सृष्टिज्यु , निकुञ्जज्यु, गौतमज्यु, आरडेन्टज्यु, नेपालीठिटोज्यु, तथा दादा
धन्यवाद सबैजनालाई कविता मुन पराइदिनुभाकोमा !
सृष्टिज्युको शब्द बृष्टिले मेरो कवि मनलाई झन्कृत बनायो अनि निकुञ्जज्यु पनि यो स्यानो लोकतान्त्रिक कुञ्जमा आइदिनुभएर लोकतन्त्रको बोली अझ गुञ्जाम्न मद्धत गर्नुभएकोमा धन्यवाद । गौतमज्यु हजुरका कविता हरुको एउटा पंखा त म पनि हो है । नेपाली ठिटो तपाईँको हौसला पनि एउटा कारण हो मेरो कलम चल्नमा ॥ आरडेन्टज्यु हजुरको नाम जस्तो कुरो पनि तेस्तै रैछ ।यति धेरै लोयाल नबनम न, कति हतारो रिसु बनाम्न ॥ सुबेश रिसार बम भा'छ, सात पार्टि रिसा'जस्तै ; उसको नाम पछाडी भो भनेर । अब उसको नाम अगाडी राखेर 'सुरी' बनाम्न त भएन नि हगि नत्र यो कुञ्जमा बिरालाहरु आउलान् । फेरी सुबेश बिजी रे खै के जाति कथा लेख्दैछु भन्थ्यो, दादाले भनेको रे ॥ तेसैले सुबेशजी सँग कुरो मिलेन अत: ऋषी र सुबेशलाई संयोजन नगर्ने ॥
दादा ! तेत्रा बिधी मुन्छेहरु मेरै कविता सुन्न आ'हुन् त ॥ मेरी बास्सै म त सक्दिन सुनाम्न । भिंड देखेछि पसिना आम्छ हो !
पिता पुत्र सम्बादलाई पूर्ण बनार टाँसेको छु । पैलेको अलि अपूर्ण भा जस्तो लाग्यो केरे ॥
पिता-पुत्र सम्बाद ॥॥
अग्ला अग्ला साँधका खोपी-भित्र
सिंची घाँटी ह्विस्किले पत्र -पत्र
आँखा राता, ओठ - तालू सुकाई
काने- खुसी पुत्र - पिताको हाई !
“रैती सारा आज जागेको हेर”
फुट्यो बोली पिताको मन् अधीर
“थाम्नै गार्हो आज भो यो मलाई
गद्दी घाँडो दाइको रैछ हाई !
ब्यर्थै नाना पर्व - काण्डै रचेर
सीधा - सादा भारदारै सकेर
हाँक्ने स्वप्ना देश यो राज गर्दै
तिम्रो मेरो तुरियो आज चट्टै !
इच्छा सारा लोकको स्वामी बन्ने-
लुट्दै फेरी देश यो मोज गर्ने-
वैल्यो । हाई ! फुल्नु भन्दा अगाडी
जन्ता जाग्दा चेतना दीप बाली ॥
आँधी आयो एक ठूलो बिशाल
चिथ्रा पार्यो आज सम्पूर्ण जाल
बुन्थ्यौं हामी एक भै आफ्ना निम्ति
गम्थ्यौं ब्यर्थै बिष्णुको रूप सम्झी ॥
भैगो धेरै गर्नु के लौ बिलौना ?
जन्तालाई ब्यर्थ सम्झ्यौं खेलौना
पैले हाई ! किन आएन सुद्दि !!
उल्टो हुँदा नास्सिंने बेला बुद्धि” ॥
बाङ्गो मुन्टो नेत्रमा आँशु टम्म
ह्विस्की लागी चाल झन् झम्म-झम्म !
लाली उड्यो, चेहरा खिन्न - बुङ्ग
बिझ्यो काँडो पुत्रको मुटु सन्न ॥
गाँजा भर्दै हातले, सर्को तानी
“आशा सारा रल्लिए हिम – रानी”
बोल्यो घोक्रे स्वरमा धुन्ध - कारी
रूञ्चे बोली ! मुख बिकृत पारी ॥
थाम्नै गार्हो ! लौ न ! माता हुरुक्क !
सारा खोपी आँशुले सुक्क - सुक्क ॥
झिक्दै बन्दुक् खोपीको द्वार खोली-
“मार्छु सारा रैति” को बोल बोली –
हिंड्नै आँट्यो धुन्ध-कारी जसै ता -
छेकी बाटो पुत्रको त्यो पिता ता
बोले “बाबू ! जोसमा होस राखे !
सत्ता रुपी घाँसको जाल फ्याँके !
नेता रूपी मत्स्य ती अल्झिएमा
सत्ता फेरी आउला यो जुनीमा ।
आशा बुझ्यौ यत्ति नै ! वत्स मान !
ज्यूने मर्ने यत्ति मै ! खास जान” ॥