[Show all top banners]

parbate

More by parbate
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दलहरू भित्र सही गर्छन् बाहिर विवाद झिक्छन्
[VIEWED 2295 TIMES]
SAVE! for ease of future access.
Posted on 06-22-06 3:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- पद्मरत्न तुलाधर
Filed under: Interview
संसय, अविश्वास र विवादकै बीचमा पनि ठूला-ठूला राजनीतिक निर्णयहरू भइरहेका छन्, कार्यान्वयन पक्षमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
मेरो विचारमा अहिलेको राजनीतिक घटनाक्रममा गत जनआन्दोलनको म्यान्डेट नै मुख्य पक्ष हुनुपर्छ, त्यसमा जनताको आकांक्षा स्पष्ट छ । दोस्रो कुरा सात दल-माओवादी समझदारीको हो । उनीहरूका वार्तामा आधारित समाधानका कुराहरू छन् ।

जनताको आकांक्षा, उनीहरूले गरेको अभूतपूर्व जनआन्दोलन र उनीहरूले दिएको आदेशलाई हेर्ने हो भने अहिले भइरहेका दूरगामी राजनीतिक निर्णयहरू कार्यान्वयन हुन सक्तैनन् भन्ने प्रश्नै आउँदैन । विश्वस्त हुने आधारहरू प्रसस्तै छन् । तर, सात पार्टीले माओवादीबाट व्यवहारमा प्रदर्शन हुने इमानदारी हेर्न बाँकी नै छ ।

बाह्र बुँदाबाट सुरु भएको उनीहरूको समझदारीमा एकपछि अर्काे गर्दै फेरि ८ बुँदे थपिएको छ । यसलाई इमान्दारीपूर्वक व्यवस्थित गर्दै प्रतिबद्धताका साथ कार्यान्वयन गरियो भने नेपालको भविश्यप्रति आशावादी हुन गाह्रो छैन ।

तर, यहाँनेर प्रतिनिधिसभासमेतबाट भएका महत्त्वपूर्ण घोषणाहरू कागजमा सीमित देखिएका छन् । यसलाई व्यवहारमा कार्यान्वयन गर्ने दृढता नदेखिएको गुनासाहरू पनि छन् । माओवादीसँग भएको १२ बुँदे समझदारी, नटुटेको संवाद र आएका निर्णयहरू हेर्दा देश अग्रगमनमा गएको अनुभव हुन्छ नै । तर, अव्यवस्थित हुनु, गम्भीरताको अभाव र प्रक्रियाहरू पूरा नहुनु आदिले शंका पनि उत्पन्न गराएकै छन् । यसले परिणामहरूलाई सुनिश्चित गर्दैन कि भन्ने हो ।

व्रि्रोही पक्ष र सात दलको समझदारी, जनआन्दोलनको म्यान्डेट र आन्दोलनकारीको सरकारलाई हेर्ने हो भने अहिलेका राजनीतिक निर्णयहरू स्वाभाविक छन् । तर, कार्यान्वयन पक्षमा जनआन्दोलनको भावना देखिएको छैन । घोषणाकै क्रममा भएका विभिन्न समिति गठन र ३३ प्रतिशत महिला सहभागिता कार्यान्वयन हेर्दा त्यो देखिन्छ । सरकारले गठन गरेका समितिहरू विघटन भए कि क्रियाशील छन्, थाहा हुनै छोडेको छ ।

पछिल्लोपटक भएको ८ बुँदे सहमति कार्यान्वयनमा बाधाहरू के-के हुनसक्छन् ?
शिखरवार्तापछि ८ बुँदे सहमति आउँदा प्रशंसा र आशा व्यक्त गरिएको थियो । तर, कार्यान्वयनको सवालमा फेरि पनि जनआन्दोलनको भावनाको कुरा आउँछ । सुनिश्चितताको कुरा छ । राम्रा कुराहरू आएका छन् ।

http://focus.blogsome.com/2006/06/22/p97/#more-97
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Does the 180 day auto extension apply for TPS?
Facts showing how US is worse than Russia
TPS advance parole Travel document i-131, Class of Admission ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters