"तिमीले र मैले आज आ-आफ्ना सिमा बिर्सेको यो पल म सधैं सम्झीने छु ---" आभाका ती शब्दहरु दिबसको मन मष्तिस्कमा फेरी गुन्जीए।
सीमालाई दिबस आज खोजी खोजी हेर्थ्यो। एउटै प्रस्नमा जेलिन्थ्यो। बेचैन दिबस त्यो भोजमा बिगतको बन्दी बन्दो थियो हर पल अरु जकडिदै गएको थियो।
आभा सँग भेट भो आज अकस्मात।
****
कहिले फर्किने रे एट्लान्टा बाट? नीताले सोधी। उदास देखिन्थी।
भोली छ कार्यक्रम -- भोली साँझ नै फर्किन्छु भनेको मिलेन। पर्सी ११ बजेको फ्लाईट छ। दिबसले आफ्ना बिबस हेराई नीताका आँखामा मिसायो र तेतै बिलाउन दियो।
भोलीको एटलान्टा कार्यक्रममा हाकिमले प्रस्तुत गर्नु पर्ने कार्यपत्र घरायसी कारणले हाकिम जान नमिल्ने भनेर उसलाई जान भनिएको थ्यो आज काममा। आजै साँझ उड्नु थ्यो उसले। हतार हतार घर आएर उ तयारी गर्दैथ्यो। नीतालाई पनि सम्झाउँदै थ्यो।
कार्यपत्र त उसैले तयार पारेको थ्यो हाकिमको लागि, त्यो प्रस्तुत गर्न उसलाई गार्हो थिएन तर नीता र उस्को बिहेको पैलो बार्षिकोत्सब भोली साँझ झन बिशेष सँग मनाउने भनेर कुन बेला देखी बनाएको योजना भत्किन लागेको देख्दा उस्को मन निचोरीएको थ्यो। नीताको उदासी उस्ले नबुझेको हैन। मागी बिहे गरेको भए पनि उस्ले नै छानेको पनि यत्ती सही हुन्थेन भन्नेमा दिबस पक्का थ्यो।
मेरो पनि कार्यक्रम छ परीबार सँग भन्न उसले नखोजेको हैन काममा तर सकेन।
नीताले सुटकेस ठिक पार्दी। दिबसले नीतालाई एक टक हेर्यो। मनमनै गन्यो उ बाउ हुन अब चार महिना बाँकि छ।
बिदा भयो र भारी मन लिएर बिमानस्थल तिर लाग्यो।
बिहान उठ्ने बित्तिकै फोनमै भए पनि बार्षिकोत्सबको बधाई दिन्छु भन्थ्यो दिबस नीताको फोन आएर उठ्यो। बधाई र माया मात्रै हैन उदास भाबहरु पनि साटा साट भए। लुकाएर ड्रेसरमा राखेको उपहार लिन दिबसले देखाएको बाटो नीताले उ एक्लै जान मानीन पर्खिने भई।
कार्यपत्र प्रस्तुत गर्यो। वाह वाह बटुल्यो दिबसले। साँझ घरमा नीता एक्लै -- सम्झेर दिबसले आफु मात्रै डिनरमा के रमरमाईलो गर्ने सोचेर उस्ले खाना अन्तै खाने कुरो सुनायो कामका अरुहरुलाई। नीतालाई फोन गर्यो। भेट भएन। घरमा गर्यो, सेलमा गर्यो। भेट भएन। चिन्तीत भयो दिबस। सेलमा एक एक छिनमा फोन गर्न थाल्यो।
नीता पार्ट टाईम गर्थी काम। आज छुट्टी लेकी थीई दिबसलाई थाह थ्यो। कहाँ गै होला? छटपटियो उ।
एक चोटी त सेल उठेको थ्यो -- अरुनै को केटा मान्छे बोले जस्तो नी लाग्यो पृस्ठभुमीमा -- मधुर गीत पनि बजे जस्तो --साईँ साईँ सुईँ सुईं आयो-- अनि हेलो हेलो भन्दा भन्दै लाईन काटियो।
जाडोको महिना अघि पाँच बजे नै अन्धकार भै सकेको थ्यो। साढे सात बज्दा त आधारात जस्तो भै सक्या।
दिउँसो लन्चमा पनि कुरा भाको हो -- कता गई त भन्थ्यो फेरी फोन गर्थ्यो। फोन उठेन, उ आजित भो।
बल्ल बल्ल पौने आठ बजे तिर नीताकै फोन आयो।-- रिसाउने हो की खुसी हुने हो दिबसले बुझेन -- काँ तिमी? उस्ले कठोर स्वरमा सोध्यो।
घरमै-- काँ अब? भनी।
अघि देखी फोन गर्या गरेई छु -- भन्यो।
घरको फोन रिङ्गर अफ गरेर सुतेकी थिएँ। भरखर उठेर अब तिमीलाई फोन गर्छु भनेको त सेलमा ब्याट्री सकिएछ कुन बेला -- अहिले चार्ज गरें -- तिमिले फोन गरेको देखें -- झन खुसी भएर फोन गरेको त --- आजको दिन पनि म सङ्ग रीसाको भनेर घुर्की देखाई। राहत भो--दिबस पग्लीएर छताछुल्ल पनि भो तर कता कता पृष्ठभुमी परीचित झैं पनि लाग्यो, सम्झायो आफैलाई फेरी।
नीताले कर गरी डिनर खान जाउ भनी नभए उ नी भोकै बस्छे रे भनी --माया पिरतीका कुरा नी भए -- अघि सम्म त केही खान मन थे न तर पनि उ अब खान जाने भो--उस्ले नी खाने भई। डिनर पछी फेरी कुरा गर्ने बाचा गरे।
के खाने सोच्दै थ्यो एउटा पुरानो साथी एटलान्टा तिरै भाको झट्ट सम्झियो। हत्तपत्त ल्यापटप झिकेर खोज्यो --साथी त उस्को होटेल बाट ११ माईल पर रे छ। ठेगाना सार्यो फोन नम्बर टिप्यो--"एनि हु" लाइ धन्यबाद दियो।
साथी त धुनधान खुसी भो। उस्को छोराको बर्थ् डे पार्टीमा लाग्या रे छ। नआई हुन्न भन्न थाल्यो। पुरानो साथी -- भोक लाग्या बेला भोज पनि नाई भन्न सकेन। जाने भो।
पार्टीको रमझम पुरानो साथी संगको भेटघाट। दिबस दङग भो।
उहाँ मेरो मामाको छोरा रबिन दाई -- अनि आभा भाउजु। साथीले पाउना चिनाउने क्रममा उनीहरुलाई नी चिनायो। आभालाई त उस्ले चिनेको आज हैन-- उस्को बिहे पछी बधाई दिन बेहोस झैं बानेस्वर पुगेको त्यो दिन त झन उस्ले कहीलेई बिर्सने छैन --
अभिबादन गर्यो दिबसले आभा र उस्का आँखा जुधे -- दिबसले आँखा ओराल्यो। आभा सँगै उभीएकी बच्चीमा उस्का आँखा रोकिए। "हाम्री छोरी" आभाले मन्द मुस्कान साथ चिनाई अनि छोरी तिर हेरेर मायालु स्वरमा भनी "दर्शन गर सीमा ---"।