरिरमा सास रहुन्जेल सम्म । क्रमश:
|
|
|
|
kalo_bhale
Please log in to subscribe to kalo_bhale's postings.
Posted on 05-10-05 6:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Roll no 1 , Hajir........
|
|
|
harkedai
Please log in to subscribe to harkedai's postings.
Posted on 05-10-05 6:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Kedar daju, ma risaune ta kurai chaina ni. Tara yeuta problem cha, technical problem, not with the download but with my computer. Tesaile, daju aba harkeDai le nepali font ma type garne alik pachi matra ho. Tesko laagi ma chyama maagchu. OK daju ramro cha. Malai dherai ramro laagyo. Commet pass gardai garchu ni daju. Don't mind if u don't c my comment very often hai.
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 05-10-05 6:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) बल्ल आँखा रसाउन छाडे मेरा। कसरि चिटिक्क मिलाएर लेख्न जान्या यो ओके दाईले। तपाईँको लेखाइ पनि मञ्जुको गालाको खाल्टो जस्तो चिटिक्कको छ यार। फेरि अर्को भागको प्रतिक्षामा। :) सारु
|
|
|
kalo_bhale
Please log in to subscribe to kalo_bhale's postings.
Posted on 05-10-05 6:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
K ho saru, sajha ma chat garna parne........sajha ma post garya garyai chha.........messenger bata malai chai delete handiya ho ki kya ho ki block garya?
|
|
|
Dada Giri
Please log in to subscribe to Dada Giri's postings.
Posted on 05-10-05 9:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>आफुलाई मेरो जिउको फोहोर खाटमा लाग्ला भन्ने कति पीर थियो। :) Present Sir!
|
|
|
rickynepal
Please log in to subscribe to rickynepal's postings.
Posted on 05-10-05 9:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आब बळ्ल कथाले नया mode liye jasto chha!!
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 05-11-05 7:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केहि बोलम् भने कथाको मिठासमा मेरो बोलीको तीतोपन लाग्ला भन्ने डर। :)
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 05-11-05 7:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै भाग थुप्रिएर बसेको रैछ, एकै चोटिमा पढियो। दामी छ, दामी छ। अरु आवोस्।
|
|
|
hancyguy
Please log in to subscribe to hancyguy's postings.
Posted on 05-11-05 8:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 05-11-05 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो भन्या कति मिलाइर लेख्या होला मुहारमै चमक आुने पढ्दा पनि । :०))
|
|
|
rickynepal
Please log in to subscribe to rickynepal's postings.
Posted on 05-11-05 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
great !!! kasto milayera lekeko hola !!
|
|
|
kalo_bhale
Please log in to subscribe to kalo_bhale's postings.
Posted on 05-11-05 3:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Khoi arko bhag aauna lagena bhanya?
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 05-11-05 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'मलाई त क्या उकुसमुकुस भो, तत्रो खाजा देख्दा।' सँ।चै होला त? कस्?तो चसक्?क विझायो भन्?या । :) OK JI I am amazed by your skill in telling the story in such a simple yet profound way. What a brilliant writer you are and how good a life story we are privileged to read in sajha.
|
|
|
Raru
Please log in to subscribe to Raru's postings.
Posted on 05-12-05 4:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 05-13-05 1:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लास्ताँ हाजिर है।:०) निर्माण
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 05-13-05 6:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
("सधैँ...." मैले अचम्म मानेर सोधेँ। "ल भन्नुस् न ओम दाई, प्लिज ल भन्नुस् न। ओम दाई ल भन्नुस् न।" उनको बिनम्रताको मात्रा झन् बढ्दै गयो "भरे बुबा ममीले सोध्दा पनि हुन्छ भन्नुस् है!"। साझाल्यान्ड) मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड १२ मञ्जु चाहिँ कोठामा बसेर पढिरहिन्। म चाहिँ बाहिर तिर यसो हेर्नु परो भनेर तल झरेर बाहिर निस्केँ, मञ्जुलाई 'म एकछिन् बाहिर तिर निस्कन्छु है' भनेर। हर्के पनि आयो, एक भारी घाँस लिएर। 'भेडा-भेडासँग बाख्रा-बाख्रासँग' भने झैँ मलाई त त्यो हर्केसँग पो गफ गर्न मन लाग्यो। सबै कुरा सोधेँ उस्लाई। उ त भैसीँ पाल्नको लागि गोठालो बसेको रहेछ, घनश्याम सरको घरमा। हली काम पनि उसैले गर्दोरहेछ। १ हल गोरु, २ बटा लैना भैसीँ पालेर खेत जोत्न पनि भ्याउँदो रहेछ। बिचारा घर्तिको छोरो, सानै छँदा बाउ बितेछन्। १८ महिनाको छोरो छोडेर आमा पोईला गईछिन्। एक्लै बिचल्लि परेको रहेछ र पात्ले गाउँमा टाढाको मामा पर्नेकोमा बिजोकले साँढे चार बर्ष कटाएछ। घनश्याम सर गोरु किन्न भनेर पात्ले गाँउ जाँदा उस्को मामा पर्नेले उस्को बारेमा सबै कुरा सरलाई भनेछ । 'काम पनि गर्छ, खान पनि पाउँछ' भनेर सरले उस्लाई 'ल हिँड गोरु धपार' भनेर ल्याउँदा ६ बर्षको थियो रे। अहिले त उ लक्का जवान भैसकेको छ। काम गर्नु परे पनि राम्रो घरको दानापानीमा हुर्केकोले खाईलाग्दो पनि छ मोरो। पढेलेखेका घरमा बसेकोले यसो अक्षर पनि चिनेछ। चिठ्ठी पनि लेख्न र पढ्न सक्छ रे अलिअलि। 'यिनै मञ्जु मैया बाट सिकेको' भन्यो मैले तिमीले कसरी जानेको पढ्न लेख्न भनेर सोध्दा। एक किसिमले उ खुशि नै देखिन्थ्यो । 'भेट भरी खान पाकै छु, एक सरो लुगाले जीउ ढाकेकै छु, मलाई यहाँ भन्दा बढ्ता के चाहियो' भन्यो, कुरै कुरामा मैले कस्तो लागिरहेछ यहाँ बस्ता भनेर सोध्दा। साँझ पनि परो। सर पनि आउनु भो। सबैले खानपिन् गरिसकेर हामी ४ जना सुत्न भनेर फेरी तलामा चढ्यौँ। हर्के तेहि तल्लो तलाको बाहिरको खाटमा सुत्यो। भैसीँहरु राति फुक्ने हुदा रेखदेखको लागि बाहिरै सुत्ने गरेको रहेछ। मलाई चाहिँ पाहुना सुत्ने कोठा दिईने भो। मञ्जुको ममिले मेरो लागि ओछ्यान लगाईदिनु भो। मञ्जु आफ्नै कोठमा गईन्। सबैजना सुत्ने तरखरमा लागे। एकछिन् पछि घनश्याम सर र मञ्जुको ममी मेरो कोठामा आउनु भो। म खाटको एक छेउमा सरेँ। बिचमा सर बस्नु भो र अर्को छेउमा मञ्जुको ममी। सरले केहि कुरा गर्न लागे जस्तो लाग्यो मलाई। भित्र-भित्रै चाहिँ डर-डर लागिरहेको थियो। 'अनि ओम, घरमा को को छन् नि?' सरले मेरो बारेमा सोध्न थाल्नु भो। शुरुमा त के भन्ने के जस्तो लाग्यो, सबैकुरा भन्दा बा नराम्रो पो मान्ने हुन कि? तर पनि अब सरले नै सोधे पछि त सबै भको कुरा भन्छु भन्ने सोचेँ। सबै कुरा बताएँ, जे जे सोध्नु भो सप्पै। गएको भदौ र असौजमा स्कुल नआउनको कारण पनि बताएँ। शुरुमा त मञ्जु आफ्नै कोठामा थिईन् तर जब सर र मञ्जुको ममीले मेरो बारेमा सोध्न थाल्नु भो, मञ्जु पनि मेरो कोठामा आइन्। आएर ढोकाको छेउमा उभिईन् र कुरा सुनिरहिन्। एकछिन् पछि मञ्जुको ममीले मञ्जुलाई बोलाएर आफ्नै छेउमा बसाउनु भो। सरको र मेरो कुरा हुँदै थिए। मञ्जुको ममीले पनि बिचबिचमा अलिअलि कुरा सोध्नु भो, खास गरेर मेरो आमाको बारेमा कुरा हुँदा। मञ्जु पनि खुब चाख दिएर सुनिरहेकी थिईन्। क्रमशः
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 05-13-05 6:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरैबेरको गफगाफ पछि सरले 'ओम, त्यस्तो र छ तिम्रो घरमा पनि। पढाई राम्रो छ, तिम्रो। हाम्रै घरमा बसेर पढ न त। मञ्जुलाई पनि सिकाईदेउ। फेरी तिम्रो आमाले के भन्नु हुने हो?' भनेर हिँजो अस्ति मेरो अनुपस्थितिमा गरेको सल्लाहमा कुरा पु-याउनु भो। घनश्याम सरका यी कुरा सुनेर म त केहि बोल्न पनि सकिन। कस्तो कस्तो लागो, के भन्ने अब? सायद आजसम्मको जीवनमा मैले पाएको र सायदै भबिश्यमा पाउने सबभन्दा ठूलो सहयोगी बोली सुनेँ। म केहि पनि बोलिन। आँखामा हर्षका आँसु टिलपिल भरिए, झर्न चाहिँ दिन भित्रै लुकाएँ। म चुप लागेको देखेर होला मञ्जुको ममीले मञ्जुको पिठ्युँमा हार राख्दै भन्नु भो "यो मञ्जुले पनि धेरै कर गरी। गतहप्ता बाबुकी बहिनि रहिछिन् नि तारा, हो उनले बाबुको सबैकुरा सुनाई दिईछन्। घरमा आउँदा त कति पीर गरी। त्यो दिन त खाजा पनि खाईन। मसँग पनि नबोली आफ्नै पढ्ने कोठामा गएर बसि। बेलुका मञ्जुको बाबाले के भो मञ्जुलाई भनेर सोधेपछि पो सबै कुरा थाहा भो, बाबुको बारेमा। हाम्रो त यहि एउटी छोरी बाबु! राम्ररी पढाउन मन छ। फेरी बाबुको पनि खुप राम्रो छ रे पढाई। दुबैजना दाजु बहिनी भर राम्ररी पढ्दा हुन्छ नि, यहि बसेर!"। मञ्जुको ममीको कुरा सुनेर मैले "मलाई त यो कति ठूलो सहयोग हो। हजुरहरुको यो गुन मैले कदापी पनि भुल्ने छैन। तर पनि मैले अगिनै भनि सकेँ नि, हाम्रो घरमा केहि पनि छैन, खानेकुरा ल्याउन पनि सक्तिन। भाडा तिर्ने पैसा पनि छैन। राम्रा कपडा पनि छैनन् लाउने। फेरी हजुरहरुको ईज्जतमा दाग लाग्ला भन्ने डर छ।" भन्ने बितिक्कै सरले "हैन हैन तेसो हैन। तिमीले केहि पनि ल्याउनु पर्दैन। एकै परिबार भर बसौँला। एकपटक आमालाई सोध, अनि बस्ने बन्दोबस्त मिलाउँला" भन्नु भो। 'हुन्छ नि त भोली आमालाई सोधेर हजुरलाई भन्छु नि' भनेँ। मञ्जुको अनुहारमा अत्याधिक खुसिका रेखाहरु नाच्न थाले। मञ्जुको ममी पनि खुसि हुनु भो। सरको अनुहारमा चाहिँ तेति धेरै परिबर्तन भको मैले पाईन, सायद घरको सम्पूर्ण जिम्मेबारी बहन गर्नेलाई मात्र थाहा हुने रहेछ क्यारे समस्याहरु पनि। मञ्जुले 'एउटा हिसाब सिकाई दिनु न!' भनिन्। जान्न त उनले पनि जान्दथिन् रे पछि थाहा पाएँ, तर पनि 'बुबा-ममीका अगाडि केहि पढे जस्तो गरेको देखायो भने मलाई उनकै घरमा बस्न बुबा-ममीले मान्नु हुन्छ' भनेर बहाना बनाएको रे। सबैजना सुत्न जानु भो, आफ्ना आफ्ना कोठामा। म पनि ओछ्यान् मा यसो ढल्किएँ। के निन्द्रा लागोस्? सोचाईका कुनै सिमा बाँकि रहेनन् । दुःख सोचेँ, सुख पनि सोचेँ। कालो बिगतको भूँवरीमा निसासिएँ, सुखद भबिश्यको कल्पनामा रमाएँ पनि। आमाका आँखाका आँसु सम्झिएँ, मञ्जुको अनुहारको खुसि पनि पढेँ। बुबाको बिछोडको दृष्य पनि आँखामा बिझाएँ, घनश्याम सरको अनुहारलाई पनि तेहि आँखामा अटाएँ। बहुसँख्यक भिडको सक्कली अनुहार सम्झेर आक्रोसको ज्बाला दन्कियो, एकादुई सज्जनको तस्बिरले आफैँलाई आभारी बनायो। सोचाईको मात्रा बढ्दै गयो "यो सन्सार सबै स्बार्थी र आफ्नो भलो मात्र खोज्नेहरुले भरिएको रहेनछ। गरीबहरुको रगत चुसेर थुपारेको अकुत सम्पतिबाट निस्केको रबाफले तिनै गरीबहरुको दरिद्रतामा खिसीका खित्का ओकल्नेहरुका भिडमा पनि घनश्याम सर जस्ता आफ्नै पसिनाले कमाएको सानो हिस्सा गरीबहरुको भलाईका लागि खर्चने मानिसहरु पनि रहेछन् यसै धर्तिमा। धन्य छ, यो मानब जीबनको सृष्टिकर्तालाई, जस्ले बहुसँख्यक दुष्टहरुको निर्माणमा खर्चिएको उस्को दिमागले एकादुएक सज्ज्जनलाई जन्माउने कष्ट पनि गरेछ"। सुत्दा सुत्दै हात छातिमाथि राखेर प्रण गरेँ "ओम! तैँले पाएको यो अवसरलाई राम्रोसँग सदुपयोग गरी आमाको आँखाबाट सदा सदाका लागि ति आँसुहरु बिदा गर्नु पर्छ। दिलोज्यानले भ्याए सम्म भाईबैनीहरुलाई कुनै पनि अबसर प्रदान गर्न चुक्नुहुन्न, बिषेश गरेर पढ्ने अबसर। घरश्याम सरको परिबारले लगाएको गुन सम्मानजनक रुपमा फिर्ता गर्नु पर्छ, तैंले।" साझाल्यान्ड, ३० बैशाख, २०६२
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 05-13-05 7:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
............<<<<<दुःख सोचेँ, सुख पनि सोचेँ। कालो बिगतको भूँवरीमा निसासिएँ, सुखद भबिश्यको कल्पनामा रमाएँ पनि। आमाका आँखाका आँसु सम्झिएँ, मञ्जुको अनुहारको खुसि पनि पढेँ। बुबाको बिछोडको दृष्य पनि आँखामा बिझाएँ, घनश्याम सरको अनुहारलाई पनि तेहि आँखामा अटाएँ। ..........>>>>>>>>>> मलाई त यो सारै मुन पर्यो यार। ओकेदाइ म हाजीर है। :) -सरु
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 05-13-05 8:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>तर पनि मैले अगिनै भनि सकेँ नि, हाम्रो घरमा केहि पनि छैन, खानेकुरा ल्याउन पनि सक्तिन। भाडा तिर्ने पैसा पनि छैन। राम्रा कपडा पनि छैनन् लाउने। फेरी हजुरहरुको ईज्जतमा दाग लाग्ला भन्ने डर छ।" आज फेरि, आँशु आए।... ... ...
|
|
|
kalo_bhale
Please log in to subscribe to kalo_bhale's postings.
Posted on 05-14-05 1:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ok sir sadhai jastai..................maile pheri pani arko patak hazir gare hai........ Kinkartabyabimoodh bhayera..............
|
|