[Show all top banners]

khadge
Replies to this thread:

More by khadge
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 "निर्दोश मेरो पछ्यौरीमा....."

[Please view other pages to see the rest of the postings. Total posts: 83]
PAGE:   1 2 3 4 5 NEXT PAGE
[VIEWED 35866 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 12-09-06 5:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ साथी हो मैले पनि यहाँ केहि लेख्ने प्रयास गरेको छु,
मेरो पहिलो लेखाई भएकोले असंख्य त्रुटिहरुलाई माफ गरिदिनुहोला।
----------------------------------------------------------------------------------------------------------
----------------------------------------------------------------------------------------------------------
"ए सुन् त", कल्पनामा काठमाण्डौ पुगेको मेरो मन, एकाएक बुवा तर्फ पुग्यो। "तँ भोली काठमाण्डौ जाने बेलाँ यो २५,००० पनि घर लगिदे है", २५,००० दिदै बुवाले भन्नुभयो। आज महिनाको अन्तिम दिन यानी तलब बुझ्ने दिन, १२,५०० मेरो बुवाको मासिक तलब । १२,५०० को सट्टा २५००० कसरी भयो यो बुझ्ने मेरो फुर्सद थिएन वा भनौ कुनै कारण पनि थिएन मेरो लागी। ह्या पैसा पाए पुगी हाल्यो नी। बुढाले जसरी ल्याए नि ल्याए।

मेरो बुबा अहिले धनुषा जिल्लाको स्था. बि. अ. यानी स्थानिय बिकास अधिकारी हुनुहुन्छ। हाम्रो ७ आना जग्गामा बनेको एकतल्ले घर काठमाण्डौमा ठडिएको छ। उहिले २०३० सालमा जग्गा किनेको रे अनि २०४० - २०४१ सालमा १ लाख दाम हालेर घर पनि बनाएको रे। मेरो प्रारम्भिक शिक्षा बुवा संग बिभिन्न जील्लाहरुमा सरुवा हुने क्रममा अनगिन्ती पठशालाहरुबाट भयो। मुगुको श्री भिमेश्वर महादेव उच्च मा बी देखी संखुवासभाको सदरमुकाम खाँदबारीको चैनपुर हाईएर सेकेण्डरी स्कूल सम्म मेरो पढाई भएको छ। साथीभाईहरुका साथ शत्रुहरुपनि कती जन्माईयो जन्माईयो। अब आफू हाकिमको छोरा, को संग डर, सिधै डि. एस. पी. अंकललाई भनिदिम भनेपछि त सव थर्कमान नी। यस्तै कुराहरु मनमा खेल्दै थिए, फेरी "किन बोल्दैन यो" भन्दै बुवाले घचघच्याउन लाग्नु भो। "हुन्छ नि म लगेर मामी लाई दिऊँला" भनी बुवालाई आश्वासन दिएँ।

अव भोली काठमाण्डौ जान त जाने, तर गएर के गर्ने? सवै साथिहरु आ-आफ्नो घर गएका छन्। त्यहाँ गएर त झन् केहि काम नै हुन्न झन मामीको यो गर कि त्यो गर भन्ने किच किच मात्र सुन्नु पर्छ। खै मेरो मात्र मामी त्यस्तो होकी? खाली बसेको त देख्नै हुन्न भन्या। बरु अन्त कतै जानु पर्यो। हो अव आईडिया आयो, बरु फुपाजुको मा कृष्णनगर जानु पर्ला। मेरो कान्छा फुपाजु, नपढेको भएपनि आफ्नो मिजास र श्रमले त्यहाँ डाक्टर साहेब भएका छन्। जम्मा ४ कक्षा सम्म पढेर पनि। अचम्म छ संसार पनि, अब मेरो कान्छि फुपु अहेब भएर खोलेको त्यो औषधी पसलमा, फुपाजु डाक्टर भएका छन। अव कसैले खोकिको दबाई भन्यो भने कुनै कफ सिरप, पेट दुखे यो, यस्तो रोग हो भने यो दबाई भनेर फुपाजुलाई सबै थाहा छ। नेपाली पनि यस्सो आँखा उघारेर पढि पनि हाल्थे, कसैले दबाईको खोस्टा लिएर आयो भने ठ्याक्कै चिन्ने। तर कसैले अंग्रेजीमा दबाईको नाम लेखेर ल्यायो भने चाहीँ बरबाद हुन्थो, तैपनि घरमा छोरीहरु वा अरु कोही, जस्तै म छु भने, एकछिन है भनेर सुटुक्क भित्र आई ऐ यो के लेखेको हेर त हेर भनी बहिर गइ दवाई बेचि छाड्थे। अव कोहि पनि छैन र केहि सिप लागेन भने यो दवाई छैन भनि ग्राहकलाई फर्काइदिन्थे। एक दिन त झन्डै फसेका बुढा। कुरा के भएछ भने, एउटा मान्छे दबाई किन्न आएछ डाक्टरको पुर्जी लिएर, कोहि नभएको बेलाले गर्दा उहाले छैन यो दबाई त भन्नु भएछ, तर त्यो बज्याले त दवाई ठयाक्कै चिनेछ, त्यो पनि अगाडिनै राखेको रहेछ। "डाक्टर साहेब पनि, यहि अगाडि राखेर छैन भन्ने" भन्दापो बुढा खंरङ्ग भएछन। जसो तसो गरि संझाई बुझाई त्यो ग्राहकलाई बिदा गरेछन। जे होस उहाँ निकै रमाईला छन्। जे भएपनि कृष्णनगर जाने अनी त्यहाँबाट आफ्नै तालमा काठमाण्डौ जाने अठोट गर्दै बुवालाई त्यो कुरा सुनाए। पहिला त मलाईनै खाऊला जस्तो गरी हेर्नुभयो तर मेरो अठोटको अगाडी केहि नलाग्ने देखेर स्विकृती दिनु पनि भयो। "जे होस् १-२ दिनका दिन काठमाण्डौ जाने नी" भन्दै अन्तिममा चेतावनी पनि पाईयो। लौ जे भएपनि जान त पाईयो भन्दै म जनकपुर बजार तर्फ लागे।

अव फर्कने बेलाँ एक पटक जानकी मन्दिर नी जान पर्यो भन्दै म त्यतै लागेँ। मन्दिरमा आफ्नो श्रद्धाभाव चढाई म धनुष सागर तर्फ लागें। मानिसहरुको घुईचो त्यत्तीकौ थियो त्यहाँ, स-साना बच्चाहरुले पोखरीमा डुबुल्कीमारेको देखेर मलाई पनि जाम जाम लाग्यो तर झलाँस्य सम्झे, मलाई त पौडन आउन्नी। आफ्नो त्यो विवशताको अगाडि हार मानेर म थचक्क तटमै बसे। ओहो हेर्दा हेर्दै रातीको ८ बजेछ, अव बुढाले लठ्ठी लिएर मलाई खोज्न आउने भए भन्दै म क्वाटर फर्कने जमर्को गरे। हेर म त्यो ११ बर्षको हुँदा म्याग्दी जिल्लाको बेनी बजारनिर म्याग्दी खोलामा‍ पौडी खेल्ने हुँदा नडुबेको भए आज म पनि यो धनुष सागरमा पौडदै हुन्थे होला। झण्डै खुस्केको नी त्यो दिन, सञ्जिव नभा भए त बेनीमा मेरो कृयाक्रम हुने। त्यसको ४-५ बर्ष सम्म त नुहाउन पनि नसक्ने भन्या। खै के हाईड्रोफोविया हो कि के भन्थे भा रे मलाई। अहिलेनी नुहाउँदा टाउकोबाट पानी खन्याउन सक्दिन म। सोच्दै थिएँ पछाडिबाट कसलेमेरो काँधमा हात राख्यो, यसो हेर्छु त बुढा। ओहो नाम लिया सैतान हाजिर (सैतान त भन्न मिलेन, अब बुढा हाजिर) भन्या यहिहो। कतै बुढाले लठ्ठित ल्याएनन् भनि हात हेरेको त धन्न रित्तै रहेछ। आज त बचियो। "घर जानु पर्दैन तलाई, त्यहाँ गंगेले खाना कुरि राछ, ल छिटो जा", जहिले पनि ढिलो भयो भने आगो हुने मान्छे आज किन रिसाएनन् भनेको त संगै सि डि यो अंकल, ए सि डि यो को अगाडि छोरालाई गाली गर्न त भएन नि, बल्ल बुझे।
"नमस्ते है अंकल, आन्टि खै त?" भन्दै सि डि यो अंकललाई सोधें,
"ह्या कहाँ यस्तो बेलाँ, तेल्लाई सम्झि रा, संगै लिएर हिड्न मिल्छ र? हिड्यो कि किच किच मात्रै",
"त्यसैले त्यो पूजामा बसेकी बेला यसो एल डि ओ साब संग भलाकुसारी गरौं भनेर नी"
आन्टि धर्ममा निकै आश्था राख्नुहुन्थ्यो र दिनहुँ २ पटक पूजा आजा गर्नुहुन्थ्यो। एकादशी, पूर्णिमा र सोमबारको ब्रत बस्न थालेको २० बर्ष भयो रे। बिहे हुने बित्तीकै शुरु गरेको रे ब्रत बस्न। अंकल चाहि नास्तिकै नभएपनि त्यस्तो पूजा आजामा चाख लिएको मैले कैले नि मानिन। ४ बर्ष अघि बाजुरामा बुवा एल डि ओ हुँदा अंकल त्यहि सि डि यो हुनुहन्थ्यो अनि त्यहि भेटभा मेरो नि अंकल र आन्टि संग। नेपालगंजबाट सा ने बा नि को त्यो ट्विनअर्टर चढेर बाजुरा जाँदा आन्टि मेरो संगैको सिटमा पर्नुभएछ। उडेपछि त डराएर छुट्टी, प्लेन रोक भनेर चिच्याउन थाल्नु भो, लौ भएन भनेर म उहाँ संग कुरा गर्दै मन बहलाईदिन लागे। एकछिनमा बल्ल ठिक हुनु भयो। कोल्टि बिमानश्थलमा उत्रदा अंकल र बुवा संगै लिन अउनुभा रै छ। त्यहाबाट धोडा चढि मार्तडि गैया थियो। उनिहरुको कुनै सन्तान नभएकाले मलाई आफ्नै छोरा जस्तै माया गर्नुहुन्छ। सि डि यो लाई अंकल भन्न पाएपछि त पुलिसहरु नि थर्कमान नी।
"लौ अंकल म भोली फर्कन्छु, आन्टिसंग भेट्न पाईन, सुनाईदिनुस है" भन्दै म क्वाटर तिर लागें।

"ट्वार्र, ट्वार्र", गर्दै बिहान ५ बजे मैले राखेको घडिको अलार्म बज्यो। म हेत्तेरी किन बिहानै जाने भने हुँला भन्दै उठे र नित्य कर्म सकाएर निस्कदाँ पौने ६ भै सक्या रहेछ। छिटो छिटो गर्दै बुवालाई गए भन्दै बसपार्क तिर कुदेर गए। गएर हेर्छु त नेपालगंज जाने बस छैन। अव जनकपुरबाट सिधै कृष्णनगर जाने बस थिएन, त्यसैले जनकपुरबाट नेपालगंज जाने बस लिएर हेटौंडा, नारायणगढ, बुटवल, गोरुसिंगे हुदै चनौटा भन्ने ठाऊमा झरेर त्यहाँबाट लोकल बस, ट्याक्सी, रिक्सा, ट्याम्पो आदि जे चढेर पनि कृष्णनगर पुग्नपर्ने। तर यहाँ त नेपालगंज जाने बस नै छुटिसकेको, कास्टिङ्गनै झुर भयो भन्दै थिए, पोखरा जान लागेको बस हिड्नैला रहेछ। यसो सोंचे, पोखरा जाने बसमा नारायणगढ सम्म जाने, अनि त्यहाँबाट सकेसम्म काठमाण्डौबाट आएको नेपालगंजको बस भेटिएला, नभए बुटवल सम्मनै गएर त्यहाँबाट कृष्णनगर जाने बस पनि त पाईन्छ। हो न हो यहि पोखराकैमा जाने पर्यो भन्ने ठानेर बसतिर गएं। खलासी चै मच्ची मच्ची "ल आउनुहोस, जनकपुर, हेटौंडा, नारायणगढ, मुंगलिगं हुँदै पोखरा पोखरा" भन्दै रहेछ। बस भित्र छिरेको त पछाडिको लहरे सिट र त्यसको अगाडिकोमात्रै बाँकि। हेत्तेरी उफारेर खत्तम भईने भैयो भन्दै, लहरेभन्दा अगाडिकोमा झ्यालतिर हैन कि बाटोतिरको मा बसें। मलाई कहिलेपनि झ्याल तिर भने बस्ने बानी थिएन। बस हिड्यो, लौ बल्ल ठिक भयो भनेकोत के हुन्थ्यो, २ पाईलामै घिचिक्क गर्दै फेरि रोक्छ बा। लौ यस्तै तालले त आज कृष्णनगर पुग्या पुग्यै हो भन्दै यसो अगाडी तिर हेर्दै थिए। ठ्याक्कै तेतिबेला आकासे रंगको कुर्ता सुरुवाल लगाएकी परि को आगमन भयो। बसका सबै मान्छैले खाऊलाझै गरि उसैलाई हेर्न पुगे, म पनि के कम, म त अझ "हे जानकी माता यि कन्यालाई मेरै सिटमा पठाउनुहोस्" भन्दै प्राथाना गर्न लागें। श्वेत वर्ण, मृगको जस्तो चालले उनी मेरै तर्फ आउन लागिन। हुन पनि मेरोमा एउटा सिट खाली पनि थियो, कि मेरो संगैको सिट नभए लहरे सिट। अव लहरे त के रोज्लिन र यिनीले भन्दै म फेरी "हे कमलबिनायक, यिनी यदि मेरै सिटमा बसिन भने यहाँलाई १०८ वटा लड्डु चढाउला" भन्दै उनै लम्बोदरलाई भाकल गर्न पुगें।

-------------------------------------------------------------------------------------------------
-------------------------------------------------------------------------------------------------
क्रमश:
 
Posted on 12-09-06 6:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Welcome to Sajha...
Your writing is great..:)
 
Posted on 12-09-06 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खड्गे जी,
राम्रो लाग्यो लेखाई तपाईको। तपाईले प्रयोग गर्नुभएको सूक्ष्म हास्यरस औधी मन पर्यो।अरू भागको प्रतीक्षामा।
 
Posted on 12-09-06 7:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डिटेल गज्जब छ !
 
Posted on 12-09-06 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good work pal.i enjoyed it
 
Posted on 12-09-06 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै रमाईलो छ खड्गेजी।धन्यबाद। अरु भाग पनि चाँडै-चाँडै पस्किदै जाम् पर्भो।।
 
Posted on 12-11-06 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khadge ji,
pahile lekhai mai yeti ramro barnan. dhanyabaad yahaan lai. Baanki bhag ko pratichhya ma..
 
Posted on 12-11-06 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, भयो अब? यो धागो हेर्नै छुटिरा' रेछ!

मजाले लेख्नुभयो खड्गेजी, पुरा गरौँ यसलाई छिटै।
भाग माथि भाग थप्दै जाउँ; पढेर आनन्द लिने हामि छौँ! :)
 
Posted on 12-11-06 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आत्म कथाको पहिलो भागलाई मन पराईदिनुभएकोमा धन्यवाद।
म छिटै नै दोश्रो भाग लिएर प्रसतुत हुने नै छु।

जग्गी जी,
स्वागतको लागी धन्यवाद। जग्गु दादाले स्वागत गरेपछि त म पनि हिरो भै हाले नी
कल्ले छुने मलाई

वर्ल्ड म्याप ज्यू,
जे होस हाँस्नु भो हैन त, जीवन हाँसेरै बिताउन पर्छ भन्ने मेरो पनि धारणा भएकोले

सिरिस जी,
सकेकम्म डिटेल हाल्ने कोसीस गर्दै छु। धन्यवाद॥॥

मोरानहरुको राजा ज्यू, जदौ,
हौसलाको लागी धन्यवाद

गौतम जी,
हजुरहरु पढ्दै जानुहोस् म पस्कदै जानेछु। धन्यवाद

तत तातो चिया जी,
सुरुप्प गर्दै पिम है चिया, पोल्ला फेरी, प्रयास गर्दै छु, बर्णनहरुलाई मनपराईदिनु भएकोमा धन्यवाद

माईला जी,
त्यास्तो धागो हेर्न छुटाउन भएन नी, टेन्स नदिमन हो। हवस प्रभो, म थप्दै जान्छु हजुरहरु पढ्दै जानुहोस्।

साथीहरुको हौसलालाई धन्यवाद दिदै, एउटा कुरा पोख्न चाहन्छु,
२५० जना साथीहरुले यो धागो हेरे पनि ८ जना साथीहरुले मात्र कमेन्ट दिनु भा रे छ। खै मेरो लेखाई त्यती राम्रो लागेन जस्तो छ यहाँहरुलाई, राम्रो नलागे पनि यो भएन भनि भन्नुहुन आग्रह गर्दै अर्को भाग भोलि पस्किने कुरा यहाँहरुलासई अवगत गराउन चाहन्छु।

धन्यवाद!!
खड्ग प्रसाद
 
Posted on 12-11-06 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hoina Hoina Khadge ji,Lekhai Jyadai ramro chha...Khali hamle comment nagarya chahi,tapai ko dosro bhag chadai aawos bhanera ho ke...Dosro bhag chadai paskanus...haami dhama dham khanchhaou bujhnu bho...
 
Posted on 12-11-06 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khadge ji, quality hernu hunchha ki quantity? Shirish ji, Birkhe ji, Hi_ nanu ji, Gautam ji jasto sajha ka diggaj haruko comments paaunu bho, tesai ma tapai ko lekhai ko star jhalkinchha. Mero comment pani uhaaharuko jastai ho. Lekhai baheko chha, niarma sarita jastai, meetho kabita jastai.
 
Posted on 12-11-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nicely written! Enjoyed reading it. Looking forward to reading more! :)
 
Posted on 12-12-06 6:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानु जी,
मलाई कमेन्टहरुबाट बिमुखगरेर काथाका अंशहरु थत्ने कृयाले म ईम्प्रेस भए। मन पराई दिनुभएकोमा धन्यवाद छ यहाँलाई

राहुल भाईसाहेव,
कुरो त क्वालिटीकै हो। जे होस धन्यवाद यहाँलाई पनि

स्लाकेडेमिक सरलाई नी धन्यवाद
 
Posted on 12-12-06 6:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रस्तुत छ कथाको दोश्रो भाग:
खै तेती राम्रो भएन की, यसो कमेन्टहरु पाउन पाए उत्तम हुने थियो
----------------------------------------------------------------------------------------------------------
----------------------------------------------------------------------------------------------------------
"हेटौंडा हेटौंडा, ल हेटौडा झर्नुस है", खलासीले हेटौंडा आएको संकेत दियो।
"मुगफली, करारे मुगफली", एउटा मधेसी मेरो सिटको झ्यालतिरबाट कराउन थाल्यो।
"ए बाबु करारे मुगफली खाउन"
"चना चटपट छ?"
"छ"
"कती एउटाको"
"३ रु"
"ए जानकी, चटपट खाने", जानकी जस्किदै उठिन र खाने संकेत दिईन।
"५ रुप्पेको दुइटा दिने हो भने ल्याउ", पाँचको नोट देखाउँदै भने।
"बोहोनी नै भएको छैन हजुर, हुन्छ ठिकै छ"
एकछिनमै हामी गफ गर्दै चटपट खाँदै थियौं।
"सि सि..." ओहो खुर्सानी टोकेछु, बज्जेलाई खुर्सानी नहाल भन्न त भुसुक्कै बिर्से। बाहिर गएर पानी किनेर ल्याए। अलक्कै खाए र जानकीलाई पनि दिए।
बस हेटौंडाबाट अगाडि बढ्यो। यो अन्तरालमा हाम्रो खासै कुरा भएन। त्यहि यता उताका कुरा हरु, जानकी घरी सुत्ने, घरी उठ्ने गरिन। मलाई चैं अर्कै चिन्ताले सताईराखेको थियो। बसको हरेक चालले नारायणगढलाई नजिक तान्दै थियो। अव कसरी बिदा हुने।
के भा यो, चिनेको ४ घण्टा पनि भाको छैन, छुट्टिन यस्तो गाह्रो। अव पोखरै जामकि जस्तो पनि नला त कहाँ हो र, तर त्यहाँबाट पनि छुट्टिनु नै त पर्छ। अर्को ५ घण्टाको साथ त होनी। भवानी भिक्षुको त्यो कथा कत्तिको सार्थक रहिछ बल्ल अहिले आएर बुझें। "टाँडी, झर्नेहरु झर्नुस है", फेरी खलासी करायो
उ अव नारायणगढ १० किमी मात्र छ, यानी की १० मिनेट।
मेरो मुटु जोडले धड्केको आभाष पाएँ। उनको निश्चल, निर्मल निदाइरहेको मुहार हेर्दै बिवशताको यो परिकाष्ठालाई धिक्कार्न पुगें।

-------------------------------------------------------------------------------------------------
-------------------------------------------------------------------------------------------------
क्रमश:
 
Posted on 12-12-06 7:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तरी कापि पेस्ट नै राम्रो भएनछ ल फेरी गर्दै छु,
यो भन्दा अगाडिको लाई मिल्क्यापदिनुहिला, धन्यवाद।
----------------------------------------------------------------------------------------------------------
----------------------------------------------------------------------------------------------------------
यतै आउदैछिन्, ओहो, आजसम्म मैले भन्या केहि नमान्ने लम्बोदरले आज लड्डुको आशामाचै आज मेरो कुरो मान्नि भए भन्दै अव यिनी संग कसरी कुरा सुरु गर्ने भनी कुनै बिषय सोच्दा सोच्दै त उनी मेरो सिटकै लाईनमा तर आर्को सिटमा बस्न पुगिन। हेत्तेरी मनको लड्डु घ्यु संग खानु मात्र भो। थुक्क, मख्ख हुने क्रममा त त्यो सिट नी खालीभाको त भुसुक्कै बिर्सेछु। तर जे भएपनि उनीलाई नी म जस्तै झ्यालमा बस्न मन पर्दैन जस्तो छ। यसो हेर्छु त उनी पनि म तिरै छड्के आँखाले हेर्दै रहिछन्। अव अहिले यो बसमा म जस्तो ह्याण्डसम केटा म बाहेक कोहि पनि छैन नि त अव मलाई नहेरेर कसलाई हेर्ने। यो बस भने अझ हिड्दैन भन्या।
"ओ भाई हिड्ने हैन भन्या, बस त भरिनै सक्यो नी", भन्दै कण्डक्टरसंग कराउन पुगें। यसो देखाउनु पर्योनी। उ भने नसुनेझैगरी म तर्फ हेर्दा पनी हेरेन। मेरो त्यो ईम्प्रेस पार्ने प्रयास खाल्टामै गयो।
एकाएक मेरो काखमा ती कन्या हुत्तीएर आईन बा, ओहो ढुंगा खोज्दा देवता मिल्यो भन्या यहि हो। लौ अव लम्बोदरले १०८ हैन २१६ वटै लड्डु खाने भए भन्दै म उनलाई नियाल्न लागें। कुरा के भएछ भने उनी आफ्नो झोला सिटमाथीको ठाऊमा राख्न लागेको बेला बस ठ्याक्कै हिड्न पुगेछ, अनी उनको सन्तुलन बिग्रेर म तिर पो हुत्तिया रहिछन्।
"आर यु ओके? तपाईलाई कहिं चोट त लागेन हैन? " भन्दै म चै ड्राईभरलाई मनमनै धन्यबाद दिदैं उनलाई सोध्न पुगें।
"आई एम फाईन थेंक यु", उनी मेरो मेरो काखबाट उठ्दै भनिन।
अव त कुरो गर्ने मुल फुटी हाल्यो, यस्तो मौकामा चौका नहान्ने त कुरै भएन।
"अनी तपाई पोखरा तिरै?"
"हजुर"
हेत्तेरी, कती छोटो उत्तर, अनी उनले मेरो बारेमा सोद्धापनि सोधिनन्।
"यहाँलाई बोल्न तेती मन पर्दैन जस्तो छ", मैले अन्तिम पटक कुराकानीको भेल बगाउने कोशीस गरें।
"हैन त्यस्तो त केहि हैन, पोखरामा मेरो मामा घर, त्यहाँ मामाको छोराको उपनयन संस्कार छ, त्यो सकाएपछि काठमाण्डौ घर फर्किन्छु।"
हेत्तरी, अव परेन फसाद, क्या हो त्यो उपनयन संस्कार भनेको। अव सोध्ने कुरो पनि भएन। शव्द त संस्कृतको जस्तो छ। क्या टेन्सन भन्या, कहाँबाट पण्डितकै सुपुत्री फेलापरेछ।
"मेरो दादाले मन्त्र सुनाउने र"
लौ बल्ल थाहा भो मेरो जहाज डुब्न पाएन, उपनयन भन्या त ब्रतबन्धपो रहिछ। अव निर्धक्क संग कुरो गर्न पाईने भो।
"मेरो नी गर्या ३ बर्ष पहिले। मन्त्र चै मेरो बुवाले सुनाउनु भा", मैले नी के के न भा जस्तो गरी थपें।
"तपाईको चै जनकपुरमै भा?", सोधिन उनले।
"हैन, मेरो पाल्पाको तानसेनमा भा", भन्दै फेरी थपें
"कहाँ तपाई भनि रा, तिमी भने नी हुन्छ", अव "तपाई" भन्न दिनु भन्या त समस्या निम्त्याउनु हो। फेरी तपाई, त्यसपछि दाई भनिन भने, बित्यास पर्छ। त्सैले आफ्नो त त्यो दाइ तिर जाने बाटो थुन्ने हिसाब।
"हुन्छ, तिमी भन्ने भएपछि त नाम पनि थाहा हुनु पर्यो नी त"
ओहो आज त कुवेरकै खजाना हात लाग्यो जस्तो छ, क्या फ्रेण्डली।
"कमल, मेरो नाम कमल हो, मेरो मात्र नामले भएननी तिम्रो पनि नाम थाहा पाम न त"
"ल यहाँहरुको भाडा", कण्डक्टरको स्वर एक्कासी मेरो कानमा ठोक्कीन पुग्यो।
बज्याले यहि मौका नै कुरि रा हुनु पर्छ। अहिले नै आउनु पर्ने। कस्तो, अघि गाली गरेको बदला लिया जस्तो छ यल्ले।
उनी आफ्नो पर्सबाट पैसा निकाल्न लागिन।
म चै "नारायणगढ को कती" भन्दै सोधें।
"एक जना कि दुईजना?"
भन्न त दुई जना भन्न खुव मन लाग्या थियो, अव ५ मिनेट कुरा गेरेको भरमा उनको पैसा तिर्ने अधिकार मसंग थिएन।
"एक जाना", खुईय्य सुस्केरा हाल्दै भने मैले।
"८० रुपैया"
"बिध्यार्थी सहुलियत छैन?", पुरै ८० तिर्ने पक्षमा थिईन म नेपाली न हुँ, भन्या जति त कहाँ तिर्न सकिन्छ।
"बाहिर निलो रंगले पोतेको छ र यो बस?", भनि उल्टै सोध्छ बा।
"हँ, कुरा अलि खुलेर गर न",
"हैन यो बसलाई साझा यातायत ठान्नु भयो कि के हो यहाँले भनेर, बिध्यार्थी सहुलियतको कुरा गर्नु भो"
यो बज्यालाई चै यहि बेला ठट्टा गर्नु पर्ने। आफ्नो त्यहाँ बाकी रहेको ईज्जतको चटनी बनिसक्यो।
"ल ल यो लिउ", भन्दै १०० को नोट दिए।
२० को नोट र एउटा टिकट टाईपको कागज दिदै अगाडि तर्फ बढ्यो।
यसो साईड तिर हेरें, उनि त मस्त सोंचमा रहिछन।
"खै त, मैले मात्र मेरो नाम भने, यो त भएन नी"
"हेर्नुसन भाडा तिर्ने सुरमा भुसुक्कै बिर्सेछु, जानकी, जानकी हो मेरो नाम"
ओहो, जानकी कस्तो राम्रो नाम, वास्तबमा अहिले उनले जे नाम भनेपनि मलाई राम्रोलाग्थ्यो होला, तर जानकी त साँच्चै राम्रो नाम छ।
मेरो काकीको नाम पनि जानकी हो। मेरो काका खानेपानीको ईन्जीनियर भा बेला दोलखा सरुवा भा रे छन। अव चरिकोटमा एक्लै बस्ने, आफै खाना बनाउन मन के लाग्थ्यो र? अव हाकिम पनि नभा भएर खाना पकाईदिने पिउन पनि नपाउने, त्यसैले चरिकोटको बजारैमा रहेको श्री दोलखा भिमसेन डिलक्स होटेलमा खाना खाने गरेका रहेछन्। अव, जानकी काकी त्यो होटेलको साहुको छोरी। अव हाम्रो काका परे जवान भर्खर ईन्जीनियर पास गरेका, जानकी काकी चै काठमाण्डौमा आफ्नो मामाघरमा बसेर बि कम गर्थिन क्यारे। सेकेण्ड यिएरको जाँच सकाएर, आफ्नो बाबाकोमा बस्नुभएको। तेतीबेला मेरो काकाको कुरा मिल्ने जानकी काकी मात्रै, कुरा मिल्ने क्रममा मन नै मिल्न गएछ। अव, चरिकोट जस्तो सानो ठाउँ, खाना खादाँ भन्दा अरु ठाऊमा भेट्न असंभव। त्यहि पनि ईन्जियर न परे, कहिले आफू दोलखा भिमसेन दर्शन गर्न जाने भनि बाटो देखाउन भन्दै लिएर जाने। अव एक पटक त हदै गरेछन। न भेटेको ५ दिन जति भा रे छ, काकाको पाली त्यो होटलमा जाने पानीनै बन्द गरेछन् अव आफ्नो पदको यो भन्दा राम्रो दुरुपयोग कहिं होला? अव पानी आएन भनि खानेपानीको अफिसमा उजुर गर्न चैं जानकी काकी आउनु भएछ। जे होस निकै रसिक छन्। भनौ भने के भनौ मलाई पहिलो पटक बियर ख्वाउने नी उनै विद्वान। टाईगर बियर हो कयार, कस्तो तितो, कसरी खान्छन मान्छेहरु भनेको थिए, पछि थाहा हुँदै गयो खाने मात्रहैन मानिसहरु किन बियरभनेपछि मरिहत्ते नै गर्छन भनेर। ओहो त्यो दिन घर फर्केको बेलाँ मामी ले झण्डै थाहा पा। ल्वाङ, सुकमेल, दालचिनी जे जे छ न चपा भए त पक्कै पनि मामीले घरनिकाला गर्ने त्यो दिन त।
"ल हेर मलाई कुरा गर्न मन लाग्दैन भन्ने त आफै कता हराउनुभयो", अव यताकि जानकीले गुनासो पोख्न थालिन।
"फेरी मलाई, तपाई नभन भन्या हैन,", भन्दै रिसा जस्तो गरे, सुन्दरीहरुलाई अली एकटिङ्ग गरेन भने हुन्न के।
"ल ल सरि सरी", भन्दै माफी मागिन।
"हैन, मेरो काकीको नाम नी जानकी, सासु र बुहारीको एउटै नाम भयो भने क्या मज्जा हुन्थ्यो" भनेर भन्न मन लाको हो तर
"हैन, जानकी नाम त मेरो नी काकी को हो क्या उनैलाई सम्झी रा", भनी भने।
खै उमेरै यस्तै हो की अली राम्री सुन्दरी त देख्नै हुन्न बिहे नै गरिदिम जस्तो लाग्छ भन्या।
यस्तै तवरले समय कट्दै गयो। बस आफ्नै गतीमा पश्चिम तर्फ बढ्दै थियो। यहि अन्तरालमा मैले उनी काठमाण्डौमा अवस्थित निस्ट भन्नै कलेजबाट १०‌‌‌‌‌+२ गरिरहेको थाहा पाए। उनीहरुको सानो परिवार रहेछ। बुवा, मुमा, उनको दादा र कान्छि उनी। उनको बुवा चैं जनकपुरको पुनरावेदन अदालतमा प्रमुख न्यायधिस भन्ने सुन्दा त लौ अव जेलको हावा पनि खाइएला जस्तो छ जस्तो लाग्यो एक छिन। यस्तै पलहरुमा मैले पनि उनलाई म एक्लो सन्तान, काठमाण्डौमा काठमाण्डौ ईन्जिनियरिंग कलेजमा अहिले सिभिलमा पढ्दै गरेको पनि सुनाए।
"ओहो इन्जिनियर सर हुने तपाई"
"हैन म अभियन्ता हुने", मैले नकार्दै भने
"के यो अभियन्ता भन्या? ईन्जिनियरिंग गरेपछि त ईन्जिनियर भइन्छ हैन र?" उनले आफ्नो अनभिज्ञता जनाईन।
"कुरो के भने ईन्जिनियर एकदम ठेट नेपालीमा भन्नुपर्दा अभियन्ता भनिन्छ के लाटी", मैले यो कुरा हामीलाई भन्ने दुलाल सरलाई मुरी का मुरी धन्यवाद दिदै उनलाई आफ्नो ज्ञानको एक झलक दिएँ
"भयो भयो, ईन्जिनियर पनि नेपाली भाषामा आगन्तुक शब्दको रुपमा आयात भै सक्यो", हेत्तेरी उनी मेरो कुरोबाट इम्प्रेस भइनन्।
कुराहरु हुँदै गए। समय आफ्नो गतीमा वढ्दै थियो। एकछिन पछि हेर्छु त, उनी मस्त निद्रामा रहिछन्। म झ्यालबाट बाहिर हेर्न लागें। कति रमणिय छ बाहिर, दायाँ तर्फ चुरे पहाडको त्यो कहिले नसकिने श्रंखला, समथर मैदान चुरेको फेदैमा गएर त्यसको पाउलाई छोएजस्तो। १०-१५ वर्ष अघी चारकोशे झाडी भनेको यहिं त होनी। अहिले मानिसहरुको आगमनले कहि आरक्ष त कहिं यसै भग्नावशेषको रुपमा मात्र बाँकि छ। कती बन्य जन्तुहरु थिए होलान, कहाँ गए अहिले ती। बायाँ तर्फ हेरें कहिले खेत त कहिले बञ्जर जमिन आउँथ्यो। क्षितिजमा जमिन र आकाशको मिलन भए जस्तो भान हुन्थ्यो। अली पर दक्षिण तर्फ गए भारतको बिहार राज्य जसमा राज गर्छन श्री लालु प्रसाद यादव, हेत्तेरी कहाँ अव लालु प्रसादलाई सम्झन पुगेको भन्या। यो मन पनि के हो के हो। जे होस बिहार संग जोडिएकाले नेपालले निकै दु:ख झेल्नु परेको छ। दुनियाभरिमै नभएका गुण्डा, मवाली र भ्रष्टाचारीहरु त्यहि बस्छन्। दक्षिण भारतीयहरुले त उनी हरुलाई मन नै पराउन्न नी। पोहोर साल हजुरआमालाई लिएर भेलोर जाँदा बुबाले सकेसम्म हिन्दीमा नबोल, अंग्रेजीमै बोल्नु अनि नेपाल भन्नु नी फेरी जान्ने भएर "ईट ईज क्लोज टु बिहार नभन्नु, मार्लान तलाई" भन्नुभा थियो। कति सभ्य थिए त्हाँका मानिस। आँखा चिम्लेर बिश्वास गर्न सकिने। त्यहाँ त रिक्सावालाहरुले नी कस्तो राम्रो अंग्रेजी बोलेको।
"पथलैया आउने झर्नुस है", खलासी करायो।
ओहो पथलैया आईसकेछ। यहो बायाँ तिर हेरें उनी अझै मस्त निद्रामै थिईन। बाहिर झ्यालबाट हेरें, बिरगंज जान एउटा बस ठिक्क परेको रहिछ। सायद यो बस देखेर कुरेको जस्तो छ। अव एक छिनमा हेटौडा अनी साढे दुई घण्टामा त नारायणगढ पुगिन्छ। आज कति चाँढै बितेका पलहरु। अव तिन घण्टा जतिमा त जानकी संग छुट्टिनु पनि पर्छ। यो यात्रा त मैले एक्लै नै पुरा गर्नु पर्छ। भवानी भिक्षुको "मेरो सानु साथी" याद आयो। "मानिसले आफ्नो यात्रा आफै तय गर्नु पर्छ, हामी एक्लै आएका थियौं, एक्लै यहाँबाट जाने छौं। कसैले पनि हामीलाई पुरा यात्राभर साथ दिन सक्दैन। चाहेर पनि सक्दैन"। फेरी त्यो सानु साथी संग बिछोडिनु पर्दा भिक्षुको र सानु साथीको हालत संझना आयो। कतै जानकी र मघ्ये कोही चिच्याई चिच्याई रुने त हैन। जानकी त किन रुन्थिन, सायद म नै रुन्छु होला। हेत्तेरी केटा भएर नी रुने, बरु कृष्ननगर नगै पोखरै जाने नी रुनु नै छ भने। ह्या के के सोची रा होला मैले पनि। म त स्योर रुन्न।
"हेटौंडा हेटौंडा, ल हेटौडा झर्नुस है", खलासीले हेटौंडा आएको संकेत दियो।
"मुगफली, करारे मुगफली", एउटा मधेसी मेरो सिटको झ्यालतिरबाट कराउन थाल्यो।
"ए बाबु करारे मुगफली खाउन"
"चना चटपट छ?"
"छ"
"कती एउटाको"
"३ रु"
"ए जानकी, चटपट खाने", जानकी जस्किदै उठिन र खाने संकेत दिईन।
"५ रुप्पेको दुइटा दिने हो भने ल्याउ", पाँचको नोट देखाउँदै भने।
"बोहोनी नै भएको छैन हजुर, हुन्छ ठिकै छ"
एकछिनमै हामी गफ गर्दै चटपट खाँदै थियौं।
"सि सि..." ओहो खुर्सानी टोकेछु, बज्जेलाई खुर्सानी नहाल भन्न त भुसुक्कै बिर्से। बाहिर गएर पानी किनेर ल्याए। अलक्कै खाए र जानकीलाई पनि दिए।
बस हेटौंडाबाट अगाडि बढ्यो। यो अन्तरालमा हाम्रो खासै कुरा भएन। त्यहि यता उताका कुरा हरु, जानकी घरी सुत्ने, घरी उठ्ने गरिन। मलाई चैं अर्कै चिन्ताले सताईराखेको थियो। बसको हरेक चालले नारायणगढलाई नजिक तान्दै थियो। अव कसरी बिदा हुने।
के भा यो, चिनेको ४ घण्टा पनि भाको छैन, छुट्टिन यस्तो गाह्रो। अव पोखरै जामकि जस्तो पनि नला त कहाँ हो र, तर त्यहाँबाट पनि छुट्टिनु नै त पर्छ। अर्को ५ घण्टाको साथ त होनी। भवानी भिक्षुको त्यो कथा कत्तिको सार्थक रहिछ बल्ल अहिले आएर बुझें। "टाँडी, झर्नेहरु झर्नुस है", फेरी खलासी करायो
उ अव नारायणगढ १० किमी मात्र छ, यानी की १० मिनेट।
मेरो मुटु जोडले धड्केको आभाष पाएँ। उनको निश्चल, निर्मल निदाइरहेको मुहार हेर्दै बिवशताको यो परिकाष्ठालाई धिक्कार्न पुगें।

-------------------------------------------------------------------------------------------------
-------------------------------------------------------------------------------------------------
क्रमश:
 
Posted on 12-12-06 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उत्कृष्ट च,अरु भाग चाडअएइ पढ्न पौओ,धेरै राम्रो लाग्यो
 
Posted on 12-12-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै रमाईलो छ खड्गेजी। बरु क्रमश: ले बोर् गर्यो।
 
Posted on 12-12-06 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pahilo choti mai eti ramro lekhnu hudo ra chha...Hoina hola hai Pahilo Rachana ta....lekha ko Prastuti Jaydai ramro chha...Yatra pani Jayadai ramro po bho jasto chha...
 
Posted on 12-12-06 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो प्रस्तुती खड्गेजी, टाँडी पुर्‍याएर क्रमश: रे। (टिकौलीको जङ्गल तिर बसको टाएर पन्चेट भैदियोस् जस्तो त भा हैन? आधा घण्टा एक्स्ट्रा पाउथ्यो नि :))
ल अर्को टुक्रा पनि आइहालोस ।
 
Posted on 12-12-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खड्गे जी को लेख बारे टिप्पणी गर्ने शब्द छैनन् म सङ्ग। Civil Engineering कुरो उठेकोले तेही भाका मा टिप्पणी गरम कि? कहाँनी को बहाव Laminar flow जस्तै सलल बहेको छ । कहाँनी को मोडहरु अर्थात् घुम्ती (curve) हरुको अर्धव्यास नि पुगेको छ । भाव हरुको उतार् चढाव अर्थात् gradient नि आबश्यकताअनुसार् नै छ। समष्टिमा पक्का अभियन्ताको सुन्दर् सिर्जना जस्तो छ।
 



PAGE:   1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters