[Show all top banners]

parbate

More by parbate
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 राजतन्त्र स्वीकार गर्दैनौं - देव गुरुङ
[VIEWED 2472 TIMES]
SAVE! for ease of future access.
Posted on 06-22-06 3:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै पनि प्रकारको राजतन्त्र हामी स्वीकार गर्दैनौं - देव गुरुङ
Filed under: Interview
बालुवाटारमा सात दल-माओवादी बैठक सफल पार्न केले भूमिका खेल्यो ?
बालुवाटारको बैठक सफल पार्नका लागि पहिलो कुरा त मुलुकको वस्तुगत आवश्यकता र जनआन्दोलनको जनादेशले नै मुख्य भूमिका खेल्यो र सहमतिको बिन्दुमा पुर्यायो । दोस्रो कुरा, हाम्रोतर्फाट मालेमावाद (मार्क्सवाद, लेनिनवाद, माओवाद) र प्रचण्डपथको सिर्जनशीलता, वैज्ञानिक विचार, सही मार्ग-निर्देशन र वस्तुस्थितिलाई ठीक-ठीक ढंगले संश्लेषण र विश्लेषण गरेर चल्न सक्ने कुशल नेतृत्वको कारण पनि त्यो स्थितिमा पुगिएको हो भन्न लाग्छ ।

जनआन्दोलनको बलबाट स्थापित संसद् भंग गर्नेसम्मको निर्ण्र्ााा सात दललाई सहमत गराउनु भनेको तपाईंहरूको राजनीतिक विजय होइन ?
यसलाई जीत र हारको रूपमा लिनुभन्दा पनि मुलुकको वस्तुगत आवश्यकतालाई आठबुँदे सहमतिमा ठीक ढंगले प्रतिबिम्बित गरिएको छ भन्ने लाग्छ ।

तैपनि संसद् विघटन गर्नै नहुने अडानमा रहेका सात दललाई यसमा सहमत गराउन सफल हुनुभएको हो नि, होइन ?
संसद्लाई निरन्तरता दिने कुरा पिछडिएको चिन्तन हो । किनभने आन्दोलनको म्यान्डेट त्यो चिन्तनसँग मेल खाँदैन । आन्दोलनको म्यान्डेट भनेको संविधानसभामा जाने हो, संसद्मा रहिरहने होइन । संसद् पुनर्स्थापना आन्दोलनको माग पनि थिएन । बीचमा संसद्वादी नेताहरूलाई एउटा सम्झौतामा राखेर आन्दोलन तुहाउन षड्यन्त्रमूलक ढंगले घोषणा गरी संसद् स्थापना गरिएको हो । त्यो संसद् आन्दोलनको म्यान्डेटभन्दा बाहिर रहेको हुनाले त्यस्ता चिन्तन र प्रवृत्तिहरू सच्चिन बाध्य हुन्छन् । मुख्य कुरा हामीले जनादेशलाई केन्द्रमा राखेर हेर्नुपर्छ ।

के कुरा नमिल्दा तपाईंहरू बीचमै बैठक छोडेर हिंड्न खोज्नुभएको थियो ?
छलफलको क्रममा उतार-चढाव त हरेक ठाउँमा हुन्छ । चर्काचर्की बहस पनि स्वाभाविक हुन्छ । विगतमा धेरै दूरी बढेकाले कैयौं महिनाको कसरतपछि मात्रै १२ बुँदे सहमति कायम भएको थियो । त्यसपछि सँगसँगै आन्दोलन गर्दै आएको अवस्था हो । तर पनि सोचाइहरूमा धेरै अन्तर छन् । सैद्धान्तिक तथा राजनीतिक प्रश्नहरूमा थुप्रै अन्तरहरू छन् । ती अन्तरहरू रहेका कारणले कतिपय विषयहरूमा बहस हुनु, बहस लम्बिनु र चर्काचर्की हुनु स्वाभाविकै हो ।

तर बैठक नै छाड्नुपर्ने गरीचाहिँ के कुरामा विवाद चर्किएको थियो ?
तपाईंले भनेजस्तै स्थिति त आएको थिएन । तर, संसद्

http://focus.blogsome.com/2006/06/22/p96/#more-96
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
TPS Renewal Reregistration
Nepali Passport Renew
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
cannot accept Visa candidates
Shot Dead
Now Trump is a convicted criminal .
Does the 180 day auto extension apply for TPS?
Facts showing how US is worse than Russia
TPS advance parole Travel document i-131, Class of Admission ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters