[VIEWED 131749
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 04-15-05 7:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके मेरो भन्नु: नेपाल छोडेको पनि आँउदो अगष्ट १२ तारिका दिन ठ्याक्कै ४ बर्ष पुग्छ । नेपालवाट पाईलो निकालेको दिन देखि फेरि टेक्न पाईएको छैन । काठमाण्डौमा हुदा सम्म त थोरबहुत मञ्जुको खबर पाउँदै थिएँ, गुपचुप रुपमै भए पनि । तर आजकाल त वेखबर छु । के गर्दै होलिन् मेरी मञ्जु ? कस्तो होला उनको दैनिकी ? मलाई अझै सम्झँदै होलिन् कि बिर्सिसकिन् होला ? यदि फेरी कहिँ कतै भेट भैहाल्यो भने मसँग बोल्छिन् होला कि तर्केर हिड् छिन् होला ? देख्दा पनि नदेखे जस्तो पो गर्छिन् कि ? निको भैसकेको उनको घाउ भेटघाटले बल्झाई दिने पो हो कि ? मेरो घाउ त कहिल्यै पनि निको नहुने रहेछ । मञ्जुलाई बिर्सन त अर्कै जन्ममा भए मात्र, यो जुनिमा त असम्भव भो । मसँग के छैन आज, सबथोक छ । मलाई धेरै माया गर्ने श्रीमति छिन् । काखमा ३ बर्षे कल्कलाउदो छोरो छ । छात्रवृतिमा राम्रो विश्वविद्यालयमा पढ्न पाएको छु । ३ जनाको सानो परिवार जेनतेन धान्नलाई आर्थिक समस्या पनि खासै छैन । अब त अध्यायन पनि सकिन लाग्यो । छिट्टै एउटा सानो जागिर पाएँ भने भावी जीवन पनि सजिलै बित्ला । तर किन मलाई के के नपुगे जस्तो, के के बिगारे जस्तो भैरहन्छ ? किन अघि पछि उनकै छाँया मात्र घुमिरहन्छ ? किन श्रीमति र छोरोको विचमा ओछ्यानमा पल्टदा पनि उनको सम्झना मै छर्लङग उज्यालो हुन्छ ? किन बितेको बिगत फिल्मको रिल झैं घुमेको घुमै गर्छ? न त हामी विगतमा नै जान सक्छौं, न त विगतको गल्तिलाई सच्याउन नै । यो सर्वसत्य कुरा थाहा हुँदा हुँदै पनि यो मन किन मानिरहेको छैन? यो सब किन भईरहेछ ? यी प्रश्नहरुको उत्तर मसँग छैन । सायद मञ्जु सँग पनि त छैन होला । जानाजान भएको गल्तिको कुरा अर्कै हो । अञ्जान मै यति ठूलो गल्ति होला भन्ने मैले कसरी सोच्नु ? जब मैले तथ्य कुरा बुँझे, समय धेरै अगाडि गैसकेको रहेछ मञ्जु । म फेरी फर्कन सकिन, मलाई माफ गर । मैले अरु कसैलाई बचन दिईसकेको थिएँ, तिमीले मनको वह मसँग पोख्ता । त्यो रात मैले धेरै सोचें । एकमन त तिमीसंगै जीउन अरु सब कुरा त्यागिदिऊँ जस्तो पनि कहाँ नलागेको थियो र ? तर फेरि सोचें, त्यसो गर्दा पनि त अर्को एक जनाको जीन्दगी त बर्बाद हुन्थ्यो नि । बरु तिमी त धेरै परिपक्क छौ, तिम्रो मन त ठूलो छ, अनि तिम्रो मायाले त फलामको मुटु भएकोलाई पनि पगाल्न सक्छ । जोसँग जीवन बिताउनु परे पनि तिमीले सब कुरा मिलाउन सकिहाल्छेउ नि । भनिन्छ, असल आईमाई भएको घरलाई बनाईरहनु नै पर्दैन आफैं बन्छ । त्यही सोचेर नै म तिम्रो अँगालोबाट टाढिने कष्ट गरें । यस्तो निर्णय गर्न मलाई कति छट्पटी भएको थियो ? आँखाबाट झरेका आँसुका बलिन्द्र धाराले पुरै सिरानी भिजेको थियो । रुँदारुँदा घाटीँबाट थुक पनि निल्न नसक्ने भएको थिएँ । मञ्जु ! म यो जुनिमा तिम्रो हुन सकिन, तिमी मेरी हुन सकिनौ । यस्मा तिम्रो कुनै गल्ति छैन । नजानिकनै गल्ति त सब मबाट भएछ । मैले तिम्रो मनलाई पढ्न सकिनछु । मलाई माफ गर है । आसा छ, तिमी जस्तो विशाल ह्रदय भएको मानिसले अबश्यै माफी दिनेछौ । अहिले तिमी जहाँ भएपनि राम्रो होस्, शुभ होस् । सम्पूर्ण खुशिले सुसज्जित भएको सुन्न पाउँ, यहि नै मेरो कामना छ सदा-सदाका लागि, अन्त सम्म, मेरो शरिरमा सास रहुन्जेल सम्म । क्रमश:
|
|
|
|
forget-me-not
Please log in to subscribe to forget-me-not's postings.
Posted on 05-08-05 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ok bro, Yo dil mage more....
|
|
|
harkedai
Please log in to subscribe to harkedai's postings.
Posted on 05-08-05 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
OK daju, harkeDai pani haajir hai.
|
|
|
rickynepal
Please log in to subscribe to rickynepal's postings.
Posted on 05-08-05 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
khai ?? ajai arko aadhaya ayena
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 05-08-05 6:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मातातिर्थ औंसी बिशेषः (मेरी आमा अहिले काठमाण्डौमा हुनुहुन्छ। पुल्चोक ईञ्जीनियरिङ पढीसकेपछि मैले आमालाई पहाडबाट काठमाण्डौ बोलाएँ सन् २००० सालमा। ६० बर्ष काटिसक्नु भा भर काम गर्न नसक्ने हुनु भो गाँउमा। १ वटा कोठा भाडामा लिएको छु, मेरा पुल्चोक पढ्दाका किताब पनि तेहि कोठाको खाटमुनि थन्काएको छु। घरबेटीलाई भनेर म अमेरीकावाट फर्के पछि एकमुष्ठ तिर्नेगरी कबोल गरेर आएको छु, घरभाडा। अमेरीका जाने कुराले मात्र मानेका, पछि घरबेटिका छोरालाई पनि अमेरीका जाँदा मैले सहयोग गर्छु भनेर होला। झण्डै २० दिन भैसकेछ, फोन नगरेको। आज मातातिर्थ औँसीका दिन फोन गरेँ। मेरी आमासँगको टेलिफोन बार्ताः) टिरिर.... टिरिर...टिरिर फोन उठाउने(केटी) मान्छेः हेलो..., को बोल्नु भा होला? मः हेलो म अमेरीकाबाट, म ओम बोलेको। हजूर को बोल्नु भा होला? (केटी) मान्छेः म घरबटी मामु (मैले घरबेटीलाई मामु भन्थे, उनका छोराहरु जस्तै)। के छ नि बाबु हाल खबर अमेरीका तिरको? छोरो कत्रो भो नि? मः हामी सबैलाई ठीक छ। छोरो त ठूलो भो नि। Child Care Center जान्छ। फोन उठाउने(केटी) मान्छेः ए, आज माता तिर्थ औँसीका दिन आमालाई सम्झेर फोन गर्या हो बाबु? ल म आमालाई बोलाई दिन्छु है त। खै सुतिरहनु भा पो छ कि? मः हुन्छ, बोलाईदिनुस् न। **** आमाः (खोक्दै) छोरो बोलेको हो बाबु? मः हो आमा हो। अनि तपाईँलाई कस्तो छ नि? सञ्चै हुनुहुन्छ? आमाः खै बाबु, म तेति कान सुन्दिन। अलिक कस्सेर बोल् है बाबु। क्रमशः
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 05-08-05 6:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मः (अलिक ठूलो स्बरले) सञ्चै हुनुहुन्छ? भनेको नि। आमाः सञ्चै छु बा। यो बुढो उमेरमा रोग त लागि हाल्छन् नि बाबु। तर पनि १/२ गाँस खाँदैछु। राति निन्द्रा लाग्दैन बाबै, खाली तिमीहरुलाई मात्रै सम्झिन्छु। के गर्दै होलान्, के खाए होलान्, बा भोक भोकै परेकी भन्ने मात्रै सोच्छु बाबै। अनि यो बिहान खेरी चाहिँ चुस्स सुत्छु। अहिले पनि सुतिराखेकी थिएँ। मः अनि बहिनीले फोन गरी त बिराटनगरबाट? आमाः गरिन बाबै गरिन। म यो बुढीलाई फोन के गर्थि? ब्यापारी ज्बाईँ, पैसा छँ दै छ जति पनि। केहि पाउने भा पो गर्थे होलान्। म सुख्खा बुढिबाट के पाउँथे र गर्थे। मः भाई क्याम्पस जाँदै छ? आमाः खै गए झैँ गर्छ? पढ्छ कि पढ्दैन? खालि झगडा मात्र हुन्छ भन्छन् क्यामपसमा। जागिर खोज्छु भनेको २/३ बर्ष हुन लागो, अलिले सम्म पाको छैन। मः अनि आमा, आज माता तिर्थ औँसी आमाको मुख हेर्ने दिन। ४ बर्ष भै सको मुख हेर्न न पा पनि। यसो सम्झेर फोन गरेको नि। आमाः ल बाबु, भाग्यमानी भएस्। तेरो सधैँ भलो होस्। बैरीले आँखा नलाउन्। तेरो सधैँ राम्रो भको सुन्न पाउँ, अरु त खै के भनुँ? (सुँक्क सुँक्क गर्दै) अनि बाबु... मेरो नातिलाई कस्तो छ नि? आफुले त मुख देख्न पनि पा छैन। फोनमा बोल्दैन? यसो आबाज सुन्न पाए पनि म बुढिलाई सन्तोक नि बाबै। फेरी के के भाषा सिकायौ होला, मैले नबुझ्ने भाषा। मः ठूलो भैसको नि। खेल्ने स्कुल (Child Care भन्दा बुझ्नु हुन्न, के गर्नु?) जान्छ। तर बोल्न चाहिँ कम बोल्छ। स्कुलमा अंग्रेजी बोल्छ। घरमा चाहिँ कहिले नेपाली, कहिले अंग्रेजी। आमाः ल तेस्लाई गारो भो। धेरै भाषा भर बिचारा। एउटा मात्र सिकाओ है । मेरो नातिलाई गारो भो। अनि बुहारी? मः बुहारी Gym Center गाकि छन्? (मैले आमाले Gym Center भन्ने कुरा बुझ्नु हुन्न भन्ने कुरा नै बिचार पुर्याईनछु) आमाः काँ अरे, यति बिहानै काँ गाकि त? मः ए, कसरत गर्ने ठाँउ क्या। जिउलाई राम्रो बनाउने ठाँउ। अलिले त अमेरीकामा बेलुका छ, बिहान हैन। आमाः अनि राति राति, आईमाई मान्छे, एक्लै बाहिर जाँदा केहि हुन्न बाबु। मः केहि हुन्न आमा यहाँ त, सबै जना तेसै गर्छन्। आमाः खै बाबु, म त जान्दिन, के के हो के के आज भोली। हामीले तेस्तो कहिलै गरेनौ। आफूलाई कुटो कोदालो गर्दै ठीक भो। मः अनि अरु सब ठीक छ त आमा तेता तिर? आमाः ठिकै छ बाबु ?(लामो सास फेर्दै) पहाडको घर लड्न लागिरछ रे। यो वर्खा चाहिँ काट्दैन रे। तेस्लाई बनाउनु पा त हुन्थो नि। मलाई ब्या गरेर भित्र्याएको घर, कति माया छ नि। पल्लाघरे चँखे पनि भिरबाट लाडेर थला परेको छ रे। भस्मेली जेठो पनि गयो रे नआउने बाटामा। मेरा पालाका त सबै जसो गईसके अब भगबान् को काखमा। मः ए, बनाउँला नि आमा बिस्तारी त्यो घर (आमाको मन राख्न भनेको) आमाः खै कहिले आउँछस् र बनाउँछस्? मैले चाहिँ देख्न पाउँदिन होला बाबु। मः आमा समय सकिन लागो, म फोन राख्छु है। आमाः ल बा ल। नातिको राम्रो हेरचाह गर्नु। कहिले काहिँ यसो फोन गरे मलाई पनि मनको सन्तोक। मः गरिहाल्छु नि आमा। ल है त मैले फोन राखेँ। ******
|
|
|
SaruBhakta-II
Please log in to subscribe to SaruBhakta-II's postings.
Posted on 05-08-05 7:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Dada Giri
Please log in to subscribe to Dada Giri's postings.
Posted on 05-08-05 7:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>ए, बनाउँला नि आमा बिस्तारी त्यो घर (आमाको मन राख्न भनेको) काठमाण्डौमा के रमाइलो हुन्छ त नि मुमालाई, त्यो पनि एक्लै ?
|
|
|
Dada Giri
Please log in to subscribe to Dada Giri's postings.
Posted on 05-08-05 7:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
rickynepal
Please log in to subscribe to rickynepal's postings.
Posted on 05-08-05 7:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Kedar_Sharma
Please log in to subscribe to Kedar_Sharma's postings.
Posted on 05-08-05 10:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओके जी, यो सन्देश म यहाँ र "Nepali typing in one hour" दुवैतिर राख्दैछु। धेरै राम्रो लागेपछि यस्तै हुँदो रहेछ। मैले त तपाईँलाई नेपाली भाषामा लेख्न खोज्ने व्यक्ति मात्र ठानेको थिएँ। "मञ्जु मलाई माफ गर है" मा राखिएको तपाईँको लेखन पढेपछि जानेँ, तपाईँ त खास्साको लेखक नै हुनुहुँदो रहेछ। तपाईँको लेखनको म हार्दिक प्रशंसा गर्छु। ह्रस्व दीर्घ मिल्दैन भनेर पीर नमान्नु भए हुन्छ। मिले सुनमा सुगन्ध हो तर सुगन्ध नभए पनि सुन सुनै हो। भाषालाई शुद्ध बनाउने काम प्रुफ रिडरहरूले पनि गर्न सक्छन्। तर विचार र अनुभवलाई अक्षर बनाउने काम लेखकले मात्र गर्न सक्छन्। तपाईँहरू सबैले अनुभव गर्नुभयो होला, ओके जी लगायतका नेपाली साथीहरूको कलम (लेखन) मा नेपाली युनिकोडले प्राण थपेको छ। सबै मिलेर यो अभियानलाई अघि बढाऊँ। नेपालीले नेपालीलाई नेपालीमा लेखौँ। अनि सबैले युनिकोड चलाउन थाल्छन् र सबैको लेखन बलियो हुन्छ।
|
|
|
harkedai
Please log in to subscribe to harkedai's postings.
Posted on 05-08-05 10:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:-) OK daju le malai ghar samjhaidinu bho, yaar. I am missing it so much. Ma pheri phone garchu ghar ma. Ghar ma kosailai ta pakkai bhet hola ni, bhanne aas ma chu ma. OK daju phone card ko bill chai tapaiko naam ma hai. re kya!!!!!!!
|
|
|
Kedar_Sharma
Please log in to subscribe to Kedar_Sharma's postings.
Posted on 05-09-05 12:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हौ हर्के दाई, नमस्ते छ है। यहाँ पनि भाषाकै कुरा ल्यायो भनेर नरिसाउनु होला। तर तपाईँ जस्तो मिठो नेपाली लेख्ने मान्छेले अक्षर पनि नेपाली नै चलाए कस्तो हुन्थ्यो होला। केदार
|
|
|
raayann
Please log in to subscribe to raayann's postings.
Posted on 05-09-05 12:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'पहाडको घर लडन लागि रछ रे...........कति माया छ नी' 'बनाऊला नि बिस्?तारै' (आमाको मन राख्?न भनेको) के हो ओम जी ' र मान्?छे सुखमा रमाऊन थाले पछी आफ्?नो बिगत भुल्?छ रे' भन्?ने ऊखान को उदाहरण बनिदीनु भा हो ??? 'खै कहिले आउछस्? र बनाउछस्? मैले त देख्?न पाउदिन होला बाबु' 'ल आमा समय सकिन लागो म फोन राख्?छु है' :-(((( रायन 'oh!god today i'm laughin' but i'll never forget once i cry'
|
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 05-09-05 2:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 05-09-05 5:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 05-09-05 5:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओके ब्रो अव आमाको र तपाँइको कुरा सुनेर त मलाई पनि बोर लाग्यो , क्या उता बुढिमाउलाई एक्लै छोड्दया र तपाई चाहि एता । रायनको कुरालाइ ध्यान दिँउ है ।
|
|
|
kalo_bhale
Please log in to subscribe to kalo_bhale's postings.
Posted on 05-09-05 11:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
kalo_bhale
Please log in to subscribe to kalo_bhale's postings.
Posted on 05-10-05 5:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ok jee yaar, Bichari budi ama lai ni yetai bolaunu paryo bhanya...........
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 05-10-05 6:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
------("हुन्न के! आजै जसरी भापनि लेर आउनु भन्नु भा छ। ओम दाई, आजै हिड्नु न आजै के, नाईँ ओम दाई, आजै हिड्नुस् न" उनको लाडेपन फेरी प्रकट भो। जिद्दी नै गरेपछि त के गर्नु, फेरी केटी मान्छेले? म पनि लुरुलुरू मञ्जुको पछि लागेर उनकै घर गएँ।) मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड ११ मञ्जुले उनको घरमा पस्न पनि नपाईकनै आँगनबाटै कराईन् "ममी...ममी, हेर्नुस् त को आउनु भा छ बाहिर?"। भन्दा भन्दै उनि चाहिँ ढोकाबाट भित्रै पसिन्। म चाहिँ बाहिर नै दलिनको दाईनेतिरको खाटको छेउमा उभिरहेँ। खाटमा चिटिक्क परेको रुम्जाटारे राडी ओछ्याएको रहेछ। एकै छिन् मा आमा-छोरी नै निस्किनु भो भित्रबाट। मञ्जुले म तिर देखाउदै भनिन् "ममि, हामीले हिँजो अस्ति कुरा गरेको थियो नि! ओम दाई!"। मञ्जुको बोली नसकिँदै मैले "नमस्कार" गरेँ। के भन्ने होला भनेर कुनै पनि साईनो लगाईन, नमस्कार मात्र गरेँ। 'ममी' भन्न मलाई त आउँदैन थियो त्यसबेला, सधैँ 'आमा' नै भन्ने गरेको घरमा। फेरी के भन्दा राम्रो हुने हो भन्ने पनि थाहा थिएन। घरमा आएका मानिसलाई नमस्कार गर्ने पनि मेरो घरतिर चाहिँ चलन थिएन। स्कुलमा त सरहरूलाई नमस्कार नै गर्थेम् भेट हुँदा स्कुल भन्दा बाहिर पनि। तर आमाले 'आफूभन्दा ठूला मानिसलाई भेट्दा घरैमा भा पनि नमस्कार गर्नु पर्छ' भनेर भन्नु भको थियो। मञ्जुको ममीले पनि नमस्कार फर्काउँदै भन्नु भो "बाबु, आज यतै बस्नु पर्छ।" मैले केहि पनि बोलिन। "ए मञ्जु, एकछिन् खाटतिर बस्तै गर, म खाजा बनाएर ल्याउँछु" भनेर ममी घरभित्र पस्नु भो। मञ्जुले पनि खाटको सिरानीमा भको माहाभारत जस्तो देखिने किताबलाई छेउकै भित्ताको खोपामा राखिन्। राडीलाई पनि यसो टक्टकाए झैँ गरिन्। "ल बस्नुस् न, के उभिरनु भा?" भनेर उनी चाहिँ घर भित्र पसिन्। बरिपरि आँखा डुलाउन थालेँ "आहा! कति फराकिलो आँगन, कति राम्रो बगैँचा, सबैतिर कति सफासुग्घर!" मतान् को तल्लो तलामा छिँडिबाट नै देखिन्थो, भैसीँहरुले घाँस खाँदै गरेको। मतान् को माथ्लो तलाको बाहिरी ढोका पनि खुलै थियो। सायद स्कुले केटाहरु फर्किसकेका रहेछन् क्यारे। अलिअलि केटाहरु बोले जस्तो आवाज पनि सुनिन्थो। घनश्याम सर पनि स्कुलबाट आईपुग्नु भो, मुसुमुसु हाँस्तै। "ए ओम, तिमीहरु आईसकेछौ त अघि नै" भन्दै सिधै घर भित्र पस्नु भो। भित्र गएर के भन्नु भो त्यो त मैले राम्ररी सुनिन तर सर भित्र पस्ने बितिक्कै मञ्जु निस्केर भनिन् "ओम दाई, भित्रै जाउँ"। म पनि आज्ञाकारी मान्छे जस्तै जस्ले जे जे भन्छन् लुरुलुरु गर्दै गएँ। खाजा तयार भैसकेको रहेछ। 'ल हात धुने पानी देउ मञ्जु बाबुलाई' ममीको बोली भुँईमा पनि झर्न नपाउँदै मञ्जुले गाग्रीबाट पानी सारेर दिईन। खै किन हो, मञ्जु निकै फुरुङ्ग परेकी थिईन्। जे काम पनि छिट्टै गर्ने। खै सधैँ यस्तै हुन् कि आज मात्र हो। म हात धोईवरी खाजा खान बसेँ। १ गिलास दही, १ गिलास पिउने चिसो पानी, ४/५ वटा उसिनेका सखरखण्ड, २ चाना उसिनेका घरतरुल, एउटा चामलको पिठोको ध्यु मा पकाएको रोटी। जीवनमा पहिलो पटक मैले खाजामा तेत्रोबिधि परिकार देखेको। हाम्रो घर तिर पनि खान्थेम् खान त खाजा कहिले काहिँ, तर एक थोक भन्दा केहि हुन्न थियो। कि त उसिनेका आलु कि त फापर र कोदोको पिठो मिसाएर पकाको रोटी। मलाई त क्या उकुसमुकुस भो, तत्रो खाजा देख्दा। हाम्रो घरमा त खाना पनि तेति धेरै हुन्न। 'के बाट मात्रै खान सुरु गर्ने' भनेर म त अक्क न वक्क। सर पनि तला माथिबाट झर्नु भो। कपडा फेरेर आउनु भएछ। "ल हजुर पनि बस्नोस् खाजा खान" मञ्जुको ममीले सरलाई पनि खाजा दिनु भो। ४ जना नै सँगै बसेर खाजा खायौँ। खाजा खाई सकेर 'मञ्जु तिमीहरु बसेर पढ्दै गर माथि कोठामा, म एकछिन् पल्लो घरमा गएर आँउछु। अनि हर्के आए पछि बढरको रुखबाट घाँस झार् रे लैना भैसीँलाई भन्नु है" भनेर सर घरको पछाडिबाट अर्को घर तिर लाग्नु भो। क्रमशः
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 05-10-05 6:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"ल हिड्नुस् ओम दाई पढ्ने कोठामा" भन्दै मञ्जु माथ्लो तलामा उक्लिन्। म पनि पछि पछि लागेँ। "अर्काको घरको तलामा चढ्नु हुँदैन" भनेर आमाले 'सानो छँदा खेल्ने सुरमा साँईला बढाउको घरको तलामा चढ्दा सिस्नु र पानीले पिटको सम्झँदा' अलि अलि त डर पनि लाग्यो। तलाको एकातिर को भागमा चाहिँ भकारी नै भकारी राखेका रहेछन्, अर्को तिर चाहिँ ३ बटा कोठा बनाएको रहेछ। मञ्जुले १/१ गर्दै सबै बताईन् "यो मेरो कोठा, यो बुबा-ममीको कोठा, यो चाहिँ पाउना आउँदा सुत्ने कोठा"। काठका फल्याकको छिद्रबाट एक कोठाको आबाज चाहिँ अर्को कोठामा सजिलै जाने, तर देख्न चाहिँ नदेखिने। तिनबटै कोठामा १/१ बटा खाट पनि रहेछन्, ओढ्ने ओछ्याउने सहित मिलाएर राखेको। 'ल आउनुस् मेरो कोठामा' भनेर उनको कोठामा लागिन्। किताब राख्ने एउटा सानो दराज, खाटैमा बसेर पढ्न मिल्ने एउटा सानो काठको टेबल पनि रहेछ। कुर्सि चाहिँ रहेनछ। उनि गएर भित्तामा अडेस् लागेर खाटमा बसिन्। मलाई चाहिँ असजिलो लागि रहेको थियो, ढोकाकै छेउमा उभि रहेँ। "बस्नुस् न के उभीरनु भा?" मञ्जु खाटको एकतिर छेउमा सरिन् र मलाई ठाउँ खालि गरिन् खाटको अर्को छेउमा। म पनि उनले ठीक पारिदिएको ठाउँमा गएर सरक्क बसेँ। आफुलाई मेरो जिउको फोहोर खाटमा लाग्ला भन्ने कति पीर थियो। "ल अब पढौँ" भनेर मञ्जु चाहिँ किताब हेर्न थालिन्। म त के पढ्नु, किताब नै थिएनन्। यसो दिउँसो सरले पढाउँदा कपीमा टिपेको कुरा हेर्न थालेँ। "दाई, तपाईँ किताब कहिलै पढ्नु हुन्न?" मञ्जुले मेरो ध्यान नै भङ्ग गर्दिन्। "पढ्छु नि, किन नपढ्नु?" मेरो सिधा उत्तर थियो। "खै त तपाईँका किताब?" मेरो झोलातिर हेर्दै मञ्जुले सोधिन्। "आज म नलिकनै आको।" "तपाईँ ढाँट, छुच्चो! कस्तो ढँटुवा तपाईँ त! तपाईँका किताब नै छैनन्, हैन भन्नु त?" मञ्जुले मेरो मुखमा हेर्दै रिसाएको पारामा भनिन्। आँखा पनि छिटो छिटो चलाईन्। "कल्ले भनो तिमीलाई" मेरो मुख रातो हुन थालिसकेको थियो। "ताराले"। म त रातो पीरो भैसकेँ। मनमनैँ सोचेँ 'यो तारा त कस्ति छुचि केटी। सप्पै कुरा पो भनिछे। केहि कुरा पनि मनमा राख्न नसक्ने। पख न भोलि स्कुलमा भेट मात्रै त होस्, तँलाई त म...."। निकैबेर हामी बोलेनौँ, पुरै सन्नाटा छायो कोठामा। "मञ्जु, मलाई किन आज यहाँ बोलाको? खोई सरले पनि केहि भन्नु भएन त?" मैले सन्नाटालाई चिर्दै कुरा मोडेँ। "क्या, ओम दाई, अब तपाईँ सँधै हाम्रै घरमा बस्ने।" मञ्जुले फेरी लाडेपाराले भनिन्। उनको अनुहार खुशिले धपक्क बल्यो। हाँस्दा गालाको बिचमा सानो खाल्डो परो। शिर नै उज्यालो भएर आयो। कति खुशि थिईन् मञ्जु त्यसबेला !, मञ्जुको त्यससबेलाको अनुहार आज १८ बर्ष पछि पनि ताजै छ। "सधैँ...." मैले अचम्म मानेर सोधेँ। "ल भन्नुस् न ओम दाई, प्लिज ल भन्नुस् न। ओम दाई ल भन्नुस् न।" उनको बिनम्रताको मात्रा झन् बढ्दै गयो "भरे बुबा ममीले सोध्दा पनि हुन्छ भन्नुस् है!"। साझाल्यान्ड, २७ बैशाख, २०६२
|
|